२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

शोषण र अत्याचार यावत रहेसम्म विश्वमा शान्ती र अमन चयन कायम हुन नसक्ने : नेबि संघ अध्यक्ष नैनसिंह महर

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २९ गते ०:५४

गोकुल ढकाल, अमेरिका । नेपाल बिद्धार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले नैतीकअता विहिन पाठ्यक्रमको आधारअंा चलेको शिक्षाका कारण विश्व नै ब्यक्तिवादी बन्न थालेको बताउनुभएको छ । संयुक्त रास्त्ट्रसंघको २०औं युवा सभामा नेपालअको तर्फबाट आफ्नो मन्तब्य राख्दै अध्यक्ष महरले मान्यता र नैतिकतामा आधारित शिक्षाकओ अभावले विश्वभरी मानवअतावादी अवधारणा कमजोर बन्दै गएको र ब्यक्तिवादी चरित्र हावी हुँदै गएको कुरा बताउनुभयो ।

१०४ देशबाट प्रतिनिधित्व गरी समर युथ एसेम्बलीमा भाग लिन आएका कारीब १५०० भन्दा बढी युवाहरुको सहभागीता रहेको संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क अमेरिकामा अगस्ट ८ देखी १२ गतेसम्म महासभा संचालन भईरहेको छ ।

महासभामा ब्यक्तिवादी चरित्रको अन्त भए मात्र समाज समुन्नत हुने र समाजअको उन्नतीले सवल राष्ट्र अनि समग्र विश्व नै शिक्षित र समुन्नत हुने कुरा नेपालको सर्वाधिक शक्तिशाली बिद्धार्थी संगठन नेपाल बिद्धार्थी संघले उठाएको छ । प्रतिनिधि मन्डलको नेत्रित्व गर्दै अध्यक्ष महरले भोको पेट, झुत्रा लुगा, चुहिने छाप्रो (दुई छाक खान नपुग्ने माना, फाटेको नाना र चुहिने छाना), अशिक्षा र अभावले गरिवीको ब्रिद्धी तथा आर्थिक दमनसंगै चरम शोषण र अत्याचार यावत रहेसम्म विश्वमा शान्ती र अमन चयन कायम हुन नसक्ने बताउंदै विश्वका सम्रिद्ध एवम शक्तिशाली राष्ट्रले गरिव र कमजोर राष्ट्रमा ब्याप्त समस्या समाधानमा सहयोग पुर्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

दिगो बिकास लक्ष प्राप्तीका लागि कमजोरलाई बलियोले सहयोग गर्नुपर्ने र शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनसंगै गांस, बास र कपास पनि आजको विश्वले अधिकतम प्राथमिकतामा राख्नुपर्ने पर्ने बताउनुभयो ।

सम्मेलनमा भाग लिन नेपालको तर्फबाट अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोज थापा र बैदेशिक सल्लाहकार डि बि सुनार हाल अमेरिकामा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']