२०७७ फागुन २५ गते | 9th of March 2021

नायक राजेश हमालले दिए ओलीलाई बधाइ, ओलीले भने “देश र जनताले दिएको जिम्मेवारी पूरा गर्नेछु”

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १ गते १३:१८

भक्तपुर, १ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताए ।

बधाई तथा शुभकामना दिन आज ओली निवास बालकोटमा पुग्नुभएका नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग कुरा गर्दै उनले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

ओलीले भने, “जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु, देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।”

अध्यक्ष ओलीले चलचित्र नायकहरुले चलचित्रको अभिनयमा मात्र सीमित नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नायक राजेश हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिए । देशका लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *