काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।
बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बंैकले जनाएको छ ।
व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गर्नुभएका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गर्नुभएको थियो । उनि वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन ।