पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको जारी मतगणना अनुसार महानगरको १६ नम्बर वडाको अध्यक्षमा नेपाली काँग्रेसले अग्रता लिएको छ । अध्यक्ष पदका उम्मेदवार पदम सिं गुरुङले एमाले उम्मेदवार जीवन प्रसाद आचार्यलाई ४८ मतान्तरले पराजीत गरेका हुन् । गुरुङको २ सय ९९ मत छ भने आचार्यले २ सय ५१ मत पाएका छन् । सदस्यहरुमा एमालेका उम्मेदवार अगाडी छन् । खुला सदस्य मेहरमान थापा, राजेश गुरुङ, महिला सदस्य गुमा अधिकारी र दलित महिला सदस्यमा बिष्णुदेवी नेपाली अगाडी छिन् ।
महानगरको प्रमुख उपप्रमुखमा नेकपा एमाले अगाडी छ । एमाले उम्मेदवार मान बहादुर जिसीले ३ सय २ मत पाउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरको २ सय २५ मत छ । उपप्रमुखमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको २ सय ६४ तथा काँग्रेस उम्मेदवार सरस्वती गुरुङको २ सय २१ मत छ ।
१६ नम्बरको मतपरिणाम
| नेपाली कांग्रेस | नेकपा एमाले |
| रामजी कुवँर | सरस्वती गुरुङ | मान ब जिसी | मञ्जु गुरुङ |
| २२५ | २२१ | ३०२ | २६४ |
जम्मा | १८८९५ | १७७१२ | २०८०३ | १९५७० |
| वडाध्यक्ष २९९ | वडाध्यक्ष २५१ |
| | | | |