२०७८ मंसिर २१ गते | 7th of December 2021

पहिरोले नारायणगढ – मुग्लिन सडक अवरुद्ध

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ११ गते ३:३७

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो ।

सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *