२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

नेपाली जनसम्पर्क समिती, अमेरिका राहत संकलनमा

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३२ गते २२:०३

अमेरिका,अगष्ट १६ । मातृभूमि नेपालको विभिन्न भागमा गएको बाढीपहिरोमा परी प्रभावित भएकाहरुलाई सहयोग गर्न नेपाली जनसम्पर्क समिति,अमेरिकाले पहल सुरु गरेको छ । मातृपार्टी नेपाली कांग्रेसले विदेशस्थित सम्पूर्ण जनसम्पर्क समितिहरुलाई पत्राचार गर्दै तत्काल राहतका लागि सहयोग संकलन गरी पठाउन निर्देशन दिएपछि समितिको आकस्मिक बैठकले राहत संकलन अभियान सुरु गर्ने निर्णय गरेको समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ । ‘हामी मातृभूमिमा प्राकृतिक एवं दैवी विपत्तिका कारण भएको जनधनको क्षतिबाट अत्यन्त मर्माहत भएका छौं । पीडाको यो क्षण हामी चुप लागेर बस्न सक्दैनौं । त्यसैले पार्टीको समेत निर्देशन र हाम्रो मानवीय धर्म समेत भएकोले हामी यो अभियानमा जुटेका छौं,हामी सबैसंग सहयोगका लागि अपील गर्छौं’सभापति विष्टले भने । समितिको यही अगष्ट १४ तारिख सम्पन्न बैठकले पार्टी निर्देशन अनुरुप सहयोग संकलन गर्न एक समिति समेत गठन गरी जिम्मेवारी दिएको छ ।

समितिका उप सभापति धर्मराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गौतम दाहाल,लोक लामा,चन्द्रकान्त धिताल र समितिका न्यू मेक्सिको च्याप्टरका पूर्व सभापति डाक्टर देशराज संयोकसहित हाल अमेरिकामा गठित समितिका सबै च्याप्टर सभापति सदस्य रहने गरी राहत संकलन समिति गठन गरिएको बैठकपछि महासचिव मुनिन्द्र नेम्वाङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिलाई दश दिनभित्र राहत संकलन गर्न समय अवधि तोकिएको छ । बैठकको निर्णयमा भनिएको छ,-‘मातृ पार्टीको निर्देशनलाई पालना गर्दै,आजको मितिदेखि १० दिनभित्रमा संगठनको सम्पूर्ण निकायलाई परिचालन गरी  बाढीपहिरो पिडितको सहयोगार्थ राहत संकलन गर्ने निर्णय गरेको छ । यस राहत रकम संकलन कार्यलाई चाँडो र व्यवस्थित पार्नका निमित्त समितिका उपसभापति धर्मराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरू गौतम दाहाल,लोक लामा, चन्द्रकान्त धिताल र न्यू मेक्सिको च्याप्टरका पूर्व सभापति देशराज संयोक र संगठनका सबै च्याप्टर सभापतिहरू सदस्य रहने गरी एक राहत संकलन समिति गठन गरी जिम्मेवारी दिईएको छ ।

बैठकले बाढीपहिरो पीडितको सहयोगार्थ केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूका साथै सबै च्याप्टर सभापतिहरुका तर्फबाट न्यूनतम एक सय डलर अनिवार्य सहयोग प्रदान गर्नुपर्ने निर्णय समेत गरिएको छ । केन्द्रीय समिति हाल ३५ सदस्यीय छ भने विभिन्न राज्य तथा शहरमा २७ वटा च्याप्टर छन् । समितिले सबै शुभेच्छुक र सहयोगदाताहरुलाई यथाशक्य सहयोगका लागि आग्रह गरेको छ ।

समितिको काम सुरु 

यसैबीच राहत संकलन समितिका संयोजक एवं उपसभापति धर्मराज श्रेष्ठले समितिले राहत संकलन अभियानका लागि गो फण्डमीमा एक खाता खोली सहयोग जुटाउने अभियान सुरु गरिसकेको र आज समितिको बैठक बसी थप पहलका लागि छलफल गर्ने जानकारी दिनु भएको छ । श्रेष्ठले सहयोगका लागि जारी गर्नु भएको अपील:

मातृभूमि नेपालमा प्राकृतिक विपत्तिमा परी हाम्रा कैयौं दाजुभाई तथा दिदीबहिनीहरुले आफ्नो अमूल्य ज्यान गुमाउनु भएको छ भने हजारौं दाजुभाई तथा दिदीबहिनी घरवारविहीन हुन पुग्नु भएको छ । न खाने गाँस छ न त ओत लाग्ने बास, न त ओभानो एक चपरी जग्गा छ न त शरीरको एक धरो बाहेक लता कपडा नै । यो दर्दनाक र पीडादायक क्षणले हामी सबैलाई मर्माहत बनाएको छ । हामी सात समुद्र पारी भूगोलको अर्को दुनियाँमा छौं तर हाम्रो मन भने त्यहीं पुगेको छ जहाँ हाम्रा नेपाली दाजुभाई बाँचेर पनि जीवन जिउने आश्रय खोजिरहेका छन् । यस्तो अवस्थामा के हामी मन बाँधेर बस्न सकौंला र ? पक्कै सक्दैनौं ।

त्यसैले हामी विपत्तिमा साथ खोजिरहेका ती सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीका लागि जे सक्छौं सहयोग गरौँ भन्ने अभियानमा सहयोग जुटाउन अग्रसर भएका छौं । यसका लागि हामीलाई हाम्रो आस्थाको धरोहर मातृपार्टी नेपाली कांग्रेसले पनि औपचारिक पत्र पठाएर सहयोग संकलन गर्न निर्देशन दिएको छ । दु:खका बेला सहयोगी हात अघि बढाउनु हाम्रो मानवीय धर्म हो । तपाईं हाम्रो न्यूनतम सहयोगले पनि दैवीलीलाको विपत्तिमा परेर बाँचेका हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुलाई जीवन जिउने हौसला बढाउन सकिन्छ ।आउनुस् यो पुण्य कमाउने अभियानमा जुटौँ र थातथलोबिहीन भएकाहरुलाई जे जति सकिन्छ सहयोग गरौँ ।

समितिले सुरु गरेको सहयोग अभियानका लागि गो फण्डमीको लिंकका लागि यहाँ क्लिक गर्नुहोला ।

https://www.gofundme.com/janasamparkaflood

Source : GlobeNePal

One thought on “नेपाली जनसम्पर्क समिती, अमेरिका राहत संकलनमा

  1. A study was done by Sanchis Gomar et al Priligy Studies regarding these approaches are discussed individually; small sample size of single studies along with heterogeneity in patient inclusion criteria as well as outcomes analysed does not allow a meta- analysis to be performed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']