२०७८ वैशाख ३१ गते | 14th of May 2021

काठमान्डाै उपत्यकाको सडक ब्यवस्थापन र ट्राफिक जाम

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत २० गते १६:४४

 – लक्ष्मण सिटाैला

सडक ब्यवस्थापन भनेको सडक निर्माण गर्नु मात्रै होइन भएको सडकको सुरक्षा उपयोगिता अवलम्बन गर्नु हो।सडक सुरक्षित छ भने मात्र चालक सुरक्षीत छन र चालक सगै यात्रुहरू सुरक्षीत छन। अन्य जिवित प्राणिको जस्तै सडकको पनि जीवन हुन्छ।सडकमा जथाभावी खाल्डाखुल्डी पारिदिनु भनेको सडक माथिको आक्रमण हो।सडक लाई घाउ बनाएर छोडनु, पुन पुर्ने काम नगर्नु भनेको यस्लाइ रोगी बनाइदिनु हो र सडकको रोग मानिसलाइ सारिदिनु हो। सडक मिचेर घर बनाउन खोज्नु शहरवासीहरुको मुख्य उदेश्य हुन्छ।अहिले त्रीपुरेश्वर देखि कलन्की सम्मको रोड ब्यवस्थापन गर्न मुस्किल पर्नुको कारण पनि यहि हो। सडक मिच्ने प्रवृत्ति शहरवासीको उदेकलाग्दो ब्यहोरा हो।यो पागलपनको शन्केत हो।बाटो नभै म घरमा कसरी पुग्न सक्छु भन्ने चेतावनी शहरका मानिसमा हराउदै गएको छ। सडक ब्यवस्थापन भन्दा पहिले सडक वरिपरि घर निर्माण गरेर बसेका मानिसलाई सडक चेतावनी सम्बन्धि तालीम दिनुपर्ने अवस्था आइसकेको छ। १.सडक ब्यावस्थापन अबका दिनहरुमा सडक ब्याव्स्थापन/ सुरक्षा नीति र सडकको महत्वको बारेमा Road engineering ,consume management सम्बन्धि स्कुल ,कलेजहरुको पाठ्यसामग्रीमा समावेश हुनुपर्छ भन्ने कुरामा नीतिनिर्माण तहमा पुगेका मानिसमा यो शन्देश जानू जरुरी छ।

सडक इन्जिनियरले सडक बनाउने काम गर्छ तर बनेको सडक सुरक्षा र सम्बर्द्धन नीति बारेमा जनचेतना जगाउने काम पनि सगै लैजाने काम सडक बिभागले गर्नु जरुरी छ। सडक मेरो छाती हो भनेर प्रत्येक शहरवासीले सोच्नुपर्छ नकि सडकमा खानेपानीको पाइप र ढल विछ्याउन बनाएको खाल्डो नपुरी त्यतिकै छोडेर नपुंसकता दर्शाउनु। सडक सुन्दर भए मात्र शहर सुन्दर हुन्छ।शहर कुरुप बनाउन शहरवासीहरु नै जिम्मेवार छन।सडक नीति आउनु जरुरी छ र सडक दुरुपयोग र सडक क्षति सम्बन्धि कडा कानुनको अवलम्बन हुनुपर्ने देखिन्छ।उपत्यकाको सडक बिस्तार सम्बन्धि काम अहिले आएर भैरहे पनि त्यो ज्यादै कठिनपुर्वक सुस्त गतिमा भैरहेको छ किनभने यस्को अवरोध कर्ता स्वयम् सडक छेउमा घर निर्माण गरि सडक लाई आफ्नो निजि आगन सम्झनेहरुको बिरोधका कारणले नै हो। सरकारले बिनाकारण बिना मुअब्जा कुनै पनि ब्यक्तिको घर भत्काउनु जादैन।र आवश्यक परेको खण्डमा सरकारले न्यायसंगत ढंगले ब्यक्तिलाई मर्का नपर्नेगरी उस्ले भोग चलन गरेको जग्गा उपयोग गर्न सक्छ भन्ने कुरा जनता लाई बुझाउनु पनि जरुरत छ किनभने जब सडक बिस्तारको काम हुन्छ सडक वरिपरि घर भएकाहरुले बर्सेनि झगडा गर्दै बिस्तारको काममा बाधा पुर्याउदै आइरहेका छन। सडक बिस्तार र वृद्धि मात्रै महत्वपूर्ण होइन सडक ब्यवस्थापन उपयोग नीति सुरक्षा चुनौती र सहजीकरण पनि प्रमुख बिषय हो।

उपत्यकाको सडक दायाँबायाँ बनेका पैदल यात्री पेटी मासिदै गएको छ।र अब बन्दै रहेका नयाँ सडकमा यात्रु हिड्ने पेटी निर्माण गर्नै छोडिएको छ यो ज्यादै चिन्ताजनक बिषय हो। सरकारले सडक सम्बन्धि स्पष्ट नीति अहिलेसम्म लागू गरेको छैन र कुनै म्यानुअल गाइड पनि छैन।सडक नीति कानुन उपभोक्ता अधिकार र योजना सबै अलपत्र छन आजको दिन सम्म।बिद्धुत प्राधिकरण, खानेपानी तथा ढल निकास ,नेपाल टेलीकम र सडक बिभाग बिच कहिले पनि समन्वय देखिएन।प्राधिकरणको बिद्धुतिय पोल र नेपाल टेलीकमको वाइरिङ पोल एउटै देखिएको छ अनि यस्ले गरेको सडक अतिक्रमण सम्बन्धी काममा कुनै समन्वय देखिएको छैन। सुरक्षा नीति अबलम्बन नगरिकन गाडी गुडने सडकमै विद्युतीय पोल गाडीएका हुन्छन अनि त्यस्मा बिबिध ईन्टरनेटका तारहरु दुरसन्चारका तार टिभि च्यानलका तारहरु जकडिएका हुन्छन।हेर्दा यति कुरुप र थोत्रा देखिन्छन कि यी कुनै पनि बेला ढल्न सक्छन।त्यस्मा कुनै पनि बेला बिद्धुत सर्किट चुहावट हुनसक्छ र पैदल यात्री दुर्घटनामा पर्न सक्छ वा गुडिरहेका गाडीमै क्षती हुन सक्छ। बर्षामा जब पानी पर्न सुरु हुन्छ अनि सडक खोला होकि गाडी गुडने बाटो हो भ्रमपो हुन्छ।परेको पानीको यथोचित निकास छैन उपत्यकाको सडकमा अनि ट्राफिक जामको समस्या सुरुहुन थाल्छ।यी सबै बिबिध ब्यावधानका कुराले गर्दा पैदल यात्रुहरू होउन या बस चालक होस वा अन्य सवारी साधन हुन ती सबैमा अन्योलता सिर्जना हुन्छ र दुर्घटना निम्तिन्छ।यी सबै कुराको उचित ब्यवस्थापन समन्वयन र सहजीकरण गर्नुनै सडक ब्यवस्थापन हो। २.ट्राफिक ब्यावस्थापन- जब सडक लथालिङ्ग हुन्छ अनि ट्राफिक ब्यवस्थापनमा असहज स्तिथी पैदा हुन्छ।

जब आवश्यकता भन्दा अत्यधिक गाडी सडकमा गुडन थाल्छन बाटो अवरोध हुन थाल्छ।नेपालमा बर्सेनि हजारौं नयाँ गाडी थपिन्छन तर यो अनुपातमा सडक थपिदैन। गाडीको संख्या थपिनु भनेको सडक सागुरिदै जानू हो।राजस्व र कर उठतीको नाउँमा लाखौ,गाडी आयात गर्न इजाजत दिने सरकारको निति कति अदुरदर्शी छ अनुमान गरौ।जनता लाई सुख दिनु जनता लाई सुबिधा सम्पन्न बनाउनु जनता लाई खुशी दिनु सरकारको काम हो तर हाम्रोजस्तो बिकासोन्मुख देशमा सरकारको अदुरदर्शिताका कारण राज्य यति कमजोरी हुँदै गइरहेको छ कि सरकारमा जानू भनेको गाली र सराप खानुको विकल्प रहदैन।जब एउटा त्याक्सी चालक वा बस चालक यात्रु बोकेर सडकमा निस्कन्छ उ चाहन्छ कि बाटो फराकिलो होस, सवारी जाम नहोस् यात्रुहरू समयमै आ आफ्नो गन्तव्यमा पुग्न सकुन तर जब १५ मिनेटमा पुगिने गन्तव्यमा ट्राफिक जामका कारण एक घन्टा भन्दा बढी लाग्छ अनि सबले सरकार लाइ सराप्नु थाल्छन। यातायात ब्यवस्थापन र सडक एक अर्का सग संबंधित छन। घाटि हेरि हाड निल्नु भन्ने उखान यसै बनेको होइन।जब गुडाउने सडक छैन भने प्राडाे सस्कृती किन भित्र्याउनु।के जनताको छातीमा मोटर गुडाउने होर?नयाँ गाडी भित्र्याउने काम केही बर्ष बन्द गर्नु जरुरत भैसकेको छ। सडकमा भुइ देखिदैन गाडीले छोपिएर।एक पछि अर्को लर्कन र तातीले आधी नै आए जस्तो हुन्छ।चालक चालक बिचको अस्वस्थ प्रतिस्पर्धाले यात्री खोसेर हाल्ने निहुमा निश्चित पार्क गर्नुपर्ने स्थानमा बस रोकिदैन र कयौंपटक दुर्घटना निम्तिएको छ, सडकमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *