२०७८ वैशाख २८ गते | 11th of May 2021

कहाली लाग्दो यात्रा……

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १३ गते ११:२५

निर्मल थापा ‘बेहोसी’
ग्वाङ्जौ, चीन।

महत्वाकांक्षा ककतिती बोकेर हिडेँको थिएं, त्यो धमिलो गन्तव्यको यात्रामा । भाँचीएको लक्क्ष्य र भत्कीऐको भाग्य लिऐर कहाँ जिउँदैमरेर पनी वाँचेको रहेछु।विज्याउने थिय ति काँडाहरूको गोरेटोले अनी कहाली लाग्दो त्यो घोप्टे भिर हुदै घनघस्याको उकालोमाति ठेस् लाग्ने ढुङ्गाहरू,झुक्कयाउने खाल्टा,खुल्टीहरू सित कती असङ्ख्य सम्बन्ध गाँस्न पुगेछु । आफ्नो गन्थनहरू गन्गनाउदै थकाईको भारी बिसाउथें, लाग्थ्यो अपरीचित नै रहेछु, आखिर एउटा अघोषीत वटुवा नै भएछु ।

महत्वाकांक्षा सानै थिए, तैपनी सपनाका मनका लड्डुहरूले गिज्ज्याउन थाल्थे कता कता फेरी आकाश माथीका सेता बादललाई मुट्ठीमुट्ठी पारी बढो मेहनतका साथ ईच्छ्याका ठुला ठूला महलका भकारीहरू बनाउन सफल हुन्थ्यँ अनी ऐकछीन् मै हुरी बतासलेउडाएर भत्काई दिन्थे फेरी असफल हुन्थ्यँ र झल्यास्स ब्युझिन्थ्यँ(ऐ म त यहीँ नै रहेछु)। कहिलेकाँही यो मनको फुलबारीमाआफ्ना रंङ्गी बिरङ्गी चाहानाका फुलहरू रोज्दै सज्याँउदै मै फुर्सद हुँदैनथ्यो। चङ्गा जस्तो चुल्बूले मनको ताना क्षणभर मै कहाँबिलाउँते कहाँ…! रात वितेको दिन व्यायको पत्तै हुन्थेन,ति दिनहरू मलाई लखेट्न आउँथे फैसला सुनाउँथे,रातहरू न्याँये दिनआउँथे अनी सुन्य सुनौला अवसरहरूको न्यानो मायाँ पाउँन थाल्थ्यँ।बिहानी किरणको मन्द मुस्कान्,हावाका मिठा चुम्बनकालहर सँगै कोईलीका मधुर आवाजले ब्युँझ्याउथ्ये।फेरी त्यो कोलाहल भिडमा अन्जान मैँ हराउँथे,ऐकान्तले कता कता बोलाएकोआभाष पाउँथे।अतितहरूले कोट्ट्याउनै थाल्थ्ये फेरी चर्याउन थाल्थे आलो घाउहरू….बर्रर..बर्र झरेका आँशुले घाउहरू पखाल्थ्यँअनी बर्बराऐका आवाजका मलमले भुलाउथ्यँ कुहू…कुहू…गर्ने कोईलीहरू सँगै गाउथ्यँ..रमाउथ्यँ। आखिर ऐक्लै रमाउने पागल नैघोषीत् भऐछु।आसाको खेतीहरूमा मेहनत् को पसीना चुहाँउदै सपनाको फसलहरू काट्ने अनगीन्ती ईच्छ्या र चाहनाहरू सडेरपनी कुहीसकेका थिय।सन्तुष्टी नै खुँराक भैदिए पछी आसाहरू नशा मै झुम्न थाल्थे।यो निर्दयी मनमा कहिल्ल्यै ननिभनेप्रतिशोधका ज्वालाहरू झन दन्किदै थिय फेरी यो छलकपट,पापी दुनियाँमा आफैमा खुशी सृजना गर्दै ति अँध्यारा रोगी दिनहरूचाहार्दै उज्यालोको पर्खाई मै थियँ।

ति सिङ्गै रातहरू मेरा साक्षी थिय र ति आउने भोलीका दिनहरू मेरा नयाँ चुनौतीहरू थिय।सुख दिएर दुख लिएर डटी लड्नेऐउटा जिन्दगी युद्ध नै थियो जहाँ नौटंकी गुलीयो मायाको काँडे जालमा भुलेको रणभुमी जस्तो पापी संसारमा म ऐक्लै हराऐकोथियँ। कता कता मनका सृजनाले बुनीएका हौसलाहरू डर र त्रासका तुफानी छालले हुत्त्याई दिन्थे। भित्रै चर्कीएर पाकेर फुटेकाघाउहरूलाई आँसुका मलमले राहत् दिन्थे,ऐकै छिन भऐ पनी सितलता पाएको अनुभूती हुन्थ्यो।फेरी खुशीका भिख माग्ने अनेकवाहनाहरू सँधै असफल नै हुन्थ्य।कतै झिनो आसाका गुलिया गुलाब जामुनले मन फेरी रसाउन थाल्थे,मौरी झैँ सपनाकाफुलहरूमा डुल्न थाल्थ्यँ,पागल झैँ भुल्न थाल्थ्यँ।त्यो झरीले रूझेको,कालो कुईरोले ढाकेका रोगी दिनहरू, ति कहाली लाग्दाभिराला गोरेटाहरू जब कठीन यात्राका पाईलाहरू अघी बढ्दै जान्थ्य त्यती दुखाई बल्झीदै जान्थे अनी भमरा झैँभुन्भूनाउने,पागल झैँ बर्बराउने गीत संङ्गीतले गुन्जीन्थ्यो माहोल,त्यसै त अपाङ्ग थियँ,तेही माथी भाँचीएको बैसाखी नै साहाराथियो। जिवन हार र जितको खेल थियो,पिँडा र व्यथाहरूको शब्द थियो,दुखाई र वेदनाहरूको गीत थियो,हाँसो र आँसुको संङ्गीत्थियो।

भावना बनी बगीरहन्थ्य आँसुहरू शब्द बनी सजीरहन्थ्यँ पानामा। काँडा बनी गडीरहन्थ्य घाउहरू बारूद बनी बिजीरहन्थ्यमनमा।अज्ञात बाटाहरूमा म थाकेको थिईन जब मेरा पुराना अध्याय त्रूटी हुन्थे तब नयाँ अध्यायका कैयौँ शुरूवातहरू जारी नैथिय। भ्रमका खुशीहरूले सताउन थाल्थे कहिले काँही सोझो टुहूरो मन त्यसै फुर्किन्थ्यो।रमाईलो दुनियाँमा ऐक्लो मन हेरेरैभुल्थ्यो।स्तब्ध थियँ,मरी सकेको निर्जीव वस्तु थियँ,ति अविष्मरणीय जती टाढा हुँदै जान्थ्य उती नै गाढा हुन्थ्य,झन् झन्पाकेको पिलो झैँ टन्किथ्यो खोष्टाएका घाउहरू।खोसीयका भाग्यलाई आकाशका तारालाई झैँ चिहाउन थाल्थ्यँ फेरी आफ्नोऔकातलाई नै भुलेछु। खानको लागी बाँचेको थिईन,बाँच्नको लागी खान्थ्यँ।बोल्न आउँदैनथ्यो,बोल्ने मेरो पेशा थिएन, जन्मेदेखी नै ऐउटा अपरिचीत अनुहार पाऐको थिऐ,मनका भावना,सोचाई पनी अपरिचीत नै थिए।मनमा उब्जेका तरङ्गीत्भावनाहरूलाई आफ्ना साङ्गीतीक लयमा मिसाउने कोशीस असफल नै हुन्थ्य किनकी दुनीयाँ देखी अपरीचीत नै थिए मेराभाषा। बिगतका जुन् ति ह्रदय भरी कैदी बनी बसेका दर्दनाक क्षणहरू अंगाल्दै गहभरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *