२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

लस एन्जलसमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलसंगको अन्तर्कृया सम्पन्न

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते १८:४९

लस एन्जलस,  अमेरिका, २३ जुलाई ।  एनआरएन अमेरिकाको अगस्ट ११ र १२ तारिखमा हुने चुनावको प्रचारप्रसारका लागि वर्तमान अध्यक्ष तथा आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका डा.केशव पौडेलले लस एन्जलसबासिका साथ एक अन्तरक्रिया कार्यक्रम गरेका छन् । 

हिजो सान फ्रान्सिस्कोमा अन्तरक्रिया कार्यक्रम सकेर डा. पौडेल आज यस तर्फ आएका थिए । पौडेलले विधान अनुसार कसैलाई चुनावी प्रतिस्पर्धामा आउनबाट रोक्न नहुने बताउँदै निर्वाचन समितिलाई समेत सबै उम्मेदवारको उम्मेद्वारीलाइ सकारात्माक सोचका साथ हेरिदिन अनुरोध गरेको र सबैलाई प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्न समेत अनुरोध गरे । अधुरा कामलाई पूर्णता दिनको लागि आफ्नो उम्मेदवारी रहेको हुँदा सबैले सहयोग गरी काम गर्ने मौका प्रदान गर्नको लागि अनुरोध गरे । 

निर्वाचन समितिले डा. केशव पौडेल, कृष्ण पोख्रेल, रबिना थापा र राम सी पोखरेलको नाम गौरी जोशीको बाहेक प्रकाशन गरे पश्चात् अमेरिकामा जोशीको उम्मेदवारी रहने वा नरहने अन्योलता अझै रहेको छ । समारोहमा अन्य उपस्थित उम्मेदवारहरुले पनि छोटो परिचय दिँदै आ-आफ्नो एजेन्डाहरुको बारेमा प्रकाश पार्दै काम गर्ने अवसर प्रदान गर्नको लागि अनुरोध गरेका थिए । 

टिका चौधरीको सभापतित्व, सह-सचिव संगीता लम्साल सिवाकोटीको स्वागत मन्तव्य र कार्यक्रमको बारेमा हेमराज भट्टले प्रकाश पारेका थिए । सो कार्यक्रममा नेपाल सरकारको अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल, पर्यटन दुत रामेश्वर भण्डारी, आइसीसी सदस्य दिल श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख गोकुल ढकाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कोषाध्यक्ष शान्तिराम ढकाल, आइसीसी सदस्य पदका उम्मेदवार बलराम थापा, बरिस्ट उपाध्यक्ष पदका उम्मेदवार सुनिल शाहा, उपाध्यक्ष पदको उम्मेदवार राधा पौडेल, सर्बेज्ञ वाग्ले, राम कुमार सुबेदी, महासचिव पदका उम्मेदवार बि.आर.लामा, लस एन्जलसबाट उम्मेदवारी दिएका एनसीसी महिला सम्योजक पदमा उम्मेदवारी दिएकी इन्दिरा त्रिफाठी, सचिव पदका उम्मेदवार टेक लामा, एनसीसी सदस्य पदका उम्मेदवार कर्ण चन्द, गोपेंद्र भट्टराई, पशुपति पाण्डे र बास विश्व, क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदका उम्मेदवार रामबाबु पाण्डे र सुरेन्द्र मल्ल, क्यालिफोर्निया च्याप्टर सचिव पदको उम्मेदवार रोशन अधिकारी, प्रवासी मञ्च क्यालिफोर्निया राज्य समिति अध्यक्ष विजय कटुवाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यालिफोर्निया च्याप्टर अध्यक्ष डन कार्की, अमेरिका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राम लामा, एनडब्लुजी एनको अमृता गैरे, तामांग सोसाइटी लस एन्जलस च्याप्टरका अध्यक्ष टेक लामा लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

अध्यक्ष पदमा एक कार्यकाल राख्न मिल्दैन भनी हटाइएको वर्तमान विधानमा भने सोही प्रावधान आइसीसी सदस्यको उम्मेदवार हुने मापदण्डमा चलाखीपूर्ण रूपमा राखिएको छ । यदि कुनै प्रकारको बन्देज अध्यक्ष पदमा राख्न नमिली सबैले उठ्न पाउने हो भने आइसीसी सदस्यमा समेत सोही प्रावधान हुनुपर्ने मतदाताहरु बताइरहेका थिए । 

नेपाली कांग्रेसकी नेत्री टीका चौधरीको संयोजन, कांग्रेस महासमिती सदस्य हेमराज भट्ट, सामाजिक अभियान्ता शारदा श्रेष्ठको सहयोगमा आयोजित कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरका महासचिव गंगाबहादुर बस्नेतले गर्नुभएको थियो ।

Source :BrtNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']