पोखरा, ४ जेठ ।
जारी मतगणना अनुसार पोखरा लेखनाथ महानगरपालिका १० मा काँग्रेसको प्यानल अगाडी छ । ८ सय ४९ मत गनिसक्दा काँग्रेस उम्मेदवार राज कुमार गुरुङले अग्रता लिएका छन् । गुरुङको ३ सय ३३ मत आउँदा एमाले उम्मेदवार महेन्द्र कुमार गुरुङको २ सय १० मत छ ।
मेयरमा भने एमाले भन्दा काँग्रेस उम्मेदवार केही पछाडी छन् । एमालेका उम्मेदवार मान बहादुर जिसीको ३ सय १२ मत आउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरको २ सय ६५ मत छ । उपमेयरमा काँग्रेस उम्मेदवार सरस्वती गुरुङ अगाडी छिन् । उनले ३ सय ९ मत पाउँदा एमाले उम्मेदवार मञ्जु गुरुङको २ सय ६५ मत छ ।
हालसम्म जिसीले ९ हजार ८ सय ७५ मत ल्याएका छन् भने कुवँरले ९ हजार ५ सय ६९ मत छ । उपमेयरमा मञ्जुको ९ हजार ५ सय १४ मत आउँदा सरस्वतीको ८ हजार २ सय ५८ मत छ ।
८४९ सय मत गनिसक्दा
| नेपाली कांग्रेस | नेकपा एमाले |
| रामजी कुवँर | सरस्वती गुरुङ | मान ब जिसी | मञ्जु गुरुङ |
| २६५ | ३०९ | ३१२ | २६५ |
जम्मा | १०५३६ | ९२४२ | १०७२४ | १०३२२ |
| वडाध्यक्ष ३३३ | वडाध्यक्ष २१० |
| | | | |