२०७८ साउन १४ गते | 29th of July 2021

जनप्रतिनिधि र शिक्षा

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २८ गते १०:०६

 – लक्ष्मण सिटाैला
नेपालको साक्षरता ५२ प्रतिशत नाघिसकेको छ। शय जनामा बाउन्न जना भन्दा शिक्षित रहेको हाम्रो देशमा ती बाउन्न जना शिक्षित लाई बिर्सेर बाकी अठचालीस जना अशिक्षित मान्छेलाई नेता चुन्नुपर्ने बाध्यता रह्यो यो पालिको चुनावमा। नगरपालीकाको मेहरमा उठने नेता होस प्रतिनिधि सभा सदस्य होस प्रदेशसभामा चुनिने नेता हुन यो पटक पनि शैक्षिक योग्यताको अवमूल्यन गरियो ।

कुनै शैक्षिक डिग्री हासिल गर्न नपर्नु अथवा निरक्षरता उस्को चुनावमा भाग लिनेे योग्यता हो भने साक्षरता किन बढाउनु पर्यो? बन्द गर्नुस स्कुल कलेज युनिभर्सिटी र अरु शैक्षिक सस्थानहरु। शिक्षामा यति धेरै लगानी गर्ने सरकारी , गैर सरकारी सस्था लगाएत दातृ निकाएहरुको अभियान सबै डुबेकै हो भन्ने कुराको प्रमाण हाम्रा नेता हुन । कुनै शैक्षिक योग्यताको प्रमाणपत्र नचाहिने भएपछि अब मन्त्रालय र शौचालयमा के अन्तर भयोत !

सुशासन भन्नुनै अनुशासनमा चलेको एक सम्बृद्द उन्मुख समाज हो । शिक्षाले ब्यक्तिगत उन्नयन मात्रै हासिल गराउदैन यस्लेत मानव जीवनको त्यो अपरिसिम सम्भावनाको खोजी गर्छ र समाज लाई अग्रता तिर डाेर्याउछ। नेता आफै अशिक्षित भयो भने उस्ले कसरी धकेल्छ प्रगतिको गाडी अगाडि !

अशिक्षितले काम पाउँछन्।शिक्षितले बेरोजगारी भएर बस्नुपर्छ । कयौ शिक्षितहरुले आत्महत्या गरेको हाम्रो देश। जब अशिक्षितले एउटा शिक्षित ब्यक्ति माथी शासन गर्छ,बुइ चढ्छ सिठठि फुक्छ, चहै चहै गर्छ, मनलाग्दि गर्छ यो कुरो त्यो शिक्षित ब्यक्तिलाइ सह्य हुदैन ।अबको स्थानीय चुनावी नारा पनि त्यही हो कि अशिक्षितहरुले शिक्षित माथी राज गर्नु। परनिर्भर भएर बाच्नुको पीडा कति भोग्ने हामीले शायद शिक्षाको महत्व बुझेका भए आविष्कारक हामी हुन्थ्यौ।बैज्ञानिक बिज्ञ हामी हुन्थ्यौ सर्जक सिर्जनात्मक हामी हुन्थ्यौ सिर्जनशील उद्दमी हामी हुन्थ्यौ बलियो र आत्मनिर्भर हामी हुन्थ्यौ।हामीले आर्थिक नाकाबन्दीको मार सहनु पर्ने थिएन।

म त्यो देशको नागरिक हु जाहा बादर आक्रमण रोक्न सर्वोच्चले परमादेश जारी गर्छ, म त्यो देशको युवा हु ,जाहा भोट हाल्ने मतपेटिका चीनले दिन्छ, म त्यो देशको किसान हु जाहा आफुले खाने चामल भारत बाट आयात गर्नुपर्छ ,म त्यो देशको नागरिक हु जहाँ सन्सारको सबैभन्दा अग्लो सगरमाथा उभिएको छ तर म सधै छिमेकी देश सग झुकिरहेको हुन्छु ।

मैले खाने नुन मैले लाउने सुन मैले बजाउने धुन समेत यहाँ अन्त बाट आयात गर्नुपर्छ। म उत्पादनमा केहि चासो राख्दिन तर मलाई नै कार चढ्नु पर्छ, तरकारीमा नुन चर्को मलाई नै खानुपर्छ,नौलो फेसन पहिले मैलेनै लगाउनु पर्छ, मोबाईल फेरि फेरि मलाई नै उपयोग गर्नुपर्छ, करेसावारि बाझो राख्छु तर मलाई च्याउ अति मन पर्छ। शिर देखि भिर सम्म निहालेर हेरुत मेरो आफ्नो उत्पादन के के छत?

दुध घ्यु मासु चामल अन्डा औषधी लुगाफाटो हातहतियार गाडी देखि औधोगिक कच्चापदार्थ सबै सामान आयातकर्ता हु म र म आफुलाइ वीर नेपाली भन्छु ! म कसरी वीर नेपाली ? इतिहासमा खुकुरी तेर्साएर शत्रुको दोहन गरेर भएको वीर नेपाली पहिचान बनाएका रेछौ हामीलेत शिक्षित भएरत होइनरहेछ।

खरबौ लगानी परेको छ शिक्षामा तर देश चलाउने नायकले कुनै शिक्षाको डिग्री लिनु पर्दैन।

र शिक्षित ब्यक्ती माथिल्लो नीति निर्माण तहमा पुग्यो भने त्यस्लाइ अशिक्षितको जमातले अपहरण गरिदिन्छ र अपांग बनाएर छोडछ। पढेको मान्छेलाइ असफल बनाउने यहाँ एउटा गुटबन्दी छ र त्यही कारणले शिक्षित मानिस बेरोजगारी बस्छ र अन्तमा बिदेश पलाएन हुन्छ।

शिक्षितहरुलाइ, बैचारिकता नमिल्नेहरुलाइ, जान्ने बुझ्नेलाई बिज्ञता हासिल गरेकालाई जसरीनि नेपाल बाट धपाउनु पर्छ भन्ने निति लिन्छन नेपालका अशिक्षित नेताले अनि पो आफ्नो सिट शुरक्षित हुन्छ तिनीहरुका।

नेपालका विद्वानहरुलाइ अमेरिकाले किन्छ।

छात्रवृत्तिमा गएका हजारौं युवाहरूलाई सरकारले फर्काउनु सक्तैन र ती यहाँ आउन पनि चाहादैनन । तिन्ले उतै अवसर पाउछ उनीहरु उतै खुशी हुन्छन र यता उनीहरुको प्रशिद्दी बढला राजनीतिमा भाग लेलान प्रसिद्धिता कमाउलान वा जनता लाउ कमान्ड गर्लान भन्ने यहाँका अशिक्षित नेतालाई पिर, अनि मातृभुमी फर्केर नेपालको सेवा गर्ने वातावरण तय हुदैन । भनिन्छ वातावरणत ब्यक्ती आफैले तयार गर्ने हो तर हाम्रो शिक्षाको मुल धार राज्यको प्रगतिशील सोच र आदर्श राज्यको परिकल्पना सग गासिन सकेको अझैसम्म छैन।

जुन दिन गोल्छा अर्गनाइजेसनले बाणिज्य महासघको चुनावमा आफ्नो जितको दिवा भोज गर्दै थियो जुन दिन भवानी राणा अध्यक्ष चुनिएर बिजय उत्सव मनाउदै थिइन त्यही दिन सर्लाहीको इश्वरपुरमा काला जारले दशौ जना मानिस मरिरहेरहेका थिए। उद्योगले उत्पादन कम बिज्ञापन बढी गर्ने हाम्रो देशमा ढिकि जातो हराउन सकेको छैन।

बेरोजगार सग अनुत्तरित बन्ने बाणिज्य राजनीति के काम ।

हाम्रो देशमा धेरै बिजय जुलुस निस्कन्छ निस्किरहन्छ तर मरेका लाई काध दिने मानिसहरू शुन्य हुन्छ।

शिक्षाको कमि यतिबेला महसुस हुन्छ कि हामी बिजय जुलुस र मृत्युु शोक एकै बाटोमा हिडाउछौ। सिटामोलको पहुच नभएको स्थान धेरै छन नेपालमा र अझैसम्म आकाशमा हवाई जाहाज देखियो भने चील गाडी भनेर सम्बोधन गरिन्छ।

खै ती सुदुर बिकट मानव बस्तीमा बिकासको उज्यालो ?खै ती बिकट गाउँमा खोली तर्ने झोलिङे पुल? खै ती किसानले पाएका आफ्नो उत्पादनको समयोचोत मुल्य ? कृषिको उन्नति नभए बाणिज्य ब्यापार कहाँ बाट हुन्छ? । कुखुराको चल्ला पेवा भनेर पाल्ने छोराछोरी लाई खोइ शिक्षाको उज्यालो जुन?

जीवनको उज्यालो र अध्यारो पक्ष सबैको हुन्छ तर सधैं अध्यारो ओढारमा बस्नेहरुको पिढिमा अलिकति राज्यको स्नेह पुगेन भने म कुन देशको नागरिक हु भन्ने भ्रम सिर्जना हुन्छ तिनका दिमागमा ।

युग परिवर्तनशिल छ।परिवर्तनको बोध गर्ने र परिवर्तनको सम्बाहक भनेको केवल जनता हो । परिवर्तन ल्याउन शिक्षा बुद्धि विवेक र समय अनुबोध हुनुपर्छ । त्यो अभिबोध हिजो जसरी भगवान बुद्धले आफै प्राप्त गरे त्यो अब सम्भावना नहोला किनकि मान्छे धेरै भौतिकवादी र भौतिकताको दास भैसकेको छ। भौतिक र आध्यात्मिक प्रगति जब सगै हिंड्न् सक्छ त्याहा शिक्षा र चेतनाको नदी आफै बहन्छ । आदर्श राज्यको अवधारणा शिक्षा र चेतनाको स्तरमा भर पर्छ।

चुनाव आएसी घर दैलो कार्यक्रम हुन्छ।चुनाव आएसी बिकासे नारा घन्किन्छन। फलानो उम्मेदवारकोत उस्को केन्द्रमा राम्रो पहुच छरे भनेर भ्रम र सपना बाडिन्छ।चुनाव आएपछि गरीबका छोराछोरीले जागीर पाउने सपना देख्न थाल्छन।चुनाव आएपछि आगनमै मोटर बाटो ल्याइदिने पक्का पक्की हुन्छ। चुनाव आएपछि सबका घरमा कलधारो जडान हुने निश्चित प्राय हुन्छ।चुनाव आएपछि बेरोजगारी छोरा छोरीलाई बिदेश पठादिने नारा दरो सग घन्किन्छ । चुनाव आएपछि गरीबका छोराछोरी लाई निशुल्क पढ्ने ब्यवस्थापन गरिदिने कुराले ढोका घचघचिन्छन र चुनाव सकिएको भोलिपल्ट ती सबै सपनाहरू नजीक रहेका खोलामा बगाउन पर्ने बाध्यता छ।

शिक्षा त्यो हो जस्ले हामीलाई अनैतिक कर्म गर्न हुन्न भनेर सिकाउछ। शिक्षित त्यो हो जो हामीलाई सुकर्मको बाटो हिंड्न् अभिप्रेरित गर्छ । नेता त्यो हो जस्ले मानवलाई जीवनको प्रगतिशील ढोका खोल्न सिकाउछ। नेता त्यो हो जो आफै शिक्षित नैतिकवान र पुर्ण छ तर हाम्रो नेताहरुलाई शिक्षाको डिग्री लिइरहनु जरुरत छैन।

केवल चुनावमुखी मात्र हुन्छन नेताका चरीत्र । हरेक चुनावी नारात “जो शिक्षित उसलाई नै भोटले गरु दिक्षित” भन्ने हुनुपर्ने हो तर अशिक्षित लाई रोज्नु भन्ने हुकुम भएको छ ,यो माथिकै आदेस हो। पन्चायत कालखण्डमा पनि माथीको आदेश भन्ने शब्दले महत्व राख्थ्यो र अहिलेसम्म पनि त्यो शब्दको गरिमा घटेको छैन। हाम्रो सरकारले जसरी भए पनि समाजमा शिक्षित ब्यक्तिको संख्या बढाउन चाहने हो भने प्रत्येक चुनावमा चाहे त्यो सभासदको होस ,गाउँ या नगरपालिकाको होस शैक्षिक योग्यता पुर्ण रूपमा तोक्नु जरुरी छ। यसो हो भने नेपालमा शिक्षाको महत्त्व आफै बढछ।सभासद हुन र गाउँपालिका नगरपालिकाको मेहेर हुन घटिमा ग्र्याजुएट हुनैपर्ने भनेर नेपालको सम्बिधानमै उल्लेख गरु। अनि हेरु मानिसहरुमा पढ्नै पर्ने बाध्यता हुन्छ। शिक्षित मान्छेको वृद्धि सगै देशको प्रगति अगाडि बढछ।

एउटा शिक्षित ब्यक्ती कुनै पनि बिषयमा विशिष्टता हासिल गर्‍को ब्यक्ति सभासद वा नगरपालिकाको मेयर भयो भने उस्ले प्लानिङ गर्न सक्छ। सबलाइ समेटन सक्छ। उ सग दुरदर्शिता हुन्छ। उस्ले जीवन जगत बुझेको हुन्छ।

अशिक्षित ब्यक्तिको बुझाइ र शिक्षित ब्यक्तिको बुझाइमा तात्विक भिन्नता छ। यस्को मतलब यो होइनकी नपढेको मान्छे बेकुफ हुन्छ तर नेपालमा साक्षरताको संख्या वृद्धि गर्ने हो भने आगामी दिनमा देशको प्रत्येक नागरिकले सार्वजनिक पद धारणा गर्दा कमसेकम ब्याचलर सम्मको शिक्षा हासिल गरेको हुनैपर्छ भनेर कानुनमै उल्लेख गरियो भने यो मुलुकमा नैतिकताको अरुणाेदय हुनेथियो।

लागुपदार्थ खानु मात्रै दुर्बेसनी होइन।समाजमा ब्याप्त अनेकौं दुर्ब्यसनीहरु छन। एउटा दुर्बेसनी अशिक्षित हुनु पनि हो र अशिक्षित लाई सार्वजनिक पद धारणा गर्न अभिप्रेरित गर्नु अर्को महा दुर्बेसनी हो।

हिजोका दिनमा यो देश कसकस्ले कसरी चलाए कुन ढंगले चलाए र कस्ताकस्ता हर्कत गरे त्यो इतिहासमा रह्यो र सबलाइ शिक्षा मिलिरहेको छ तर अबका दिनमा ल्याप्चे मास्टरहरुले यसरी नै ठग ठाग गरेर झारा तिर्ने हिसाबले देश चल्दैन। नेता सर्वगुण सम्पन्नताले सुसज्जित हुनैपर्छ । नेता शिक्षित हुनैपर्छ । सार्वजनिक पद धारण गर्नेले अथाह सम्पती कमाउन थाल्यो भने त्यस्को दुःखद् परिणाम भोग्नको लागि उ तयारीमा रहनुपर्छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सफल रूपमा सप्पन्न भएको छ ।अब मुलुक संघीयतामा गयो र यो नेपाली जनताका लागि एक नयाँ प्रयोग पनि हो । अबका जनप्रतिनिधि हरुलाइ चाहे ती गाउँपालिकाको / नगरपालिकाको वा साम्सद मन्त्री हुन उहाँहरुलाई अधिकार सप्पन्न पदीय दायित्व बहन गर्न सक्ने ब्यक्तिका रूपमा मानिदै छ । उहाहरुमा विशिष्ट खालको चेतना जागृत हुनुपर्छ र त्यो शिक्षा बाट मात्रै सम्भावना छ । उहाँहरु शिक्षित भए मात्रै आफुमा निहित अधिकारको उपयोग गर्न सक्छन र यो मुलुकमा सुशासन स्थापना हुन सक्छ।

शुशासन शिक्षा सग ज्ञान सग चेतना सग भाइचारा सग समानुपातिक सग समन्वय सग सदबुद्दी सग सम्बन्धि छ।

अबको आदर्श शाशन र आदर्श राज्यको परिकल्पना शिक्षा र चेतनाको आलोक सग सम्बन्धित छ।

अब यो सन्सारलाइ ज्ञान विवेकले मात्रै अगाडि बढाउन सकिन्छ नकि युद्ध झगडाले, त्यसकारण नेता जस्ले समाजको नेतृत्व गर्छ उ शिक्षित र दिक्षित हुनैपर्छ नत्र भने प्रगतिको ढोका खोल्नु सम्भावना हुनेछैन।
Attachments area

Leave a Reply

Your email address will not be published. Required fields are marked *