२०७८ वैशाख ३१ गते | 14th of May 2021

नेपालगञ्जको कारागार नजिकै हिलाम्मे खेतमा भेटियो भर्खरै जन्मेको बच्चाको शव

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १८ गते १६:११

बाँके, १८ कात्तिक । नेपालगञ्जमा एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ । । कारागारनजिकैको हिलाम्मे खेतमा सालनालसहितको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
हिलाम्मे खेतमा सालनालसहितको नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुधिरराज शाहीले नवजात शिशुको शवको पकृति हेर्दा एकदिनअघि जन्माएर फालिएको जस्तो देखिने बताएका छन । घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरिसकिएको डिएसपी शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *