२०७८ जेठ ३ गते | 17th of May 2021

खहरे खोलाले बगाउँदा युवकको मृत्यु, खोलामा भेटियो यस्तो लास

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १९ गते ३:५३

सोलुखुम्बु० १९ साउन । दूधकौसीका गाउँपालिका–७ देउसामा मृतावस्थामा भेटिएका युवकको खहरे खोलाले बगाएर मुत्यु भएको प्रहरीले जनाएको छ ।

साविक देउसा–६ नाम्सेका ३३ वर्षीय अंगत राईको खहरे खोलाले बगाएर मृत्यु भएकोे प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । बुधबार बिहान करिब ११ बजे स्थानीयबासीले खहरे खोलामा मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शव घोप्टो अवस्थामा रहेकाले पहिचान हुन सकेको थिएन ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गरेको थियो । मंगलबार साँझ घर नजिकै रोक्ति बजारमा निस्केका राई घर फर्केका थिएनन् । साँझमा ठूलो वर्षात् भएकाले घरफर्कँदा घर नजिकैको खहरे खोलामा आएको भेलले उनलाई बगाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *