२०७८ मंसिर १९ गते | 5th of December 2021

पहिचानको लडाइँ घातक हुन्छ

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ४ गते १७:००
– लक्ष्मण सिटौला 
पहिचान भनेको ब्यक्ति समाज वा कुनै जात जातीय र बर्ग विशेषले आफू बसेको समाजमा आफ्नो मुल्य स्थापनाको लागि गरिरहेको प्रयत्न  हो । पहिचान प्रगतिशिलता होइन ।
पहिचानको मुद्दा एक्काइसौं सताब्दिको एउटा नराम्रो मुद्दा हो ।पहिचानको मुदा, जात सग ,धर्म सग ,लिङ्ग सग, सम्प्रदाय सग वा कुनै बर्ग विशेष सग संबंधित हुन्छ ।
पहिचानमा अधिकारको मुद्दा  सगै जोडिएको हुन्छ । अफ़्रिकि मुलुकहरूमा श्वेत जातिहरुले काला जातीहरुमाथी लादेको स्वेच्छाचारी शासन ब्यवस्था सगै पहिचानको मुद्दा  उत्पत्ति भएको मानिन्छ । पहिलो र दोस्रो बिश्वयुद्ध पछि मानिसको चेतनाको स्तरमा फरक आयो । मान्छे आफू सार्वकालिक हुनाका लागि आफ्नो परिचय स्थापनको लागि राज्य सत्ता सग माग गरिरहेको मुद्दा हो पहिचानको मुद्दा  ।
 राज्य सत्तामा  कुनै जात जातिले लिङ्गले वा बर्गले आफ्नो पहुच नपुगेको महसुस गर्यो भने पहिचानको मुद्दा उठ्न थाल्छन । नेपालमा विशेष गरेर माओवादी युद्दकालमा पहिचानको मुद्दा उठयो र यस्ले समाधानको बाटो पनि खोज्यो । एउटा उपेक्षित बर्गले आफ्नो उत्थानका लागि गरिरहेको संघर्ष पनि हो पहिचानको मुद्दा । र त्यसैको परिणामस्वरूप शासन सत्तामा समान साझेदारीको अवधारणाले मान्यता पनि पायो । नेपालमा आदिवासी, जनजाति, महिला, सीमान्तकृत  र दुर्गम भूगोलका जनता जो राज्य सत्ताको पहुँच बाट बाहिर छ तिन्लाइ बिकासको मुल धारमा ल्याउने एउटा महत्त्वपूर्ण काम गर्यो नेपालको बर्तमान संविधानले ।
खास गरेर माओवादी द्वन्द्वकाल पछि धेरै सामाजिक मुद्दाहरु पनि उठे । ती मुद्दाहरु दशकौ बर्ष देखि सम्बोधन हुन सकिरहेको थिएनन । सम्बिधान सभाको चुनावी माग सहित युद्धमा होमिएको माओवादी दस्ताबेजले धेरै थातिरहेका सामाजिक आर्थिक भौतिक भौगोलिक नैतिक राजनैतिक मुद्दालाई किनारा लगाउन सफल भएकै हो । कतिपय कुराहरू शान्ति स्थापन सगै सम्बोधन भए । सबैभन्दा ठुलो मुद्दा  नेपालमा रहेको राजसस्थाको अन्त गर्यो यो युद्धलले। अब सम्बोधन हुन बाकिरहेका कतिपय मुद्दाहरू क्रमश टुंगो लाग्ने छ भनेर हामीले आशा राख्नुपर्ने हुन्छ।
शान्ति स्थापना पछि झनै टड्कारो रूपमा बल्दै गएको एउटा सामाजिक बहसको बिषय छ त्यो हो पहिचानको मुद्दा  ।
सीमान्तकृत बर्गलाई बिकास र पहुँचको प्रतिफल दिन पर्छ भन्ने कुराले मान्यता पायो र त्यसै भावना अनुकुल सम्बिधान पनि निर्माण भयो। राज्यको अस्तित्व त्यतिबेला सम्म रहन्छ जतिबेला सम्म यसका तत्वहरु सकृय हुन्छन।जनसंख्या , भुमी सरकार र सम्प्रभुता साथ रहेसम्म देश रहने हो । देश भनेको ढुङ्गा माटाको सिमा मात्रै होइन । राज्यको स्वरुप जन चाहना बमोजिम परिवर्तन हुन्छ र यो कसैले चाहेर पनि रोकिदैन । यो परिवर्तन ब्यक्ति ब्यक्तिको सपनाहरू बाट अभिप्रेरित हुन्छ ।
एक ब्यक्तिको सपना सयौ ब्यक्तिको सपना सग मेल नखान सक्छ। मेल नखानु भनेको द्वन्द सिर्जना हुनु हो । राज्यले ती सपनाहरूलाई ती मनोकान्क्षाहरुलाइ ती रहरहरुलाइ ती भोकहरुलाइ कसरी सम्बोधन गर्नी यस्को समाधानको सफलता यसमै भर पर्छ । हरेक नागरिक आफ्नो प्रगति समुन्नति आफ्नो समृद्धि र सामाजिक पहिचान स्थापनको लागि स्वतन्त्र हुन्छ । र राज्यले उस्लाइ यो सूचना प्रदान गर्नुपनी पर्छ । तर राज्यले एक एकको सपना चाहना र आकान्क्ष्या सम्बोधन गर्न सक्तैन । ब्यक्तिहरुको सामुहिक सपना र स्वस्थ उदेश्यलाई मात्रै राज्यले सम्बोधन गर्न सक्छ ।
जहाँ धेरै भोक गरिबी अशिक्षा असमानता र सत्ता भोगका कुराहरू व्यापक आउछन त्याहा पहिचानको मुद्दा उर्लिन थाल्छ।
एउटा बर्ग उपेक्षित छ थिचोमिचोमा छ बिकास बाट बन्चित छ भने त्याहा पक्कै पनि पहिचान र जातिगत मुद्दा उठ्न थाल्छ ।
पहिचानको मुद्दा सीमान्तकृत बर्गको मुद्दा भोग रोग र अशिक्षाको मुद्दा बर्ग जाती लिङ्गको मुद्दा कहिले पनि नसकिने र समाधान हुन नसक्ने मुद्दा हुन ।
 मान्छे स्वाभाविक रूपमा नविनता चाहन्छ। नविता प्रतिको चासो भनेको मानिसले आफ्नो समृद्धिको बाटो पैलाउने प्रयास पनि हो । मानिस अहमको  प्रतिबिम्ब हो । पहिचानको मुद्दा भनेको मानिस भित्र रहेको अहम् जागृत हुनु हो ।नेपालमा जातीय मुद्दा यहि अहमको प्रतिफल हो । आफ्नो स्व पहिचान स्थापन गर्न चाहन्छ मान्छे । एउटा मान्छे प्राकृतिक रूपमा सकल मान्छे बाच्नु भन्दा पनि उ आफ्नो जात भाषा बर्ग लिङ्ग भूगोलको आधारमा स्थापित हुन खोज्छ । यो किन भैरहेको छ यो सबैभन्दा ठुलो अनुसन्धानको बिषय बन्न सक्छ । राजनीति भन्दा पनि यो बिषय अब सामाजिक अधयनको पाटाे हुन सक्छ।
२१ औ सदाब्दीको मुल मुद्दा हो पहिचान । पहिलो पहिचान मान्छे एउटा सकल मान्छे हो । तर यति भनेर मान्छेलाई नपुग्दोरहेछ ।
मान्छे केवल मान्छे मात्रै होइनरहेछ । मान्छे जातको पछि लागेको छ । मान्छे रगतको पछि लागेको छ । मान्छे आफ्नो वंशको पछि लागेको छ । मान्छे आफ्नो सिङ्गो देशको पछि लागेको छैन उ आफ्नो जिल्लाको आफ्नो किल्लाको आफ्नो खोलाको आफू बसेको समाजको पछि लागेको छ । आफ्नै सजातीय बर्ग भित्र पर्ने मान्छे मात्रै आफ्नो हो भन्ने भेदभावपूर्ण ब्यवहारमा अलमलिएको छ आजको मान्छे र पहिचानको मुद्दा भनेको यहि हो । जसरी जंगली युगमा समेत मानिस कविला कविलामा बिभाजित थियोे  । त्यतिबेला पनि थियो पहिचानको मुद्दा  र अहिलेसम्म पनि पहिचानको मुद्दा जिवित छ ।
लिङ्गिय विभेद क्षेत्रीय विभेद आर्थिक विभेद सामाजिक विभेदको अर्को रुप नै पहिचानको मुद्दा हो । यो मुद्दा यति घातक हुन्छ कि यस्ले कुनै पनि देसलाइ कुनै पनि बेला रुवान्डा बनाउन सक्छ । बिसौ बर्ष तमिलहरुले लडाइँ गरे तर अन्तत हजारौं मानिसको बिनास सगै युद्ध अन्त भो । बुरुन्डि होस कि सिरिया होस ती सबै देशमा भएका युद्धहरु पहिचानकै मुद्दाहरु सम्बोधन हुन नसकेरै हो ।सिया र सुन्नीहरुको मुद्दा यहि पहिचान स्थापनाकै मुद्दा हो । कुर्दिस हुन वा सिहाली सन्सारका सबै मुद्दा र युद्धहरु भोकले वा गरिबीले निम्त्याएको होइन ती प्रायः सबै युद्धहरु पहिचान स्थापनको युद्द थिए । मानिसमा जब जब आसुरी शक्ति हावी हुन्छ उस्ले म त मानिस पो हुत पहिला भन्ने कुरा बिर्सन्छ ।
नेपालमा कतिपय जातीय मुद्दाहरु छन । यहाँ त्यस्ता बर्ग पनि छन जस्ले आफुलाइ नेपालको आदिवासी भनेर बारम्बार राज्य सग निहु खोजिरहेको अवस्थ अवस्था छ ।एकै मानवजातिमा पनि कोहि आदिवासी र कोहि नयाँवासी हुन्छत ? अलिकति बुझ्नुपर्ने कुरा यो हो । म यो देसको आदिवासी हु भनेर पहिचानको मुद्दा  ल्याएर राज्य सत्तामा आफ्नो रजाइ स्थापन गर्न खोज्नु अहिलेको युगमा सुहाउँदैन । अहिलेको युग न जातको हो न बर्गको हो न लिङ्गको हो न कुनै निश्चित बर्गको हो । अहिले युगको समानताको युग हो । समानुपातिकको युग हो बराबरीको युग हो ।
पहिचानको मुद्दा भनेको आदिमकालिन बर्बर युगको चिन्तन हो ।
जब सम्बिधानमै स्पष्ट छ सबै जाति बर्ग भूगोल लिङ्गका आधारमा हुने भेदभावको अन्त भएको कुरा । देशको मुल कानुनमा नै स्पष्ट लेखिएको छ । अब सबैले पहिचानको मुद्दा छोडेर एकै देश एकै भेष एकै जात ( नेपाली ) को पहिचान स्थापित गर्नुपर्छ त्यो नै नेपाली र नेपाललाई चिरकालसम्म सार्वभौम सप्पन्न बनाउन सकिन्छ । यहि साझा भावना नै सबै नेपालीको लागि अमृत हुनेछ । जातभात भूगोल र लिङ्गको पहिचानको लडाइँ लडिरहने हो भने नेपाल नेपाल रहने छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *