न्युयोर्क- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीको आसन्न निर्वाचनका लागी बर्तमान अध्यक्ष तथा आगामी कार्यकालका लागी अध्यक्षका प्रत्यासी डा. केशव पौडेल र उहांको टिमले बिभिन्न शहरमा चुनावी प्रचार प्रसार तथा भेटघाट सम्पन्न गरेको छ ।
नर्थ क्यारोलिना, कोलोराडो, क्यालिफोर्निया, न्युयोर्कमा भव्य अन्तरक्रिया तथा मतदाता भेटघाट गरेको डा. पौडेल सहितको टिमले आइतवार बाल्टिमोरको मेरिल्याण्डमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । घोषणा पत्र सहित आगामी कार्यकालका योजना सहित मतदाता माझ पुगिरहेका डा. पौडेलको टिम अन्तरक्रिया तथा छलफल कार्यक्रम पछि अझै हौसिएको र प्रचारप्रसारको क्रम अझै तिब्र पारिने डा. पौडेल टिमबाट बोर्ड अफ डाइरेक्टरका उम्मेद्धार गोपेन्द्र भट्टराइले बताउनु भयो ।
शनिबार न्युयोर्कमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको डा. पौडेलेको टिमले आइतवार मेरिल्याण्डमा गरेको कार्यक्रममा बानाकी अध्यक्ष अनु वन्त, प्रवासी मंचका अध्यक्ष प्रभु थापा, राप्रपाका केन्द्रिय सदस्य प्रेम श्रेष्ठ लगायतले आफ्नो भनाई राख्दै शुभकामना दिनुभएको थियो ।
डा. पौडेलको टिमको प्रचारप्रसार टोलीमा बरिष्ठ उपाध्यक्षका उम्मेद्धार शुनिल शाह, महासचिवका उम्मेद्धार बि. आर लामा, सचिवका उम्मेद्धार होम गौतम, उपाध्यक्षका उम्मेद्धार रामकुमार स ुबेदी, राधा पौडेल, जेदु पोखरेल, बोर्ड अफ डाइरेक्टरका उम्मेद्धार गोपेन्द्र भट्टराई, दिव्या के सी वली, सह कोषाध्यक्षका उम्मेद्धार पवन योञ्जन, आइसीसी सदस्यका उम्मेद्धार डिल्ली भट्टराई, बिश्णुमान प्रधान, गोमा सेन लगायत सहभागी हुनुहुन्छ ।
छलफल तथा अन्तरक्रिया कार्यक्रमका क्रममा बोल्ने बक्ताहरुले सल्लाह, स ुझाव तथा सफलताको शुभकामना दिएका थिए भने कार्यक्रममा क्रममा उठेका जिज्ञासाहरुको डा. पौडेलले जवाफ दिनुभएको थियो । अन्तरक्रियाका क्रममा बिभिन्न जिज्ञासाको उत्तर दिने क्रममा एनआरएन अमेरीकाको संस्थागत विकासका साथै सबल र समृद्ध बनाउन तथा प्रवासी नेपालीहरुको हक हितका लागी चालिएका कदमहरुलाई तार्किक निश्कर्षमा पुरयाउने दायित्व सम्झेर अर्को एक कार्यकालका लागी तयार भएको बताउनुभएको थियो ।
आउंदो अक्टोबर ११ र १२ तारिखमा एनआरएन अमेरीकाको निर्वाचन हुदैछ ।