गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।
गत महिना नेपाली राजादुतावास र महावाणिज्यदुत ॠषि ढकाल र लस एन्जलस एवम सान-फ्रान्सिस्को नगरका स्थानिय संघ-संस्थाहरुको संयुक्त सहयोगमा नेपाली राजदुतावास, वाशिङ्टन डि सी का द्दितिय सचिव चक्र सुवेदीको प्रत्यक्ष उपस्थितिमा नेपाली नागरिकहरुको पासपोर्ट नविकरण गर्न आयोजना गरिएको कार्यक्रममा दुबै नगर तर्फ उल्लेख्य सेवाग्राहीहरुको उपस्थिती रहेको सर्वबिदितै छ ।
पहिले लस एन्जलस र दोस्रो दिन सान्-फ्रान्सिस्कोमा आयोजित ‘पासपोर्ट नविकरण कार्यक्रम’ मा नविकरणका लागि आवेदन दिनुहुने सेवाग्राहीहरुको पासपोर्ट तयार भैसकेको जानकारी महावाणिज्यदुत ॠषि ढकालले दिनुभएको छ । ‘दुतावास पुगेका पासपोर्टका आबेदनहरुका पासपोर्ट तयार भएको दुतावासले जानकारी गराएको छ’ महावाणिज्यदुत ढकालले बताउनुभयो ।
तर दुतावासको ब्यस्तताले सम्पूर्ण आबेदकहरुलाई क्यालिफोर्नियामै आएर पासपोर्ट वितरण गर्न समयभाव भएकोले र Returned Prepaid Envelope (अमेरिकी हुलाकमा गएर आफ्नो आवेदन फिर्ता माग्न मिल्ने, पैसा तिरेपछी पाईने खाम) आवेदनको साथमा सामेल नभएकोले यसै सुचनालाई आधार मानेर क्यालिफोर्निया राज्यका दुबै शहरबाट आबेदन दिनुहुने सेवाग्राहीहरुले उक्त प्रकारको खाम यथाशाक्य नेपाली दुतावासको ठेगानामा पठाउनुहुन महावाणिज्यदुत ढकालले आग्रह गर्नुभएको छ ।
अत : आफुलाई पायक पर्ने अमेरिकी हुलाकमा गएर सेल्फ एड्रेस खाम खरिद गएर त्यसैलाई अमेरिकी हुलाक वा कुनै हुलाक सेवा मार्फत नेपाली दुतावास, वाशिङ्टन डि सीमा पठाई आफ्नो बनिसकेको पासपोर्ट लिनुहुन महावाणिज्यदुत ढकालले आग्रह गर्नुभएको छ ।
Prepaid Envelope Or Self Adress Envelope नेपाली दुतावास, डिसीको ठेगाना :
Washington, DC 20008
आबश्यक सहयोगको लागि संपर्क :
ॠषि ढकाल
महावाणिज्यदुत
लस एन्जलस, अमेरिका ।
फोन : 626 320 2437