२०७८ साउन १० गते | 25th of July 2021

खेलकुदबाट समृद्धिको खोजी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १३ गते १६:४१

 

कैलाली, १३ भदौ । युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु चिनाउन र समृद्धिशाली बनाउन सकिन्छ भन्नेम सरकार चिन्तित रहेको बताएका छन ।
कैलालीको धनगढीमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पाँचाँै केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहका क्रममा मन्त्री केसीले उनले नेपालजस्तो मुलुकले खेलकुदको विकासका लागि छुट्टै खेलकुद मन्त्रालय बनाउनु भनेको ठूलो विषय हो भने ।
कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलाडीको क्षमता र योग्यता अभिवृद्धि गर्नका निम्ति विभिन्न खालका ज्ञान तथा सीप दिलाउनका निम्ति विशेष ध्यान दिइने बताए । महाधिवेशनमा देशभरका १३२ प्रतिनिधि सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *