पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको जारी मतगणना अनुसार महानगरको १७ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । अध्यक्ष पदका उम्मेदवार तीर्थराज अधिकारीले काँग्रेस उम्मेदवार पुण्डरी प्रसाद बराललाई २ सय १ मतले पछि पारेका छन् । अधिकारीको ५ सय ४२ मत छ भने बरालको ३ सय ४१ मत छ ।
सदस्यहरुमा नेकपा एमालेकै उम्मेदवारहरु अगाडी छन् । खुला सदस्यमा बैकुण्ठ भण्डारी, शान्तादेवी गुरुङ, महिला सदस्यमा राधिका कुमारी शाही र दलित महिला सदस्यमा तारा परियार अगाडी छन् ।
महानगरको प्रमुख उपप्रमुखमा पनि नेकपा एमाले अगाडी छ । एमाले उम्मेदवार मान बहादुर जिसीले ५ सय २४ मत पाउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरको ४ सय ६९ मत छ । उपप्रमुखमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको ५ सय २७ तथा काँग्रेस उम्मेदवार सरस्वती गुरुङको ३ सय ३९ मत छ ।
१७ नम्बरको मतपरिणाम
| नेपाली कांग्रेस | नेकपा एमाले |
| रामजी कुवँर | सरस्वती गुरुङ | मान ब जिसी | मञ्जु गुरुङ |
| ४६९ | ३३९ | ५२४ | ५२७ |
जम्मा | १९३६४ | १८२७२ | २१३२७ | २००९७ |
| वडाध्यक्ष ३४१ | वडाध्यक्ष ५४२ |
| | | | |