२०७८ मंसिर १५ गते | 1st of December 2021

‘बटरफ्लाइ’को शिर्ष गीत सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते ५:४६

काठमान्डौं । अभिनेत्री प्रियंका कार्कीको पीडा र अभिनेता आर्यन अधिकारीको छटपटिलाई फिचरिङ गरिएको चलचित्र ‘बटरफ्लाई’को शिर्ष गीत सार्वजनिक भएको छ ।

पौष २८ गतेबाट रिलिज हुने चलचित्रको यो गीतमा यूवराज चौलागाइको स्वर, विकास चौधरीको संगीत, सुरज लामिछानेको शब्द छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरेश वज्रचार्यले खिचेका हुन् । चलचित्रमा आर्यन र प्रियंकाका अलवा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुन जीसी र मन्दिल श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन छ । पुष्पाञ्जली अधिकारी, रामशरण पाठक, भूपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *