२०७८ असोज ८ गते | 24th of September 2021

सबल नेपाल निर्माणका लागि सांस्कारीक राजनीति

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २२ गते २:२८

हेमराज भट्ट
लस एन्जलस, क्यालिफोर्निया ।

ब्यक्तिगत हिसाबले म कॉंग्रेसको कुनैपनि नेता र उनीहरूको हलिया होईन, आफ्नो स्वाभिमान पौरख र मिहनेतका साथ आजसम्म शिर ठाडो पारेर बॉंच्न सफल नेपालको सन्दर्भमा लोकतन्त्रको जननी नेपाली कॉंग्रेसको सिद्धान्न्त, बिचार र संस्कारमा अबिचलित रहि हुर्किएको एक कर्मठ, निष्ठावान् कार्यकर्ता हुँ, मलाई यस ऐतिहासिक पार्टीको सदस्य हुन पाएकोमा संधै गर्बको अनुभुति हन्छ, म र मेरो जीवनसंग जोडिएको मेरो निष्टा र आस्थाको उच्च धरोहर नेपाली कॉंग्रेस पार्टी र यसका सभापतिका बिरूद्धमा सुनियोजित ढंगले हदभन्दा धेरै अनाबश्यक जुन टिका टिप्पणी र आलोचना गरिदै छ र औंला उठाईदैछ, सानो तिलको दानालाई पहाड जत्रो भईंकर ठुलो बनाई धमिलो पानीमा माछामार्ने दुश्साहस हुदैछ, यसले केही दिनका लागी दुराचारी मनोदशाबाट ग्रसित झुण्डहरूलाई सामाजिक संजालमा रमाईलोसित खिल्ली उडाउदै आनन्द लिन मौका त देला, तर पृथ्बी गोलो छ महासय, घुमिफिरी एकपटक सबैको पालो आउँछ नै, भोली हामी अनाहकमा यस्तैखाले नचाहिने किशिमका घटनाहरूको चक्रब्युमा पुर्ण फस्नेछौं, हामीमा निहित रहेको सृजनशिल उर्जा, जोशजॉंगर र तागतलाई सामाजिक बिकासको क्षेत्रमा साथै उपलब्धीमुलक रचनात्मक कामको निमित्त खर्चने र समतामुलक,समुन्नत र सभ्य समाज निर्माणको दिशामा लैजानु पर्ने मुलभुत दायित्वलाई नै प्रभाबपार्ने तथा भुल्नेगरी प्रसंग र बिषयलाई तोडमोड गर्दै केही मानिस र तिनका दल वा समुहको हित र लाभका खातिर कानटाठो पार्दै आगोमा घ्यु थपिंदैछ, यसबाट नेपालीहरूका बिच संदियौं देखि एकआपसमा अक्षुण रहेको सद्भाबलाई खलल पार्नेगरी बिभिन्न दुश्प्रचारहरू गरिएको छ।
माथिको पृष्टभुमिमा उठाईएका यीनै प्रसंग र बिषयका बारेमा केही कुराहरू सामाजिक संजालको माध्यमबाट लेख्न म यहॉं बाध्य भएको निवेदन गर्दछु, नेपाली कॉंग्रेसका आदरणीय सभापति एवंम् सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्युको बोलीमा स्पष्टता छैन, त्यो सत्य कुरा हो, कारण के हो त ??? यससंगै जोडिएको अर्को ध्रुवसत्य बिषय माथी हिलो छ्याप्ने र नालायक कार्यलाई ढाडस् दिंदै दिउँसै रातपार्ने प्रपंच नै रचिएको आभाष भएको छ, मुख्य र चुरो कुरा के हो भने, हिजो कलिलो उमेरमा ओठमा जुँगाको रेखी पनि नबस्दा र जवानीको बिहानीका ती दिनहरूमा आफ्नो ब्यक्तिगत सबै आकांक्षा, प्रगति, उन्नति र रहरहरूलाई एकातिर थाती राखी निर्दलीय फासिष्ट तानाशाही पंचायती ब्यबस्थाका विरुद्ध, जनताको पक्षमा लोकतन्त्र र यसको पुन:स्थापना, हाम्रै मौलिक हक, अधिकार, स्वतन्त्रता र देशको उज्ज्वल भबिष्यका निम्ति लड्दा र जेलमा बस्दा तानाशाहहरूको कॉंयरताको पराकाष्टले उहॉंको जिब्रोमा करेन्ट लगाई जिब्रोको शक्तिक्षिण हरण गरिएको ईतिहासको धरातलिय यथार्थ तथ्यलाई ओझेलमा पार्दै उहॉंको बिरूद्धमा हिजाआज जो हर्कत गरिदै छ, यो म जस्तो एक लोकतन्त्रबादी कॉंग्रेसको सिपाहीका लागि किमार्थ स्विकार्य र मान्यहुने छैन। हिजो उहॉं जस्तै सयौं महापुरूषहरूले