गोकुल ढकाल, डालास । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई तथा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत करिब दुई साताब्यापी भ्रमणका लागि अमेरिका आईपुगेका छन । भट्टराई र बस्नेतका साथमा नेपाली कांग्रेस, सिन्धुली जिल्ला सभापति उज्जवल ह्रास एवम् काठमान्डौं क्षेत्र नम्बर २ का सभापति उपेन्द्र कार्की पनि अमेरिका आएका छन ।

नेपालिज अमेरिकन कन्भेन्सन, Nepalese American Convention (न्याक)को दोस्रो वार्षिक सम्मेलनमा अतिथी वक्ताको रुपमा सहभागी हुन दुई युवा नेता अमेरिका आईपुगेका हुन । टेक्सास राज्यको डालसमा भोली शुक्रवार उद्घाटन भएर आईतवार सम्पन्न हुने न्याकका बिभिन्न फोरमहरुमा भट्टराई र वस्नेत अतिथी वक्ताको रुपमा सहभागी हुनेछन ।

डालसको कार्यक्रम सम्पन्न भएलगत्तै नेपाली कांग्रेस केन्द्रिय सदस्य भट्टराई तथा तरुण दल अध्यक्ष बस्नेत तथा ने. का. सिन्धुलीका सभापति बराल तथा क्षेत्रीय सभापती कार्की न्युयोर्क शहर लगायत अमेरिकाका बिभिन्न शहरमा नेपाली जनसम्पर्क समिती, अमेरिका र च्याप्टरले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुंदै नेपाल फर्कने कार्यक्रम रहेको नेपाली जनसंपर्क समिती, अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भन्डारीले जनाएका छन ।