२०७८ मंसिर २२ गते | 8th of December 2021

प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ८ गते १६:५९

काठमाडौं, ८  भदौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बेलुका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् ।

भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबिच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

यसैगरी बिहीबार बेलुका नै प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गरेका थिए  । उनिहरुबिच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *