२०७८ मंसिर २३ गते | 9th of December 2021

सापकोटा संयोजक रहेको नेबिसंघ अमेरिका विस्तार

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २७ गते २०:०९

अमेरिका ।  नेपाल बिद्यार्थी संघ अमेरिका शाखाका संयोजक प्रभातराज सापकोटाले संगठन बिस्तार गर्नुभएको छ ।

हालै नेबि संघ अमेरिका शाखाको संयोजक मनोनित हुनुभएका सापकोटाले अमेरिकामा बिभिन्न कलेजमा अध्ययनरत नेपाली कांग्रेसमा आस्था राख्ने बिद्यार्थीहरु सम्मीलित २१ सदस्सिय कार्यसमिती बनाउनुभएको हो । समितीको सदस्य सचिवमा राम सिं कोइराला चयन हुनुभएको छ भने कोषाध्यक्षमा मुना भण्डारी चयन हुनुभएको छ ।

समितीको सदस्यहरुमा स ुदिप ढुंगाना, दिक्षा अधिकारी, बिकाश रुवाली, डा. चन्द्र बिक्रम केसी, बिपिन सिंह थापा चयन हुनुभएको संयोजक सापकोटाले बताउनुभयो ।

यस्तै बिनायक स ुबेदी, बिद्यान भुर्तेल, रोमित बस्नेत, बिश्णु शर्मा, अमित अधिकारी, अस्मिता थापा, लीली चौधरी, रिसी आचार्य, पुजा कुंवर क्षेत्री, ओरबिल थापा, कुशल थापा, हरि बिक र केपी भट्ट पनि सदस्यमा चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *