२०७८ साउन १६ गते | 31st of July 2021

कनेक्टिकट नेपाली समाजमा नयाँ नेतृत्व चयन

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ११ गते २३:०७
कनेक्टिकट / अमेरिकाको  कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था नेपाली समाज अमेरिका ब्राडफोर्ड  कनेक्टिकटको आगामी २ बर्षका लागी नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार सम्पन्न समाजको साधारणसभा तथा विजयादशमी शुभकामना सांझको अवसरमा रामचन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कनेक्टिकट, ब्राडफोर्ड आसपास रहेका नेपालीहरुको ठुलो सहभागिता विच सम्पन्न कार्यक्रमको पहिलो चरणमा साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा दशैतिहार शुभकामना विशेष मनोरंजनात्मक कार्यक्रम संचालन गरिएको थियो । यसअधि संस्थाका बर्तमान अध्यक्ष रामचन्द्र रेग्मिको सभापतित्वमा सम्पन्न कार्यसमितिको बैठकले पुर्व महासचिव विजय अधिकारिको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
संस्थाका महासचिव टेक कुँवरको संयोजनमा सम्पन्न पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कका उपमहाबाणिज्यदुत पुष्पराज भट्टराइले प्रवासमा रहेर नेपाली एकता मजबुत बनाउदै मैलिक कला संस्कृतिको संरक्षणमा कनेक्टिकट नेपाली समाजले खेलेको भूमीकाको खुलेर प्रसंशा गर्नुभयो । त्यसैगरि बिशेष अतिथि गैरआवसीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदीले कनेक्टिकट नेपाली समाजबाट अमेरिकाभरका नेपालीले धेरै कुरा सिक्न सक्ने बताउदै समाजले अब नेपाली भाषा संस्कृती जगेर्ना गर्न पहल थाल्नु पर्ने बताउनु भयो । समाजमा उत्कृष्ट कार्य गरेका सात दम्पतिलाइ सम्मान गरिएको सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं  प्रमुख सल्लाहकार गौरिश्वर शर्मा, पुर्वअध्यक्ष रामहरि भण्डारि, महिला अधिकारकार्मी प्रमिला सुवेदि, तथा बर्तमान सभापति रामचन्द्र रेग्मि र आगामि कार्यकालका सभापति रामचन्द्र श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यसैगरि विजय अधिकारिद्धारा संचालित दोस्रो चरणको शुभकामना संगीतिक कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य शर्मिला अधिकारी लगायतका विभिन्न स्थानिय कलाकारहरुले गितसंगीत र नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *