२०७८ मंसिर १५ गते | 1st of December 2021

सर्वोच्चले अन्तरिम आदेश दिएन, एलइडी बल्ब खरिदको बाटो खुल्यो

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १७ गते १४:४०

काठमाण्डौं, १७ जेठ ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने आदेश सुनाएको छ । अब नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाउन सक्नेछ ।
प्राधिकरणले २ करोड थान बल्ब खरिद गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता नारायण चौलागाईले दायर गरेको रिटमा सर्वोच्चले जेठ ५ गते अन्तरिम आदेश किन जारी गर्नु नपर्ने भन्दै सरकारसँग लिखित जवाफ मागेको थियो ।
बुधबार न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको छ । अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म एलइडी बल्ब खरिदको प्रक्रियामा कुनै अवरोध हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *