२०८१ वैशाख ८ गते | 20th of April 2024

दशैंको मुखमा अमेरिका आएका डा. दाहालको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३० गते १८:२५

लस एन्जलस – कार्यालयको कामको शिलशिलामा अमेरिकाको क्लयालिफोर्निया राज्यको लस एन्जलस शहर आएका डा. भोलाप्रसाद दाहालको निधन भएको छ । दशैंको संघारमा कामको शिलशिलामा विदेश आएका डा. दाहाल बसेको स्थानीय होटलमा निधन भएको पुष्टी भएको छ ।

सामाजिक अभियान्ता विद्यासागर योन्जनको फेसबुकबाट :
रामेछापमा जन्मेको शिक्षाविद् तथा सामाजिक अभियन्ता डा. भोलाप्रसाद दाहालको सोमबार अमेरिकाको क्यालिफोर्निया राज्यमा निधन भएको परिवारले जानकारी दिएको छ ।

परिवारिक स्रोतले दिएको जानकारीअनुसार दाहाल सर्च फर कमन ग्राउन्ड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बैठकमा भाग लिन अमेरिका आएका थिए | होटेलको कोठामा दाहाल मृत भेटिएका जानकारी परिवारलाई दिईएको छ । दाहाल हाल सर्च फर कमन ग्राउन्डका नेपाल निर्देशक थिए ।

‘दाहालको मृत शरीर लस एन्जलस काउन्टी कर्नरमा राखिएको छ भने अनुसन्धान पछि मृत्युको कारण सार्वजनिक हुनेछ’ महावाणिज्यदुत ऋषी ढकालले बताउनुभएको छ । ‘अनुसन्धानको लागि ३-५ दिनसम्म लाग्नेछ ।दुतावासले सम्बन्धित पक्षसंग सरोकार राखिरहेको छ । रिपोर्ट प्राप्त नगरी अरु केही उल्लेख गर्न सकिदैन’ महावाणिज्यदुत ढकालले बताउनुभयो ।

One thought on “दशैंको मुखमा अमेरिका आएका डा. दाहालको मृत्यु

  1. On Wednesday the crooner best known for his hit songs, his appearance on Will Grace and his judging duties on American Idol shared a sweet photo where he was kissing the beauty, who is a former Victoria s Secret model, on the head buy fincar 5mg cheap

Leave a Reply

Your email address will not be published. Required fields are marked *