गरेको त्याग, समर्पण र बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धी र स्वतन्त्रताको गलत प्रयोगले हामीलाई कता लैजादैछ, यसलाई गहिरिएर मनन् गर्नुको सट्टा पदिय मर्यादा र सम्मानको ओजलाई हलुका तबरले खिल्ली उडाउने परिपाटी र हामीमा बिक्षिप्त कुसंस्कारले कसैको भले र उन्नति गर्दैन, हरेक बिषयको उदाहरण दिंदा देश, भुगोल र जनतामा रहेको सामाजिक, शैक्षिक र राजनितिक चेतनाको स्तरलाई अनुमान गर्नसक्नु पर्दछ, आवेग र भावनामा बगेर नेपाली समाजलाई संधै भ्रमको खेतिको भरमा मात्र अल्झ्याई ब्यक्तिगत, समुहगत, दलगत र बर्गगत अभिष्ट पुरागरी सातदशक भन्दा लामो समयसम्म देशलाई जस्ताको तस्तै उहि अबस्थामा राख्न चाहानेहरूको कर्तुतलाई स्वाभिमानी हामी युवाहरूले चिर्नसक्नु पर्दछ। यही हो हामीलाई हाम्रा बीर सपुत र पुर्खाहरूले सुम्पिएर गएको नेपालीपन र नॉंसो, नेपाली कॉंग्रेसको स्थापनाकाल देखिकै सिंगो यो पार्टी, यसले अंगिकार गरेको स्पष्ट दृष्टिकोण र असल नितिका कारण बिभिन्न कालखण्डहरूमा यस पार्टीका क्षमतावान् र संघर्षशिल नेताहरूका बिरूद्धमा अनेकौ किशिमका नाम, रंग, स्वरूप र आकारहरूमा यस्तैखाले चरित्रहत्याउने गतिबिधीहरू चरण चरणमा गरिदै, हुदैं आएको ईतिहासलाई फेरी एकपटक यहॉं दोहोर्याउन र स्मरण गराउँन चाहान्छु,
२००७ साल र त्यसको वरिपरी देखिकै समाजबादी सिद्धान्तका प्रबर्धक एवंम् प्रतिपादक प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव श्री बिश्वेश्वर प्रसाद कोईरालाको समय देखिकै नेपालमा परिवर्तन र देशको समृद्धि नचाहाने तत्व र शक्तिहरूले बिभिन्न बहानामा खेल्दै बिकासको क्रमलाई अगाडी जाने बाटोमा संधै अड्चन र अबरोध गर्दै आएकाछन्, २०१७ साल पुष १ गते कॉंतर मानसिकताको उपज लहडमा चालिएको असंबैधानिक र अलोकतान्त्रिक राजनितिक परिघटना एउटा ज्वलन्त प्रमाण र उदाहरण हो, ल ठिक छ, आज हामी एउटा कल्पना गरौं त २०१५ पछि भनेपनि मुलुकलाई स्थायी राजनितक निकास दिंदै सहि दिशाबोधका साथ अगाडी बढाउन छेकवार नगरेको भए हालसम्म नेपालको बिकास कहॉं पुग्ने थियो, यस्तो देश बिकास र आर्थिक संमृद्धिको दिर्घकालिन महत्वको गहन एजेण्डालाई पाखा लगाई दलगत क्षणिक स्वार्थसिद्धका निम्ति हावादारी तल्लो स्तरको कुरामा समयको बर्बादी गर्दै जनतालाई गुम्राहमा राख्ने प्रयत्नलाई हामीआम नागरिकहरूले पर्दाफास गर्नु पर्दछ, नत्र तपाई हामीलाई आफुले टेकेको दुई पाउँ धर्तिको माटोले कदापी आत्मासन्तुष्टी र क्षमादिने छैन।
यहि भुगोल, माटो र हावापानीमा हुर्किएका नेपाली आमाका सपुतहरू र समयको माघसंगै उनीहरूबाट नै जन्मिएको बिचार, पद्धति र ब्यबस्था माथि दृश्य र अदृश्य रूपमा समय समयमा हुने भ्रामक जनबिरोधी अभिब्यक्ति र कदमहरूको जरैदेखि उखेलेर फाल्नको लागि हाम्रा सिद्धान्त र बिचारका संबाहक तथा आधार स्तम्भ र प्रेरणाका प्रतिकहरू प्राप्त स्वर्गिय बीर नेताहरू महामानव श्री बिश्वेश्वर प्रसाद कोईरालाले जीवनपर्यन्त राष्ट्रियता, लोकतन्त्र र समाजबादको कार्यान्वयनको लागि देखाउनु भएको उदारता, मेलमिलाप, जनतामाथिको अटुट बिश्वास र लगाभका परिणाम स्वरूप बनाउनु भएको एउटा राजनेताको बिश्व परिचय, लौहपुरूष श्री गणेशमान सिंहले गर्नुभएको पदकोत्याग घोषणाले बिश्व राजनिति र राजनितिज्ञमा दिएको सकरात्मक सन्देश, श्री सुबर्ण समशेर राणाको ईमान र आर्थिक अनुशासनबाट प्राप्त शिक्षा, युगपुरूष श्री कृष्ण प्रसाद भट्टराईको कर्मयोगी राजनिति, कुटनितिक चातुर्यता र असिम अडानका कारण नेपालले दक्षिण एसियामा बनाएको निश्कलंकित उच्च छबि, शिखरपुरूष श्री गिरिजा प्रसाद कोईरालामा निहित क्रान्तिकारी जोशजॉंगर, छरितो निर्णयको क्षमता, अबिचलित अॉंट र साहशले नेपाली राजनितिलाई एकता, सहमति र सहकार्यमा हिडाउने कोशिषको सुमार्ग सहित नेपालको गणतान्त्रिककरण र सरल ब्यक्तित्वका धनि श्री सुशिल कोईरालाको सादा जीवनशैली र समन्वयकारी भुमिकाले ७० बर्ष देखिको जर्जर राजनितिक अन्यौलताको वाताबरणलाई छिचोल्दै आन्दोलनको उपलब्धीहरूलाई अक्षरस लिपिबद्धताका साथ संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ को घोषणा गरी मुलुकलाई राजनितिक निकास दिदै संघिय गणतन्त्रको संस्थागत बिकासको निमित्त उहॉंले निर्वाह गर्नुभएको अबिष्मरणिय नेतृत्वदायी भुमिकाको यहॉं प्रसंसा गर्न उपयुक्त ठाने, यस्ता महापुरूषहरूको छत्र छहारीमा हुर्किएको कॉंग्रेस र हामी कॉंग्रेसका कार्यकर्ता बिना कसुर कोही कसैसंग झुक्न जरूरी छैन र हुंदैन, कॉंग्रेस र हाम्रा नेतामाथि बिगत केही महिना अघिदेखी एकोहोरो रूपमा गरिएको गैह्रराजनितिक आक्रमणलाई समयमा नै समिक्षा गरी उचित निष्कर्षमा पुग्न बेर गर्नुहुदैन, हामी सबैले एकजुट भैं सामना गर्नुपर्ने आजको टट्कारो आबश्यकतालाई मनन् गरौं, बॉंच्छो खानेले बाख्रो पनि खान्छ भन्ने परम्परागत नेपाली उखानको चरित्रार्थ लाई कॉंग्रेसजनले पटक पटक भोग्न नपरोस्, यसमा नै देश,लोकतन्त्र र कॉंग्रेसको हित हुनेछ।
हाम्रा बीर नेताहरूले परिकल्पना गर्नुभएको सुन्दर, संमृद्ध नेपालको बॉंकीकाम सबै नेपालीहरूलाई एकैठाउँमा ल्याएर पुरागर्ने जिम्मेवारी नेपाली कॉंग्रेसको कॉंधमा आएको छ, जबजब कॉंग्रेसका नेताहरू देशको कार्यकारी पदमा पुग्नुहुन्छ अनि आफुलाई अग्रगामी शक्ति हुँ भनेर नथाक्ने र सपनामा पनि बर्बराउनेहरू देखि प्रतिगामीहरू सब एकसाथ सलबलाउन थाल्दछन्, त्यसैको उपज हो यो अहिलेको खराब गतिबिधीहरू, संबिधानले नै २०७४ साल माघ ०७ गते सम्मलाई चुनाबी बर्षको रूपमा स्विकारेको परिस्थितिलाई मध्यनजर गरी देशलाई राजनितिको भुमरीमा हाली हलो अड्काएर गोरू पिट्ने र सोही अनुरूपको प्रपोकाण्डलाई बढवा दिई पहिला देशभर जनतामा दुबिधा छर्ने र त्यसको प्रत्यक्ष राजनितिक फाईदा लिने योजनालाई सुक्ष्म तरिकाले अध्ययन गर्न नसक्नु या ध्यान नदिनु हाम्रो महाभुल थियो।
अन्तमा उच्च मनोबल र स्वच्छ भावनाले आन्तरिक संगठनलाई मजबुत बनाई राष्ट्रिय गौरब र दिर्घकालिन महत्वका योजनालाई यथाशिघ्र अघि बढाई रोजगारीको सृजनाका साथ भुकम्पपछिको पुन:निर्माणलाई द्रुतगतिमा लैजादा भोली हुने निर्वाचनमा पुन: कॉंग्रेसलाई जनताले साथ दिनेछ, यो मेरो आम नेपालीहरू प्रतिको भरोषा र आत्माबिश्वास हो, यसमा नै सुन्दर,संमृद्ध र गतिशिल नेपालको भबिष्य सुरक्षित हुनेछ।
जय नेपाल !!!
सभ्य नागरिकको परिचय सहितको प्रतिक्रियाको आशा गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *