२०७८ वैशाख २६ गते | 9th of May 2021

नेपालप्रेमी एलेक्सको निधन, पूरा भएन नेपालमा अन्तिम क्षण विताउने इच्छा

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २३ गते १८:५१

न्यूयोर्क । नेपाल प्रेमी अमेरिकन नागरिक एलेक्स गार्गिलिसको निधन भएको छ । न्युयोर्कमा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । जीवनको अन्तिम क्षण नेपालमा विताउने इच्छा राख्नुभएका एलेक्सको त्यो इच्छा भने पूरा हुन पाएन । उहाँले झण्डै ३० बर्ष नेपालमा बिताउनुभएको थियो ।

‘दि वर्ल्ड इज माई नेसन’ नामको आफ्नो पुस्तकमा नेपाल जत्तिको सुन्दर राष्ट्र अरु नभएको र नेपालबाहेक अरु राष्ट्रले मनमा नछोएको उल्लेख गर्नु भएका एलेक्सले विश्व यात्राका क्रममा आफ्नो बसाईका लागि नेपाल रोज्नुभएको थियो । नेपालमा झण्डै ३ दशक विताउने क्रममा उहाँ ललितकला क्याम्पस लगाएत अन्य क्षेत्रमा संलग्न भई नेपाली कलासाहित्यको विकासमा प्रेरणादायी भूमिका निभाउनु भएको थियो ।

मनमा नेपाल प्रतिको माया बोक्नुभएका एलेक्स न्युयोर्कमा हुने नेपाली कला र संस्कृतिको प्रबद्धन गर्ने कार्यक्रममा समेत उपस्थीत हुदै आउनुभएको थियो । एलेक्सको मंगलबार राती निधन भएको बिष्णुमान प्रधानले जनाउनुभएको छ । उहाँले एलेक्सलाई एक अविस्मरणिय महान ब्यक्तित्व, कलाकार, लेखक, शिक्षक, नृत्यकार, बहुभाषी, विश्व यात्री, प्रेरणाको श्रोतका रुपमा स्मरण गर्नुभएको छ । एलेक्सको अन्तिम संस्कार भोलि शुक्रबार दिउसो पौने १ बजे फ्रेस पाउण्ड सिमेट्रीमा गरिने भएको छ ।

नोभेम्बर १९ मा हिमालयन याक रेष्टुरेण्टमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

खसोखास

Leave a Reply

Your email address will not be published. Required fields are marked *