२०७८ मंसिर १५ गते | 1st of December 2021

म स्वर्गीय डाक्टर

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १ गते २०:२१

– स्वस्तिका ढकाल

डाक्टर बन्न उडान भर्न घरबाट निस्कदा
ॠण खोजी ल्याएको पैसा थमाउंदै
खुशीले प्रफुल्ल हुँदै बिदा गरेका
ती आमा बुबाका हातहरु
सायद, यतिबेला काप्दै होलान
मेरो डढेको शरीर छुन खोज्दै
एयरपोर्टमा मलाई देख्न आतुर आंखाहरु
अहिले मेरो अघि चिम्म भएका छन
सायद, आगोको रापमा रापिएको
मेरो शरीर हेर्ने सामर्थ्य जुटेन ती आंखामा
सेतो पोसाकमा सजिएर
अरुको ज्यान बचाउन
सक्षम बनेर फर्कने सोचेथें
तर

आज हारें आफू आफैंसंग
अरुलाई बचाउन सक्षम यो सिपले
काललाइ छल्दै आफुलाइ बचाउन सिकाएन
मलाई माफ गरिदेउ बाबा
तिमीलाई ॠणको भारी बोकाएर
बुढेसकालमा सहाराको आश देखाएर
म कहिल्यै नबिउझने गरि निदाएं
लाग्छ, भगवानलाई
मेरो नामको अघि स्व. थप्नु रैछ
त्यसैले त होला शायद
डा.लेख्ने तिम्रो सपना,
बाबा
मात्र सपनामै सिमित रहे….
सपनामै ….

Image may contain: 13 people, people smiling, text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *