२०७८ साउन १३ गते | 28th of July 2021

एनआरएन अमेरिकाको साधारण सभा तथा बिज्ञ सम्मेलनमा सहभागीताको लागी कन्भेनर थापाको अनुरोध

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ३१ गते १२:०२

एनआरएन अमेरिकाको साधारण सभामा सबैलाई सकृय सहभागिताको लागि एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा कार्यक्रम तयारी समिती संयोजक उमा कार्की थापाले यसै माध्यमबाट आग्रह गरेकी छिन् ।

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको ८ औ बार्षिक साधारण सभा आउंदो जुन १६ र १७ तारिख हुने भएकोले थापाले एनआरएन अभियानमा लाग्ने सबैलाई निमन्त्रणा दिएकी छिन् ।

उक्त साधारण सभा कै मौकामा क्षेत्रीय बिज्ञ सम्मेलन पनि हुने भएकोले अझ हामी गम्भीर तथा संवेदनशिल छौ थापाले भनिन। उनले अगाडी भनिन आयोजक समिति अहोरात्र खटिई रहको र स्वयम् सेवक रुपमा काम गर्नु पर्ने भएकोले कार्यक्रममा कुनै त्रुटी, कुनै कमजोरी नरहोस् भन्ने हाम्रो सोचाई रहेको बताइन ।

बिश्व बाट नै अतिथिहरु समेतको सहभागिता हुने भएकोले बिभिन्न समिती तथा उपसमितीहरु निर्माण गरिएको बताउदै हाम्रो उद्देश्य ‘ नेपाली समुदायहरुलाई एकता र उन्नति को लागि जोड्नु ‘  रहेको बताइन । समिति सदस्यहरु तीव्र रुपमा तयारीको लागि काम गरि रहेको जानकारी दिएकी छिन् ।

उक्त भेला एनआरएन अमेरिका क्यालिफोर्निया शाखाको आतिथ्यतामा हुन लागेको हो । थापाले बृहत भेलामा आफु, आफ्ना परिवार तथा साथीभाई लाई समेत साथमा लिएर आउन आग्रह गरेकी छिन् ।

Image may contain: textImage may contain: textNo automatic alt text available.No automatic alt text available.No automatic alt text available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *