प्रकाश ढकाल
पोखरा, १३ जेठ ।
नेकपा एमालेले यसपाली पोखरा लेखनाथ महानगरमा अपेक्षा गरेभन्दा बढी सफलता पायो । ‘१६ वटा वडा हाम्रो प्यानल नै जित्ने अनुमान थियो । त्यसबाहेक २–३ वडा थपिएला भन्ने सोचेका थियौं, एमाले नगर संयोजक तेजनारायण अधिकारीले भने–अपेक्षा गरेभन्दा राम्रो नतिजा आयो । हाम्रो संगठन बलियो सावित भयो ।’ पोखरामा एमालेले ३३ वडामध्ये २२ वडामा अध्यक्ष जितेको छ । काँग्रेले चाहीँ ११ वडामा चित्त बुझायो । अध्यक्ष जितेका चार वटा वडामा मिश्रित नतिजा आयो । एमालेले अध्यक्ष जितेका दुई वडामा अरु सदस्य काँग्रेसले जित्यो । २० वडामा एमालेको प्यानल नै बिजयी भएको हो भने काँग्रेसले ७ वडामा मात्रै प्यानल जित हात पा¥यो ।
शुक्रबार गणना सकिएका तीनवडामध्ये दुईवटामा एमालेको प्यानल बिजयी भयो भने एउटामा काँग्रेसले अध्यक्ष र एउटा खुला सदस्य तथा बाँकी सदस्य एमालेले जितेको छ । वडा नम्बर ३१ मा एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा एमालेका कमल बहादुर थापा क्षेत्रीले काँग्रेस उम्मेदवार शरदराज सुवेदीलाई ५ सय मतान्तरले पराजीत गरे । थापाको १ हजार ७ सय ६१ मत आयो भने सुवेदीले १ हजार २ सय ६१ मत ल्याए । खुला सदस्यमा बिष्णुबहादुर भुजेल र पूर्णखर पाण्डे, महिला सदस्यमा सावित्री भण्डारी तथा दलित महिला सदस्यमा बिष्णु सुनार बिजयी भईन् ।
३२ नम्बर वडामा मिश्रित परिणाम आएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अक्कल बहादुर कार्की बिजयी हुँदा एक खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य एमालेको पोल्टामा प¥यो । कार्कीले एमाले उम्मेदवार खम बहादुर पुनलाई ८९ मतले मात्रै पराजीत गरे । कार्कीको १ हजार ७ सय ६९ मत आयो भने पुनले १ हजार ६ सय ८० मत ल्याए । खुला सदस्यमा काँग्रेसका धर्म बहादुर बस्नेत र एमालेका बिष्णु प्रसाद तिवारी बिजयी हुँदा महिला सदस्यमा एमालेकी बिष्णुमाया धमला तथा दलित महिला सदस्यमा पनि एमालेकै सुनमाया नेपाली बिजयी भएकी छिन् ।
३३ नम्बर वडामा एमालेको प्यानल बिजयी भयो । अध्यक्षमा एमालेका शिव प्रसाद आचार्यले काँग्रेस उम्मेदवार भोजराज आचार्यलाई ४ सय १२ मतान्तरले हराए । शिवको २ हजार ३ सय ७३ मत आउँदा भोजराजको १ हजार ९ सय ९१ मत आयो । खुला सदस्यमा दिपकराज लामिछाने, लिलबहादुर श्रेष्ठ, महिला सदस्यमा शान्तिदेवी आचार्य र दलित महिला सदस्यमा शोभा सार्की बिजयी भएकी छिन् ।
पोखराको कुन वडामा को अध्यक्ष
वडा | अध्यक्षको नाम | राजनीतिक दल | कैफियत |
१ | शारदा पराजुली | एमाले | प्यानल |
२ | रामेश्वर मल्ल | काँग्रेस | प्यानल |
३ | रवीन्द्रबहादुर प्रजु | काँग्रेस | प्यानल |
४ | शंकरप्रसाद बास्तोला | काँग्रेस | प्यानल |
५ | धनबहादुर नेपाली | एमाले | प्यानल |
६ | जगत पहारी | काँग्रेस | मिश्रित |
७ | रामचन्द्र बराल | एमाले | प्यानल |
८ | रुद्रनाथ बराल | एमाले | मिश्रित |
९ | रामराज लामिछाने | काँग्रेस | प्यानल |
१० | राजकुमार गुरुङ | काँग्रेस | प्यानल |
११ | मोहन बास्तोला | काँग्रेस | मिश्रित |
१२ | रामबहादुर कार्की | काँग्रेस | मिश्रित |
१३ | लेखबहादुर तामाङ | एमाले | प्यानल |
१४ | प्रेमबहादुर कार्की | एमाले | प्यानल |
१५ | प्रकाश पौडेल | एमाले | प्यानल |
१६ | जीवन आचार्य | एमाले | प्यानल |
१७ | तीर्थराज अधिकारी | एमाले | प्यानल |
१८ | रणबहादुर थापा | एमाले | प्यानल |
१९ | शोभामोहन पौडेल | एमाले | प्यानल |
२० | सीम गुरुङ | एमाले | प्यानल |
२१ | खगराज आचार्य | एमाले | प्यानल |
२२ | मित्रलाल बराल | एमाले | मिश्रित |
२३ | बिष्णुप्रसाद पराजुली | काँग्रेस | प्यानल |
२४ | ओमप्रसाद सुवेदी | एमाले | प्यानल |
२५ | शोभाकर तिम्सीना | एमाले | प्यानल |
२६ | नारायण बराल | एमाले | प्यानल |
२७ | पूर्णकुमार गुरुङ | काँग्रेस | प्यानल |
२८ | निर्मल सुनार | एमाले | प्यानल |
२९ | चेतबहादुर गुरुङ | एमाले | प्यानल |
३० | श्रीराम पोख्रेल | एमाले | प्यानल |
३१ | कमलबहादुर थापा | एमाले | प्यानल |
३२ | अक्कलबहादुर कार्की | काँग्रेस | मिश्रित |
३३ | शिवप्रसाद आचार्य | एमाले | प्यानल |