२०७८ साउन ११ गते | 26th of July 2021

आइतवारदेखि पत्रकार महासंघको महाधिवेशन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३ गते १४:३१

काठमाडौँ, ३ भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ ।

‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।

बिहान १० बजे प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको महासंघले जनाएको छ । सोमबारसम्म चल्ने महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका छन् । प्रतिनिधिलाई सुन्धारा, बागबजार र जमलका विभिन्न होटेलमा राखिएको छ ।

नयाँ नेतृत्वका लागि प्रत्येक तीन÷तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने छ ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव पनि थपिएको छ । महाधिवेशनले महासंघलाई संघीय संरचनामा लैजानेछ ।

सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिनेछ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनमा एक हजार ५१५ प्रतिनिधिको सहभागिता हुनेछ । महासंघमा करिब १० हजार पत्रकार आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *