२०७८ वैशाख २२ गते | 5th of May 2021

डा. केशब पौडेललाई हेल्थकेयर हिरो सम्मान

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते १६:२७

अमेरिका – अमेरिकाको न्यूमेक्सिको राज्य स्थित एलएमजी हस्पिटल समूहमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत डा. केशव पौडेल (एमडी)लाई बुधवार संस्थाले “हेल्थकेयर हिरो’ को सम्मान दिएको छ । डा. पौडेल कार्यरत लभलेस सिस्टम अन्तर्गत उक्त राज्यमा पाँच अस्पताल र करिब पाँच हजार कर्मचारी कार्यरत छन् । त्यहाँ कार्यरत कर्मचारी मध्येवाट यस पटक डा. पौडेललाई यो सम्मान दिइएको हो ।

एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष समेत रहेका डा. पौडेल नेपालबाट डाक्टरी पढाई सकेर अमेरिका आएका थिए । ‘यो एउटा सम्मान हो मलाई अझ आफ्नो क्षेत्रमा राम्रोसँग काम गर्ने प्रेरणा मिल्नेछ’ डा. पौडेलले भने ।

सधैँ अनुहारमा हाँसोका साथ जिम्मेवारी पुरा गर्ने अग्रसर डा. पौडेल आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा दिन तत्पर रहंदै आएको सम्मानमा उल्लेख गरिएको छ । डा. पौडेल कर्मचारी व्यवस्थापन लगायत व्यवस्थापन तहमा कार्यरत छन् ।Image may contain: 6 people, people standing

आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा पून: अध्यक्ष पदमा प्रत्यासे बनेका डा. पौडेलले उक्त सम्मानले आफ्नो क्यारियर र कर्तब्यमा जिम्मेवारीताको बोध गराएको समाचार हिमालयखबरले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *