२०७८ जेठ ३ गते | 17th of May 2021

तिनी मैले खोलेको पुरुष बेश्यालयमा आईन र मलाई बेहिसाब भोगेर गईन

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २ गते ४:५३

लक्ष्मण सिटौला
काठमान्डौं ।

– फेरि उ त्यो ठाउमा कहिले पनि दोर्याएर गएन । मिल्नत मिल्छ त्याहा एकछिनको तातो माया। मायाको अगेनो हो त्यो ठाउ। शायद त्यो दिन पनि उ जादैन्थ्यो होला । उस्को आफ्नै मनले उस्लाइ कर गरेछ अनि गयो। जादा पनि केही बिग्रेको छैन। त्यहाँ गएर आएपछि सबलाइ बिग्रेको अनुभुती हुन्छ। जानुभन्दा पहिले मन हतासिन्छ।उस्को मन पनि हतासिएको थियो रे । एक किसिमको अर्कै विशेष अनुभुती ।अलिकति रमाइलो जस्तो।अलिकति खिन्नतानुभुती । अलिकति सन्कोच पनि । नगएको भए पनि उ पछुताउथ्यो होला। उ भन्दैथ्यो एकदिन त्याहा जानुपर्छ । अनुभव गर्नुजस्तो राम्रो कुरो अरु के होलार। एक्छिन अथाह माया मिल्छ त्यहा। त्याहाको माया फरक माया। अर्कै सन्सारमा हुन्छ मान्छे । दुई भिन्न मनको मिलन। दुई भिन्न चरीत्रको मिलन। कहिले पनि नभेटेको दुइ शरीरको मिलन। मायाको अगेनो हो त्यो ठाउ। सबैले तापेर फर्किन्छन। फर्किदा कस्तो अनुभुती गर्छन त्यो अनुभवी लाई नै थाहा होला ।

उ गयो । एउटा फरक जिन्दगी देख्यो उस्ले। कसैसग एक्छिन भए पनि मन साटेर आयो उ। सन्चो भएको छ उस्लाइ । अब केही दिन लाई निराहार बस्छुरे । त्यो कस्तो तलतल थ्यो जस्लाइ मेटाउन उ बाध्य भयो । एक्छिनको खुशी कति महँगो थियो। शायद यतिनै खुशी घरमा किन मिल्दैन। मिलेको होला त्यही खुशी हामीले अनुभुत नगरेरपो होकि। उ बेपरवाहा गैदियो । केही दिन देखिको त्यो बेचैनी बिसाएर आयो उस्ले। उस्को खुशी र सन्तुस्ती उहीँ जानोस। उ भन्दै थियो जीवन मजाको लागि बाच्नुजस्तो मजा अरु के होलार। पैसाले किनिने संतुष्टता। उ त्याहाको तातो पानीमा नुहाएर आए। त्याहाको पानीमा नुहाउदा अर्कै मजा। म एक्लो उ एक्ली। भिड थिएन। भिडबिहिन हुन चाहन्थे म। भार बिहिन भएर सुख समुन्द्रमा पौडीनुको मजा के था अरुलाइ जो त्याहा आजसम्म गएका छैनन। म जाने सोचाइमा थिए धेरै बर्ष देखि । त्याहा जानू पाप होर? खोइ मैले केही पाप गरेजस्तोत लागेन। मैलेत थोरै भएपनि सन्तोष दिएर आए अनि सन्तुस्ती लिएर आए। दिने र लिने कर्ममा पनि पाप हुन्छर? लिनु मात्रैपोत पाप हो। दुवैले प्राप्तिको महसुस गर्छन भने त्यो पाप होइन। म पाप मान्दिन त्यस्लाइ। म श्राप पनि मान्दिन।

लहैलहैमा जाने भए पहिल्यै जान्थे। म सोचबिचार गरेर गए। एक्लै गइन। म सग मेरो मन पनि गएको थियो। कतिपय ठाउमा शरीर जान्छ तर मन जादैन। म सगै गएको मन त्यो दिन प्रफुल्ल थियो। हामी कति ठाउमा जान्छौ तर सबैभन्दा मन पहिला पुगिसकेको हुन्छ। र कतिपय ठाउमा शरीर पुग्छ तर मन भने पुगेको हुदैन। मन पुगेको स्थानमा मात्रै शरीरलाई पनि रमाइलो महसुस हुदोरहेछ । उस्ले त्याहा घटेको सबै घटना मलाई भन्दै गयो। अलि फरक कुरा गर्यो उस्ले आज।

त्यो अर्कै सन्सार थियो। अचम्म लाग्यो उस्लाइ। उ सग कति पीरहरु थिए उस्ले सबै ती पीरहरुलाइ त्याहाको भित्तामा झुंडयाइ दियो । यता उस्को घरमा भने ती पिरहरु झुन्द्याउने सबै किलाहरु खाली थिएनन। सधैंको बोझ बोकेर बाच्नु र बोझ बिसाउने भितोनै रित्तिएको नियति बाचेको मान्छे थियो उ ।

त्यो दिन सबै पीरको भारी फुकालेर नाङो भयो उ। बोझ उतारेपछी एउटा थप आनन्दानुभुती भयो उस्लाइ। उस्ले भन्यो ” दाजै पीडित शरीरपो हुदोरहेछ “। दुखको च्यात्तिएको सबै लुगा फुकालेर ओछ्यान बनाए मैले। बाधा ब्यवधानलाइ कोठाको किलामा झुन्द्याएपछी बाकी रहेको मेरो सद्दे मन र शरीर उस्लाइ राख्न दिए। अब म भारबिहिन । रित्तै भए । खुकुलो बाचे करिब दुई घन्टा । ”

पिरै पिरले थकित मन लिएर बाचेका पुरुषहरूको जमघट हुने थलोरहेछ त्यो ठाउ। यहाँ आउने सबका आ आफ्नै कथाहरु छन। एउटा यौनकुन्ठा आफ्नो ठाउमा छ तर त्यो भन्दा पनि बढीत अर्कै कुरो रहेछ त्यहा। त्याहा स्वतन्त्रता थियो। त्याहा आवेग उन्मुक्त हुन्छ।त्याहा चाहनाको ध्वनि गुन्जिन्छ। त्याहा लाजको सल्यक्रिया हुन्छ। मानिस आफै कामातुर प्राणि हो। उ भित्र निहित जैबिकता त्याहा श्लेष्म रहन्न। एउटा पुरुष भार बिहिन हुन्छ त्याहा । पत्नीको अगाडि लजालु पुरुष त्याहा गएपछि बिचार शुन्य हुदोरहेछ । बिचारको प्रवाहले हो मानिस सघन हुने । तर त्याहा पुगेपछि एउटा पुरुष यति बिचारहीन बाच्दोरहेछ त्याहा ।

त्याहा पुरुषहरूको प्रबेगलाइ थामिदिने स्त्री छन। र त्याहा स्त्रीका आनन्दलाई बुझिदिने पुरुष छन । त्याहा परिचय खोजिन्न। त्याहा जात सोधिन्न। त्याहा ठेगाना सोधपुछ गरिन्न। त्याहा जात र भात सोधपुछ गरेर कोहि पनि नाङिदैनन। त्याहा केवल दुईवटा मात्रै जात हुन्छ। त्याहा सगोल सत्य मान्छे जन्मिएको भेषमा हुन्छ। सन्कोचको बत्ती निभाउनु पर्दोरहेछ त्याहा अनिमात्र सुखानुभुती प्राप्त हुदोरहेछ । उस्ले बडो दार्शनिक कुरा गर्यो । मलाई मन पर्यो। एउटा बेश्या भोग्दा पनि उस्ले ज्ञान् आर्जन गर्न सकेकोमा । खोइ किन हो त्यो दिन उ आफै खुसीमा थियो।

यदि कहि जातभात र परिचयबिहिन स्थान खोज्ने हो भने त्यो त्यही ठाउ हो। आजको मान्छेको जीवन साइकोलोजी भनेको त्यस्ता स्थानमा परिचय लुकाउनु पनि हो। मनुष्य सिर्फ मनुष्य भएर बाच्ने स्थान शायद बेश्यालयपो हो कि भन्ने भ्रम पो सिर्जना हुन थाल्यो मेरो मनमा पनि ।

मनुष्य अतीतमा निर्वस्त्र थियो। मनुष्य अतीतमा निर्लज्ज पनि थियो। लाजको बिकासत भौतिक प्रपन्चको प्राप्ती पछि मात्रै भएको हो। पशुहरुमा लाज नहुनु उनीहरू भौतिक प्रपन्च र प्राप्ती बाट धेरै टाढा हुनु हो । र छन तिनै सुखी । त्याहा गएपछि उ पनि एक्छिनलाइ पशु भयो रे। उस्ले अतीत बिर्स्यो।उस्ले बर्तमान र भविस्य पनि बिर्सिदियो। सबै चिज सबै प्राप्ती बिर्सिदियो। सबै सबै पाप र धर्म पनि बिर्सिएर उ अनागरिक भैदियो केही बेर । त्यो एउटा तिर्खा थियो उस्को। बेस्या भोग गरेर आएको उ एउटा बेश्या पुरुष थियो। उ पुर्ण सन्तुष्ट देखिन्थ्यो। उस्को अनुहारमा कुनै कलुषिताको बिम्ब देखिन मैले। उ रमाइलोमा थियो। उ शुन्यमा थियो। उस्ले उ भित्रको ब्यभिचार नदीमा बगाएर आएछ। यो पनित समाजमा आवश्यक भएरै जन्मिएको सस्कारगत कर्म थियो होलानि ।

” तिम्ले अत्याचार गर्यौनि” ?! मैले सोधे
” को प्रती ” ? मानौ मेरा हरेक प्रश्ननको उत्तर छ उसग
” समाज प्रती”
“यो समाजले मलाई कहिले बुझेन भने म किन बुझु उसलाई ”
” के पायौ त्यस्तो अनमोल चिज त्याहा एउटा क्षणभङुरता
भन्दा बाहेक। के सुख र आनन्द भनेको त्यति मात्रै
थियोर?
” थिएन । तर म गए । म भारी थिए। अहिले खाली भए ”
खाली हुनुको मजा के थाहा तिमी बोझ बोक्नेहरुलाइ”?

म सग उस्लाइ दिन सक्ने कुनै त्यस्तो दरो प्रतिउत्तर थिएन ।

एक्दिन उस्ले मलाई एउटा योजना बनाएर देखायो र भन्यो –

” दाइ यो देशमा धेरै युवाहरू बेरोजगारी छन । खाडि मुलुक
बाट सयौं लासहरु आउछन । के हामीले ती युवा जवान
हरुको यतै उपयोग गर्न सकिँदैन ?
” सकिन्छ नि गाउँमा खेत बाझिएका छन” मैले भने
” त्यो होइन दाइ मलाईत एउटा पुरुष बेश्यालय खोल्न मन छ”

उस्को बढाे गम्भीर खालको योजना देखेर म भयभित भए ।

” अनि त्यो पुरुष बेश्यालयमा को आउछनत? ”
” महिला ?”
” किन आउछन? के महिला त्यति उदार भैसकेर”
” हामी पुरुषहरु महिला बेश्यालयमा जान हुन्छ भने ती
महिला पुरुष बेश्यालयमा आउन के हुन्छ समानताका
कुरा उठेको बेलामा अनि नारी पुरुष भेदभाव हुनुहुन्न
भनेको बेलामा उहाँहरु किन आउन नहुने पुरुष बेश्यालयमा”

यसो सोचे उस्को तर्क पनि त्यति बेठिक लागेन ।सुन्दा अचम्म लाग्यो उस्को तर्क र योजना । होइन पनि कसरी भनु। हो यदि पुरुष महिला बेश्यालयमा जान हुन्छ भने , पुरुष बेश्यालयमा महिला जान किन नहुने? हो यो पनि एउटा भेदभावपूर्ण कुरै हो। केही दिन देखि यो बिचारमा म घोरिरहेको थिए। कहिलेकाहीत मलाई उस्को यो बेतुकको कुरा प्रती घृणा पनि लागेर आउथ्यो। यो पनि एउटा पेशा बनेकै छ त यस्लाइ अझै राम्रो ब्यवस्थापन किन नगर्ने ? साथीहरूको सर्कलमा यो कुरो आगो जसरी फैलियो। एक कान दुई कान मैदान हुँदै यो कुरो भाइरल भयो गाउँ शहर भरि । र खाडि मुलुकमा जानलाइ टिकट काटिसकेका युवा बेरोजगारहरुले धमा धम पनि टिकट रद्द गर्नपो थाले।

राम्रो कुरामा, पद र प्राप्तिका कुरामा , सुबिधाका कुरामा , नारी हक र अधिकारका कुरामा नारी पुरुष बराबर भन्नेहरूलाई अलिक सोच्न बाध्य बनायो उस्को यो योजनाले।

यो योजना अलपत्र बसेन । सबले सहयोग गरे। एकदिन मैले थाहा पाए। शहरमा एउटा पुरुष बेश्यालय खोलिएको छ भनेर।
उ एक्दिन मेरोमा आयो र भन्यो –
” दाइ मैले पुरुष बेश्यालय खोलेनी”

उ यति प्रफुल्ल थियो मानौ उस्का अघि पछि निकै ठुला मानिसहरू यो पुरुष बेश्यालय खोल्न सहयोगी बनिरहेका छन। मैले सोधपुछ गरे । उ अथकित छ। कतिखेर भनौला भनेर एउटा पहिलो घटना उस्ले मलाई भन्यो।

“पहिलो ग्राहक को बन्यो के तिमी सग रेकर्ड छ ” मैले सोधे
” दाइ जुन दिन महिला बेश्यालयमा म ग्राहक बनेर गएको थिए, तिनै महिला हाम्रो बेस्यालयको पहिलो ग्राहक बनिन। म अचम्ममा परे कसरी यस्तो भयो भनेर । र तिनी सग कुरा पनि भयो । महिला अधिकारका कुरा उठाइन तिन्ले र भनिन ” यदि पुरुष हाम्रोमा आउन हुन्छ भने हामी चै पुरुष बेश्यालयमा किन जान नहुने? महिला सधैं तल किन? किन पुरुष सधैं माथी? महिला अब माथी हुनुपर्छ ” तिनको आवेग यति प्रवल थियोकी यो एउटा बसन्तमा बहने हुरी हो । उस्ले सब कोपिला लाई जवर्जस्त छोएर चुमेर भागिदिन्छ। तिनी मैले खोलेको बेस्यालयमा आइन र मलाई बेहिसाब भोगेर गइन। मलाई उल्टो टिप्स दिएर फेरि भेट्न् पर्छ भन्दै गइन।….

Leave a Reply

Your email address will not be published. Required fields are marked *