२०७८ साउन १० गते | 25th of July 2021

तिमी ।

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत १० गते १४:२९

कमला राना
बिरेन्चोक, गोरखा ।

तिमीभन्दा धनी त अरु को होला र ?
के तिमी साच्चै गरिब हौ र ?
म त यो मान्दिन राजा !
नेपाल आमाको सेवा गर्दागर्दै तिम्रो आधा आयुले बैश भुलेको त्यो मलाई थाहा छ
नेपाल आमाको सेवा गर्दागर्दै तिम्रो आमा बाबुले भोक र शोक पचाको थाहा छ ।
तिमीसंगै तिम्रा लालाबालाले देशभक्ती भाव बुझेको थाहा छ अनि थाहा छ मलाई
तिमीसंगै तिम्रा रहरहरुले शाहादत पाइ बिशाल ज्ञानगंगाको रुप लिई कागजमा बगिरहेको
ब्यथा र कथाको भक्कानोहरुले कलमको बाटो हुदै पछारिएको
ती तिमीले भोगेका दुखका बिलौनाहरु,लेखिएका बेदनाहरु,नदेखिएका घाउहरुको चोट
सारा नेपाल आमाका गरिब तर इमान्दार छोराछोरीहरुको आशु रहेछन
जहाँ ज्र्र्योितमय ज्ञानका भेलहरु ईन्द्रावति झै निरन्तर बगिरहेछन
संस्कृति ,संस्कार र शिक्षाका झरनाहरु एकनाशले झरिरहेछन ।
धनको नोकर बनि उसैको स्याहार सुसार गर्ने हैन तिमी
मनको मालिक बनि ज्ञान बाडिहिड्न ेअनि त्यो दिव्यचक्षुले दूरदिृष्ठि फैलाउने देवदूत तिमीलाई
अब म कसरी भनुँ तिमी गरिब हौ भनेर ।
भ्रष्टाचार गरेर अकुत सम्पति नकमाएकै कारण
के तिमी साच्चै गरिब भएको हौर ?

नेपाली नाम, प्रतिष्ठा र सम्मान जोगाइ राख्न सक्ने बिशाल सद्गुणको ढुकुटी छ तिमीभित्र
हरेक बस्तीमा पुग्ने तिम्रो त्यो बायुपंखी मन सयौगुना महङ्गो जहाजभन्दा के कम छ र?
तुरुन्तै पुगेकै हुन्छौ उडेर जहाँ तिम्रो नाम जपि रहेकाहुन्छन रोग भोक र शोकले सताउदाँ
तुरुन्तै पुगेकै हुन्छौ गुडेर जहाँ तिम्रो याद गरि रहेकाहुन्छन घुस,घात र प्रतिघातले पिल्सिदा
त्यो बहुमुल्य मन भएको जिम्मेवार आर्दशका प्रतिक ज्ञानी बुद्द तिमीलाई
अब म कसरी भनुँ तिमी गरिब हौ भनेर?
अरुलाई दुख दिएर कालो धन नजोडेकै कारण
के तिमी साच्चै गरिब भएको हौर ?
हातमा सुनकोबाला लगाईदिने कुण्ठ लोग्नेमान्छेलाई सोध त
उसको लोभको घैला भरिने कुनै दिन आउलान त?
पाप र पराकाष्ठाले जलेर त्यो मन प्वाँल परिसकेको हुन्छन
सुन त त्यो मन, हृदय र आत्मा नै त हो सबै प्राणीको मुटु
जहाँ स्नेह, कोमलता र आत्मियता लुटुपुटु परेको हुन्छ
तर डाह र लोभले आसन लिएपछि
ईष्र्या र जलनले शाषण चलाएपछि
घुस्याहाहरुको भुस्याहा दिमागमा किरा परिसकेको हुन्छ
छोटो पाएको यो प्यारो जिन्दगीको सिमाना आफैले पुर्णबिराम लगाएको हुन्छ
त्यस्तो ज्यानमारा, दिलमारा,मन र मान–सम्मानमारा धन नभएकै कारण
के तिमी साच्चै गरिब भएको हौर?

हरेक गरिबी दिनदुखिको ब्यथा अट्नसक्ने बिशाल मन छ त्यो छातीभित्र
मलाई पुगीसरी दिइरहने मायाको फराकिलो छाती छ त्यो हृदयभित्र
कर्तब्यनिष्ठ छोरा बनेर नेपालआमाको आशु पुछनसक्नुपर्छ भन्ने ठूलो दिलछ तिमीभित्र
सबैलाई ज्ञान बाडेर पु्याउनसक्ने अनन्त बिराट ढुकुटीछ तिमीभित्र
अनि त म भन्छु राजा!
तिमी भन्दा धनि त अरु को होला र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *