२०७८ असार २ गते | 16th of June 2021

‘जिउँदो आकास’मा पिँजडा भित्रको परेवा

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २० गते १८:०७

केटा भएर जन्मेको हुन्छ गौरव। उ जब ६-७ वर्षको हुन्छ तब उसलाई केटी जस्तै बन्न मन लाग्छ, आमा दिदीहरुले जस्तै सारी, चोलो लाउन लाग्छ। साथीभाइहरुसँग भाँडाकुट्टी खेल्दा गौरवलार्इ आफु सर होइन मिस बन्न मन लाग्छ।

घरमा कोही नभएको मौका पारेर उसले आफै सिंगरपटारसँगै लुगा लगाएर ऐना हेर्दै मख्ख पर्छ।

उसको हिँडाइ, बोलाइ नचाहेर पनि केटी जस्तो आउने गर्दा उसलाई स्कूलमा पनि जिस्काउने गर्दछन् साथीहरु। अँझ सरहरुले पनि आफुलार्इ राम्रो व्यवहार गरेको पाउँदैन उसले। जब गौरव ठूलो हुँदै जान्छ तब आफुलाई अरु भन्दा फरक रहेछु भन्ने भान हुन्छ।

अरुलाई जस्तै उसलाई पनि प्रेम गर्न मनलाग्छ। र, उ छिमेकी दिपकलार्इ एकतर्फी प्रेम गर्न थाल्छ। दिपकलाई उसले धेरै चिठ्ठी लेख्छ। बिस्तारै उनीहरु एकअर्काको नजिक बन्छन्। उसलाई दिपकले पनि माया गर्छ त्यसबखत उनीहरुले शारिरीक सम्बन्ध पनि राख्न पुग्छन्। त्यति हुँदा पनि उसले समाजले कसरी स्वीकार्ला भन्ने डरले उसँग बिहे गर्न मान्दैन।

र, पछि गौरवको सबैभन्दा मिल्ने साथी रियासँग दिपकको बिहे हुन्छ। त्यसदिन उसका लागि जीवनकै अँध्यारो दिन बन्न पुग्छ। उ आत्महत्या गर्न खोज्छ तर, आमाले रोक्छिन्। उसले जागिरको लागि आर्मीमा भर्ना हुन जान्छ तर, त्यहाँ पनि हेपिँदो प्रवृत्ति पाउँछ र जागिरबाट पनि बञ्चित हुन्छ।

घरपरिवार पनि उसको कारण नै बेजत्ति सहेको प्रतिक्रिया दिन्छन्। एकदिन उसको भेट आफुजस्तै मान्छे सीमासँग भेट हुन्छ। उसले आफ्नो धेरै कुराहरु भन्छ। आफुजस्तै साथीहरुसितको जमघटमा सामेल हुन्छ। एकदिन सीमाले उसलाई क्लब लग्छ। त्यहाँबाट निस्किदा पनि बटुवाको नराम्रो व्यवहारलाई उसलाई निकै दुःखी तुल्याउँछ। जीवनभर हरेक पल उसले यत्ति धेरै कष्ट र दुःख भोग्छ। नाटकको अन्तिममा पिँजडाको परेवा उडाउँछ गौरव अर्थात गरिमा अनि नाटक सिद्धिन्छ।

यो घटना धेरै तेस्रोलिंगीको जीवनसँग मेलखान्छ। यो कथा हो नाटक ‘जिउँदो आकाश’को। तेस्रोलिंगीको जीवन्त कथा यसरी उतारिएको पहिलो पटक हो। नाटक हेर्दा लाग्छ उनीहरु पलपलमा आँसु पिएर बाँचरहेका छन्, हेपाइ सहेर बाँचिरहेका छन्। त्यसैकारण नाटकमा एउटा संवाद छ आखिर किन मलाई अर्को ग्रहको प्राणीको जस्तो व्यवहार गरिन्छ? यसले मनमा कता कता पोल्छ। आखिर मानिस किन एकअर्काको यत्ति चियो गरेर बस्छन्?

अझै पनि समजमा तेश्रोलिंगीहरुलाई स्वीकरोको पाइँदैन। उनीहरु मध्ये एकदम कम मात्र खुलेर आउन सक्छन्। त्यहाँसमम आउन पनि उनीहरुले अनेकौ हण्डर र दुःख खेपेका हुन्छन्। उनीहरुको वास्तविक कथा उजागर गरेको छ यस नाटकले। नेपालमा पहिलो पटक तेस्रो लिंगीको विषयमाथि तयार पारिएको पहिलो नाटक हो यो। उनीहरु यति जटिल सामाजिक संरचनामा जेलिएका छन् कि कमै मात्र त्यसलाई छिचोलेर आउन सक्छन्।

नाटकको लेखन चन्द्रप्रसाद पाण्डेयले गरेका छन् भने निर्देशन आर के मेहता रोशनको रहेको छ। निर्देशक आर के भन्छन्,’यस्तो विषयलाई उठान गर्नु आफैँमा चुनौतीपूर्ण हो, दर्शकलले रुचाएको कारण नै हामीले यो दोश्रोपटक मञ्चन गरेका हौँ।’ यसका मुख्य तथा एकल कालाकार अनिल सुब्बाले एकदम जीवन्त अभिनय गरेका छन्। अनिल भन्छन्,’मैले उनीहरुको पीडा, हाउभाउ, भावभंगीका लागि निकै मिहिनेत गरेको छुँ। लाग्थ्यो मैले २ घण्टाको नाटकमा उनीहरुको जीवन देखाएँ तर उनीहरुलाई हरेक पलपलमा जीवन बाँच्न गाह्रो भइराखेको छ।’

फागुन ११ देखि १९ गते सम्म चलेको नाटक आज सकिएको छ तर, भोलि प्रथम पत्रकार सगरमाथा आरोही समूहको सहयोगार्थका निम्ति सवा ५ मा अन्तिम सो आज देखाइयो। नाटक भारतको नेशनल स्कुल अफ ड्रामा ले आयोजना गरेको आठौँ अन्तराष्ट्रिय ओलम्पिक थियटर फेस्टिभलमा समेत छनोट भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *