२०७८ मंसिर २३ गते | 9th of December 2021

नगरपालिकाका लेखाप्रमुख जुवा खालमा भेटिए 

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १० गते ३:३९

चरिकोट, १० कात्तिक । भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित ६ जनालाई प्रहरीले जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार उनीहरुको जुवा खालबाट १ लाख ६ हजार ६ सय ९५ रुपैयाँ बरामद गरेको छ । भीमेश्वर–६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खेलाइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनु लामाले बताए ।
पक्राउ पर्नेमा भीनपा–१ का रामेश्वर गिरी र वडा नं ३ का रामकाजी लामा दोङ, तामाकोशी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज (स्वास्थ्यचौकी भीरकोटका इन्चार्ज) दलबहादुर खड्का र रामेछापका खिलेन्द्र खत्री पनि छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *