२०७८ मंसिर १५ गते | 1st of December 2021

जन्मोत्सवको एक अनुभुती

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २८ गते ३:५७

राजन अधिकारी, लस एन्जलस, क्यालिफोर्निया –

अघिल्लो साता एउटा जन्मोत्सव कार्यक्रममा सहभागी हुने मुहर्त जुर्यो , संधैभरि मेलापातमै पसिना बगाई रहनु पर्ने बबुरोलाई एकदिन पसिना सुकाउने मौका मिलेको थियो त्यै दिन पनि जन्मोत्सबको निम्तो आउदा छुटाउने त कुरै भएन त्यसमाथी पनि आफ्नै ज्वाई नारानको चौथो छोरोको !

दिनभर बसाउने साबुन दलीदली नुवाई धुवाई गरियो दारी कपाल राम्रै संग मठारियो अनि बेलुकी कांईयोले तेल हालेको कपाल सर्लक्क कोरेर लागियो कार्यक्रम तिर बाटोमा सोच्दै गए जन्मोत्सब कुन ढॉंचामा मनाउदै होलान ? जॉंदाजॉंदै happy birthday भनेर यसो उपहार दिनु पर्ने हो की ? सामान्यतय जन्मोत्सब यसरी नै मनाउछन क्यारे तर फेरी अर्को मनले भन्यो हैन त्यो छोरोको जन्मोत्सब मनाउन त यो भन्दा अघिल्ला बर्षहरूमा कहिल्यै निम्तो गरेनन नारानले, बडो दुबिधा भयो त्यसैले त अधिल्लो दिन नै कुरकुरे यन्त्रबाट हेल्लो गरेर सोधेको थिंए नारान, मैले केई केई गर्नु पर्छ भने भनम है भनेर तर उहॉंले यसो गर्नु न त भनेर प्रस्ट पारेनन त्यसैले म पनि कुनै चिजबीजको पनि जोह नगरी हात हल्लाउदै गंए !

पुगेपछि थाहाभयो नारानको चौथो छोराको त बर्तुन पो रहेछ । हाम्री आमाले भन्थिन छोराको बर्तुन ७/८ बर्षमा गर्नै पर्छ नत्र धर्म मिल्दैन र जीवन भर दुख कष्ट र रोगब्यजले सताउछ सायद यो कुरा ज्वंई नारानलाई पनि उन्की बुढीसासुले भन्न भ्याईछन क्यारे त्यसैले हतार हतार बर्तुन पो गर्न लागेका रहेछन भन्ने लाग्यो तर जन्मोत्सब भनेर चॉंहि किन निम्ता बॉंडे भनेर मनभरि कुरा खेलिनै रह्यो ! जन्मदिन भा भएत ६ चोटी पहिलै मनाउनु पर्ने थियो नि भन्ने सोचिरहे !

जे होस बर्तुनको सरदम र तयारी धुमधाम संगै गरेका रैछन जग्या बनाउने , दुना टपरा लगाउने र रोटी कसार बाट्ने हरूको चटारो हेर्दा धेरै नै मेहनत गरेछन कि भन्ने लाग्यो ! सुर्जे पुरेतले बिधी पुर्याएरै मन्त्र पढ्दै थिए, नैबेत बॉंड्न सुकिला बस्त्र धारण गर्नेहरू हातमा प्रसाद र टपरी लीई दन्यौरा कसार बटार्नेहरूलाई प्रसाद बॉंड्दै थिए थिए ! टाढाटाढा बस्ने भान्जा ज्वॉंईहरूलाई पनि सम्झन भ्याएछन चिलगाडी चढेर आएको भन्दै थिए दक्षिणाले खर्च धान्यो की नाई त्यो चॉंहि सोध्न भ्याईन ! तर जग्या र रोटी कसारका काम गर्ने सेवीहरूलाई प्रसाद संगै मन्त्र सुनाउने मौका नपाएको झ्वॉंकमा बाहिर आई प्रसाद बमन गर्न लाग्दा एकजना मित्रले पलास्टिकको थैलो थाप्दै गरेको सम्म देखेको हुँ !

सात बर्से मेरो नातीले टोलछिमेकमा छुनुमुनु गरेर खेल्दा आजसम्म कोई बेखुसी भएको देखिन ! सबैको कॉंख कॉंखमा लडीबुडी खेल्दै सबैको पिडा दुर गर्दै मुहारमा खुसी नै ल्याईदिएको पॉंए र लक्षण हेर्दा यो नातीले समाजमा खुल्ला हृदयले नै सबैको सेवा गर्नेछ भन्ने लाग्य छ मलाई त ! बधाई तथा शुभकामना खुल्लामन्च डट कम तथा गोकुल ढकाल !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *