२०७८ वैशाख २६ गते | 9th of May 2021

नेपाली राजनीतिका तिर्थालुहरु र नेपालको न्याय प्रशासन

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २ गते ९:००

लक्ष्मण सिटौला

डार्विनको बिकासवादी सिद्धान्त अनुसार सङ्गर्षमा सफल हुने जीवनलाई मात्रै पृथ्वीमा बाच्न पाउने अधिकार छ । स्वास भएका प्राणी मात्रै होइन प्राणिइत्तर रुख बिरुवामा पनि यो नियम लागू हुन्छ ।

डाइनोसरको भिमकाय शरीर पृथ्वीको परिववर्तित स्वरुप अनुकुल रहन सकेन र यो लोप भयो । कयौ जीव र जीवनका बशजहरु पृथ्वीको परिवर्तित स्वरुपमा अनुघुलन हुन नसकेर बिलय भएर गए । अहिले तिन्का अवशेष मात्रै देख्न सकिन्छ । जीव र जीवनको हरेक कुरामा सङर्ष र सफलता जोडिएको हुन्छ ।

एउटै रुखको हागोमा पलाएको नुतन पातले सगै बाचिरहेको पुरानो पातलाइ बिस्थापित गरिदिन्छ।
पहेलो पात सङ्हर्ष गर्न सक्तैन उ झर्नुको बिकल्प देख्दैन। तर नेपालको राजनीतिमा पहेलीएका पातहरु कहिले नझर्ने भए ।

कर्मचारीहरुको जागीर अवधी र योग्यता निर्धारण गरिएको हुन्छ तर राजनीति किन बाग्मतीमा गएपछि मात्रै अन्त हुन्छ? ।

एउटा सामान्य कार्यलय चलाउने कर्मचारी योग्य छानिन्छ लोकसेवा बाट । तर देश हाक्ने प्रधानमन्त्री मन्त्री र जनप्रतिनिधि निरक्षर कोर्काली काइलो भए पनि हुने !

यही हो सबैभन्दा बिडम्बना र दुखको कुरो । बम्बैको बेश्यालयमा नेपाली चेली बेच्ने ब्यक्ति गाउँपालिकाको अध्यक्षमा चुनिएको न्युज आउन थालेका छन । हाडनाता करणीको मुद्दा खेपिरहेको बखत बहादुरहरु खुलेहाम साम्सद हुन पाइन्छ र अहिले जितेर आइपनी सके र मन्त्रीहुने लाइनमा छन । ज्यान मुद्दा खेपिरहेका
चौधरीहरु चुनाव उठदा सम्म निर्वाचन आयोगले अयोग्य घोषणा गर्न सकेन अहिले चुनाव जितेपछि अयोग्य घोषण गर्छ ।

निर्वाचन आचार सम्हिताको सामान्य शिद्दान्त नै पालना नगरी चुनाव जितेका नेतालाइ अब निर्वाचन आयोगले कसरी कार्वाही गर्छत प्रस्न यहाँनीर अल्झिरहनु भनेको यो मुलुक सधैं अस्थिरतामा अल्झिरहनु हो । पदीय दुरुपयोग आ आफ्नै ठाउमा छन । पदको किनबेच खरिद बिक्रि पुरानै परम्परा हो । तर पदभार ग्रहण गर्न नसक्ने पहेंलो पातहरु पनि हरियो पातलाइ लोप्पा खुवाउन थालेका छन नेपाली राजनीतिका तिर्थालुहरु ।

पद हस्पिटलको बेड सगै सुतेको छ । पद सुइ र सुस्केरा सगै अल्झिएको छ । बोली लर्बरिनु र हातखुट्टा लुलो र काम नलाग्ने हुँदा समेत नेपाली राजनीतिमा लागेका पहेला पातहरु आ आफ्नो पदलाइ हुइलचेयरको साहारामा हिंड्न् बाध्य बनाउछन ।

अहिले शेर बहादुर देउवाले पद छोडेर निस्कन हिच्किचाउनु पनि पहेलो पातकै कथनी हो । नाकमा अक्सिजनको पाइप र मुत्रद्वारमा मलद्वारमा फोहोर पदार्थको ढल निकासको पाइप गासिदा पनि पद नै चाहिएको छ । अहिले नेपालको रास्ट्रपति पद समेतमा यो लालचता र लोभ देखिएको छ । सम्बिधानमै उल्लेख छ रास्ट्रपति पद सिर्फ एक कार्यकालको लागि मात्रै हो भनेर तर यहाँ कहिले नगरिने भोज भत्तेर आयोजना हुन थालेका छन । जनताले तिरेको कर बाट भोजभतेर गरि आफ्नो पद सुरक्षाको लागि राजनीति अस्त्र प्रयोग गर्नु कति सुहाउँदो कुरा हो भोलिको समयले मुल्यांकन गर्ने नै छ ।

बगिरहेको पानीको प्रवाह थुनियो भने पानी नालिमा परिवर्तन हुन्छ त्याह किरा पर्छ गन्हाउन थाल्छ । र त्यस्ले जैविक विविधतामा समेत असर पुर्याउछ । मानिसको बोलिमा अन्कुस लगाइयो भने पनि हालत प्रधानन्यायाधीश र डाक्टर गोबिन्द केसी कै जस्तो हुन्छ । पहिला पहिला पन्चायतकालमा बोली बन्द थियो । शासन ब्यवस्था विरुद्ध र राजपरिवार विरुद्ध बोल्न पाइदैनथ्यो । अहिलेसम्म पनि त्यही परम्परा कायम छ ।

अहिले पनि रास्ट्रपति विरुद्ध प्रधानन्यायाधीश विरुद्ध , न्यायलय विरुद्ध बोल्न पाइदैन । न्यायाधीशले चार चार श्रीमती राख्न पाउने स्वतन्त्रताको विरुद्ध बोल्न नपाइने? न्यायाधीशको राजनैतिक हस्ताक्षेप विरुद्ध बोल्न नपाइने? न्यायाधीशको घुसकान्ड बारे बोल्न नपाइने? न्यायलयको अन्याय बारे बोल्न नपाइने?

नेपालको न्यायलय हिउँको आगो हो । लाखौं मुद्दाहरु यहाँ किनाराकृत हुन सकेका छैनन। पेसि लिदा लिदा न्यायलय धाउदा धाउदा एउटा पुस्ता नै सकिन्छ । यहाँ जितेको कसैले देखिएन । सबले हारेको मात्रै देखिन्छ ।

देशमा परिवर्तन आयो, धेरै मन्त्रालयमा, धेरै सस्थाहरु सुध्रिसके । तर अदालत कहिले सुध्रिनु सकेन। यो केवल उधृयो मात्रै । अदालतको काम कारवाही हिउँको आगो हो । यो कहिले बल्दैन । यस्ले न्यायको ज्वाला बाल्न सकेको छैन । कोहि खुसी छैनन नेपालको न्याय प्रशासन सग । यहाँ कसैले पनि मुद्दा जितेर खुसी मनाएको देखेको छैन मैले आजसम्म किनकि न्यायाधीशको छातीनै चिसो छ । यो भन्दा माओको जनअदालतले हजारौं मुद्दा किनार लगायो त्यो सङ्गर्षको बेला ।

कालोकोट प्रती असम्मान जाग्न थालेको छ ।

सेतो कोटलाइ जति सम्मान गर्छन नेपाली जनताले कालो कोटले त्यो स्थान लिन सकेन कहिले पनि । मेरी फूपू हुहुन्छ लैनचौरमा । उहाँको दुई आनाको जग्गामा बनेको एउटा छाप्रो छ । त्यो छाप्रो सगै एउटा धनी धोबीको घर छ । धन र पावरको बलबुतामा धोबीले फुपुको आधा आना जग्गा मिचेर पर्खाल लगाइदियो जवर्जस्त । जब धोबी सग जग्गा भोगचलनको कुनै सबुत प्रमाण थिएन। यो मुद्दा म लैनचौरको शान्ति बिद्यागृहमा कक्षा दुइमा पढ्न थाले देखिको हो । आज म पचास बर्षको भए तर फूपू अझैसम्म यो मुद्दा खेपिरहनु भएको छ । दिदी जहिले भेटदा पनि भन्नुहुन्छ भोलि पेसि छ ।

फुपाजु बितिसक्नुभो फुपुका ससुरा बितिसक्नु भो तर यो मुद्दा इतिहास बोकेर फुपूका बिधवा आखामा बाचिरहेछ । एउटा पुस्ता अन्त भैसकेको छ तर मुद्दाको अन्त भएन । मेरी फुपुजस्तै लाखौ नेपालका बिधवा फुपुहरु पचास बर्ष यस्ता खाले मुद्दा खेपेर पेसिमा जीवनका आसुहरु बगाइरहेका छन । खोइ कहाँ छ न्याय ? न्यायाधीशहरुका आफन्त हुन सकियन भने न्याय भनेको कुन चराको नाम हो थाहा हुन्न । केवल डिस्टा बिचारी र पियन सग दुखका आसु झारेर फर्किनुहुन्छ मेरी फुपू अदालत बाट हरेक पेसिमा। खोइ कहाँ छ अदालत ? कहाँ छ मुद्दाको किनाराकृत।
वकिल बन्नु भनेको अन्यायमा परेका पीडित जिन्दगीको जीवन उद्दार गर्नु हो तर यहाँ ठिक्क उल्टो हुन्छ । वकिल वा न्यायाधीश हुनु भनेको पीडितको आँसु हेरेर रमाइलो मान्नु हो । जित्नेलाई हराउनु नै बहादुरता हो ।

समय प्रवाह सगै अब नेपालको न्यायप्रशासन बदलिनु पर्छ । सबैभन्दा ठुलो सबुत प्रमाण मनको सत्य हो । बाहिरको सत्यत झुठो पनि हुन सक्छ किनभने सत्य पनि समय सापेक्ष हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *