२०७८ साउन १४ गते | 29th of July 2021

एमालेको पकडमा पोखरा (कुन वडामा को अध्यक्ष ?)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १३ गते ५:१९

प्रकाश ढकाल
पोखरा, १३ जेठ ।
नेकपा एमालेले यसपाली पोखरा लेखनाथ महानगरमा अपेक्षा गरेभन्दा बढी सफलता पायो । ‘१६ वटा वडा हाम्रो प्यानल नै जित्ने अनुमान थियो । त्यसबाहेक २–३ वडा थपिएला भन्ने सोचेका थियौं, एमाले नगर संयोजक तेजनारायण अधिकारीले भने–अपेक्षा गरेभन्दा राम्रो नतिजा आयो । हाम्रो संगठन बलियो सावित भयो ।’ पोखरामा एमालेले ३३ वडामध्ये २२ वडामा अध्यक्ष जितेको छ । काँग्रेले चाहीँ ११ वडामा चित्त बुझायो । अध्यक्ष जितेका चार वटा वडामा मिश्रित नतिजा आयो । एमालेले अध्यक्ष जितेका दुई वडामा अरु सदस्य काँग्रेसले जित्यो । २० वडामा एमालेको प्यानल नै बिजयी भएको हो भने काँग्रेसले ७ वडामा मात्रै प्यानल जित हात पा¥यो ।
शुक्रबार गणना सकिएका तीनवडामध्ये दुईवटामा एमालेको प्यानल बिजयी भयो भने एउटामा काँग्रेसले अध्यक्ष र एउटा खुला सदस्य तथा बाँकी सदस्य एमालेले जितेको छ । वडा नम्बर ३१ मा एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा एमालेका कमल बहादुर थापा क्षेत्रीले काँग्रेस उम्मेदवार शरदराज सुवेदीलाई ५ सय मतान्तरले पराजीत गरे । थापाको १ हजार ७ सय ६१ मत आयो भने सुवेदीले १ हजार २ सय ६१ मत ल्याए । खुला सदस्यमा बिष्णुबहादुर भुजेल र पूर्णखर पाण्डे, महिला सदस्यमा सावित्री भण्डारी तथा दलित महिला सदस्यमा बिष्णु सुनार बिजयी भईन् ।
३२ नम्बर वडामा मिश्रित परिणाम आएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अक्कल बहादुर कार्की बिजयी हुँदा एक खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य एमालेको पोल्टामा प¥यो । कार्कीले एमाले उम्मेदवार खम बहादुर पुनलाई ८९ मतले मात्रै पराजीत गरे । कार्कीको १ हजार ७ सय ६९ मत आयो भने पुनले १ हजार ६ सय ८० मत ल्याए । खुला सदस्यमा काँग्रेसका धर्म बहादुर बस्नेत र एमालेका बिष्णु प्रसाद तिवारी बिजयी हुँदा महिला सदस्यमा एमालेकी बिष्णुमाया धमला तथा दलित महिला सदस्यमा पनि एमालेकै सुनमाया नेपाली बिजयी भएकी छिन् ।
३३ नम्बर वडामा एमालेको प्यानल बिजयी भयो । अध्यक्षमा एमालेका शिव प्रसाद आचार्यले काँग्रेस उम्मेदवार भोजराज आचार्यलाई ४ सय १२ मतान्तरले हराए । शिवको २ हजार ३ सय ७३ मत आउँदा भोजराजको १ हजार ९ सय ९१ मत आयो । खुला सदस्यमा दिपकराज लामिछाने, लिलबहादुर श्रेष्ठ, महिला सदस्यमा शान्तिदेवी आचार्य र दलित महिला सदस्यमा शोभा सार्की बिजयी भएकी छिन् ।

पोखराको कुन वडामा को अध्यक्ष

वडाअध्यक्षको नामराजनीतिक दलकैफियत
शारदा पराजुलीएमालेप्यानल
रामेश्वर मल्लकाँग्रेसप्यानल
रवीन्द्रबहादुर प्रजुकाँग्रेसप्यानल
शंकरप्रसाद बास्तोलाकाँग्रेसप्यानल
धनबहादुर नेपालीएमालेप्यानल
जगत पहारीकाँग्रेसमिश्रित
रामचन्द्र बरालएमालेप्यानल
रुद्रनाथ बरालएमालेमिश्रित
रामराज लामिछानेकाँग्रेसप्यानल
१०राजकुमार गुरुङकाँग्रेसप्यानल
११मोहन बास्तोलाकाँग्रेसमिश्रित
१२रामबहादुर कार्कीकाँग्रेसमिश्रित
१३लेखबहादुर तामाङएमालेप्यानल
१४प्रेमबहादुर कार्कीएमालेप्यानल
१५प्रकाश  पौडेलएमालेप्यानल
१६जीवन  आचार्यएमालेप्यानल
१७तीर्थराज अधिकारीएमालेप्यानल
१८रणबहादुर थापाएमालेप्यानल
१९शोभामोहन  पौडेलएमालेप्यानल
२०सीम गुरुङएमालेप्यानल
२१खगराज  आचार्यएमालेप्यानल
२२मित्रलाल बरालएमालेमिश्रित
२३बिष्णुप्रसाद पराजुलीकाँग्रेसप्यानल
२४ओमप्रसाद सुवेदीएमालेप्यानल
२५शोभाकर तिम्सीनाएमालेप्यानल
२६नारायण बरालएमालेप्यानल
२७पूर्णकुमार गुरुङकाँग्रेसप्यानल
२८निर्मल सुनारएमालेप्यानल
२९चेतबहादुर गुरुङएमालेप्यानल
३०श्रीराम पोख्रेलएमालेप्यानल
३१कमलबहादुर थापाएमालेप्यानल
३२अक्कलबहादुर कार्कीकाँग्रेसमिश्रित
३३शिवप्रसाद  आचार्यएमालेप्यानल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *