२०७८ मंसिर १८ गते | 4th of December 2021

पीडित नागरिक र मौन प्रशासन

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १ गते ३:२५

लक्ष्मण सिटौला

अहिले बर्षा महिनामा काठमाडौ यति दुर्गन्धित नरक भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।
सरकारले सडकको फोहोर ब्यवस्थापन गर्न सकेको छैन , ढल ब्यवस्थापन गर्न सकेको छैन , सडकको भ्वाङ्ग टाल्न सकेको छैन,
बौद्ध जोरपाटी सडक खण्डको कन्त बिजोक भएको तीन बर्ष भयो जस्ताको तस्तै छ , उपत्यकाको करिब ७० प्रतिशत सडक बेकम्मा छन । अहिले घर घर बाट फोहर उठ्न सकेका छैनन । मेलम्ची सुस्ताएको छ केवल मेलम्चीको पानीका निउमा सडक अस्तब्यस्त छन ।

अहिले कसैका धारामा पानी आउदैनन । ट्राफिक जामले नागरिक समाज अधैर्य भैरहेको छ । सार्वजनिक मुत्रालय छैनन मन्त्रालय र मन्त्रीहरूलाई रिबन काट्न र उधघाटन गर्न भ्याइ नभ्याइ छ । असारे बिकास असार ३२ गते गरेको पिच साउन १ गते भत्किसक्छ ।

अहिले उपत्यकाको सडक कहाँनेर चै सद्दे छ भनेर खोज्यो भने तिनकुने कोटेश्वर देखि कलन्की सम्म मात्रै हो । यहाँ पनि जेब्रा क्रसिङ, सडक सन्केत बत्ती, लाइन डिभाइडर, पैदलयात्रीको लागि पेटी , आकाशे पुल नभएकोले दिन दिनै दुर्घटना भैरहेको छ । दैनिक टिपरले किचेर मारिरहेछ मान्छे तर सरकार मौन छ ।
प्रशासन मौन छ ।

धारामा पानी आउदैन , सडकमा कि हिलो कि धुलो र खाल्डा छन फ़ोहोर फाल्न नसकेर हरेक नागरिकले घर घरमा थुपारेका छन । के यहि हो महानगरपालिका ? के यस्तै नै हुन्छ स्वरुप महानगरपालिकाको ? जनसंख्याको भार थपिएर मात्रै महानगरपालिका हुने मापदण्ड पूरा हुने होर ? उपत्यकाको यो कन्तबिजोक अब छिटोभन्दा छिटो समाधान गर्ने हो भने —

१) जनसंख्या नियन्त्रण

२) बाहिरी जिल्ला बाट उपत्यकामा बसाई सराइ रोक्ने

३) सबैभन्दा धेरै निर्माण भएको होटेल र नर्सिङ्ग होम यस्लाइ
बिल्कुलै नियन्त्रण गर्ने किनकि जति धेरै होटेल र नर्सिङहोम
निर्माण हुन्छन त्यस्ले जनघनत्व निम्त्याउछ ।

४) उद्योग कलकारखाना बाहिर स्थान्तरण गर्ने

५) उपत्यका मान्छे राख्ने डम्पिङ साइड भयो यस्लाइ पचास
प्रतिशत खाली गर्नुपर्छ यदि यस्लाइ आदिकवि भानुभक्तले
देखेको पहिलेको अमरावती कान्तिपुरी नगरी बनाउने हो भने

६) हाम्रा हरेक नागरिकको एउटा सपना हुन्छ त्यो काठमाडौंमा
दुई चार आना जग्गा किन्ने र एउटा घर बनाउने यस्तो सपना
सबले किन देखे भन्दा तिनीहरू जहाँ बसेका हुन्छ्न त्यो
स्थानमा बिकास र समृद्धिले चिहाएन ।

७) त्यहा अभाव छ हिजो देखि आजसम्म त्यही अभाव छ ।
त्याहा रोग लाग्यो भने अस्पताल छैन, त्याहा सडक छैन त्यहा
स्कुल छैन । काठमाडौं पुगियो भने कमसे कम अकाल त मरिन्न
भन्ने सोचाइ छ सारा नेपालीको । यो सोचाइ मेट्न अब
काठमाडौ प्रतिको सोचमा फरक आउनु पर्छ । डाक्टर गोबिन्द
केसीले उपत्यकामा अब दस बर्ष नयाँ अस्पताल निर्माणमा र
सम्बन्धनमा रोक लगाउनुपर्छ भनेको शय प्रतिशत ठिक हो ।
उपत्यकाको ब्यथितीले नै यो कुराको प्रमाणित गर्छ ।

८) केही महिना अघि एकजना ९५ बर्षका गाउँले बृद्द बा रुखको
घास झार्ने क्रमा चिप्लिएर लडे । उनको घोडामा चोट लाग्यो
हिंड्न् असजिलो भयो भने । गाउँमा हाडजोर्नीको अस्पताल
छैन । एउटा सामान्य सामुदायिक अस्पताल थियो त्याहा पनि
डाक्टर कोहि बस्न नमान्ने । उनी काठमाडौ आए उपचार गराउन
र एउटा निजि अस्पतालमा गए हिडेर । हाडजोर्नी बिज्ञलाई
भेट्न् बल्लतल्ल पाचौं दिनपछि पालो आएछ । बिज्ञ भेट्नु पुर्व
त्यो निजि अस्पतालले ती ९५ बर्षका बा को दिसापिसाब रगत
मुटु कलेजो फोक्सो आँखा छाती सुगर युरिक एसिड
हेमोग्लोबिन टाउको सब जाच्न पर्छ भनेछन र केही रोग
देखेनछन । अनि अन्तिममा एच आइ भि टेस्ट गर्नुपर्छ भन्दा
सम्म हाडजोर्नीको डाक्टर सग भेटनै गराएका छैनन । जाच्नु
पर्ने घुडामा , चोट लागेको घुडामा , दुखेको घुडामा तर जाँच
हुन्छ एच आइ भि टेस्टको त्यो पनि ९५ बर्षका गाउँका देवता
समानका समृद्ध नेपालको सपना देख्ने एक महान कृषकको।
अनि तपाईं भन्नुहोस अब काठमाडौंमा कतिवटा मेडिकल
कलेज खोल्ने कतिवटा नर्सिङहोम खोल्ने ? किन खोल्ने के
कारण खोल्ने ? घुडाको उपचार गर्न आएका एक कृषक
लाई एच आइ भि टेस्ट गर्नुपर्छ भनेर उसलाई ऋणको भारी
बोकाउन प्रशिक्षण दिने मेडिकल कलेज किन थोपर्ने
काठमाडौंमा मात्रै ?

९) सरकारले नेपाल भनेको काठमाडौ मात्रै हो भन्ने भ्रम पालेर
बाचेको छ । त्यो भ्रम संघीयताले पनि हटाउने सुरसार देखिन्न।

१०) माथिको ९५ बर्षका बृद्द बा को उदाहरण एउटा सामान्य
उदाहरण मात्रै हो । हातको औंलाको टुप्पोमा खटिरा आयो
भने खुट्टाको औंला चिर्ने नर्सिङहोम छन काठमाडौंमा ।

११) काठमाडौं केवल महारोगी,महाजाली र पापी बस्ने स्थानको
रूपमा चिनिदै छ । यस्तो किन भयो भन्दा यहाँ मल्ल काल
देखि नै सबलाइ जे जे पनि गर्न पाइने छुट दिइयो । कानुन
मिच्ने देश द्रोही देखि ,मानव दलाल अनि योनि बेच्ने देखि
तस्करीहरु सम्मलाइ यस्ले छातीमा लुकायो । अपराधीलाई
चार पाटे मुडेर थानकोट कटाउने परम्पराको अन्त भए सगै
कान्तिपुरको कन्तबिजोग सुरु भएको हो ।

१२) नाङ्ले पसल चलाएर पनि काठमाडौंमा नै बस्ने हो भन्छ्न
किन यसो भनिएको होला बुझिनसक्नु छ । के दिन्छ
काठमाडौले? के पाउछौ यहाँ ? के सुबिधा दिएको छ तिम्लाइ
यो महानगरले ? प्रश्न यति मात्रै होइन । गाउँमा
हाडनाता करणी गरेर यहाँ लुक्न आउछन अनि तिनै मान्छे
हिन्दु धर्म परिवर्तन गरेर इशाइ धर्मको शरणार्थी बन्छन ।
यो महानगर तिनै र त्यस्तै मनुवाहरुको स्वप्न भुमी हो अनि
दिन दिनै बड्छ फर्सीको मुन्टाको भाउ अनि अग्लिन्छ मुल्य
कुहिएको आलुप्याजको ।

१३) किरा परेको सडेको गलेको सिनु पनि हान्थाप हुन्छ यहाँ ।
यहाँ बगरेले बाख्री काट्नु अगाडि प्रसस्त चुना पानी खुवाउछ ।
यहाँ जानाजान देखादेख हाकाहाकी लाजै नमानी धान पेल्ने
मिलमा बगर बाट ल्याएको ढुङ्गा मिसाइन्छ । तीस किलोको
बोरामा एक किलो ससाना ढुङ्गा । कता बिलाउछ पत्तो हुन्न ।
एक किलो चामलको ११५ । सिधै फाइदा ढुङ्गाको पनि मुल्य ।
गाली खान्छ बिचरो त्यो सोझो कृषकले ।

१४) घाउनै घाउ जिउभरी प्वाल् परेको बुढि भैंसी थानकोट नाका
बाट भित्रिन्छन । त्यही बन्छ कवाफ पार्टी भोजमा । क्वारेन्टाइन
भनेको के हो कसैलाई थाहा छैन । सबै सेटिङमा चलिरहेको छ
यो देश ।

१५) भारतमा एकलाख भारुमा पाइने न्यानोकार यहाँ चौध लाख
पर्छ कति प्रतिशत भन्सार महसुल पर्यो तपाई आफै अनुमान
लगाउनुस । राजस्व उठाउने निहुमा नागरिकलाई यसरी ठग्नु
कति जायज कति नाजायज आफै अनुमान लागाउनुस ।
सवारी कर एउटा गाडीले बर्षको सामान्यमा पनि २५ हजार
तिरिरहेको हुन्छ । कर तिरेपछि कमसे कम गुडाउने सडक त
सरकारले बनाउन पर्यो नि तर हेरु सडक कस्तो छ उपत्यकाको।

१६) पाँच हजार तिरेर बनाउछ एक नेपाली नागरिकले पासपोर्ट
तर केवल पाँच पन्ना मात्रै हुन्छ । धेरै पन्ना राख्यो भने फेरि
अर्को पासपोर्ट बनाउन उ छिटो आउदैन । एक पेजको एक
हजार असुल्ने किन ठग्ने नागरिकलाई । दस चोटि
आउन जान पनि पुग्दैन पासपोर्ट । किन यस्तो दुख दिएको?
दस बर्षको म्यादी दिएपछि कमसेकम पाँच बर्षलाइत पासपोर्ट
बनाउन नपरोसनी ! पाना थप्न किन यति धेरै लोभ गरेको ?

१७) यो देश रेमिटान्सले चलेको छ । तर रेमिटेन्स भित्र्याउने निहुमा किन कृषकलाइ हेलाँ गरेको ?। ब्यापार घाटा हुनुको मुख्य कारण कृषिलाई आधुनिकरणमा लान नसक्नु हो। देश कृषिप्रधान भन्नेअनि चामल चै बर्सेनि अरबौको आयात गर्ने । स्वस्थ र शिक्षा लाई होइन अब देशको आधा बजेट कृषिमा लगाउनुपर्छ ।

१८) सबै ठिक छ सरकार कोही नेपाली दुखी छैनन सबलेदुधभात
खाएका छन । कोही पनि असन्तोस छैनन भनेर खबर पुग्थ्यो
राजदरबारमा पहिला पहिला । र यो देश कति असन्तोषमा
बाचिरहेको रहेछ अहिले थाहा हुँदै गयो । मान्छेलाई बोल्न
दिनुपर्छ बोल्न दिएपो सत्य कुरा बाहिर आउँछ । जस जति
आफू लिने अपजस अरुलाइ थोपर्ने परम्परा बाट आजसम्म पनि
कोहि अछुतो हुन सकेनौ हामी किन?

१९) होटेल सबै काठमाडौंमै बन्नु पर्ने , अस्पताल सबै काठमाडौंमै
बन्नुपर्छ भन्ने ,सुबिधा यहि छ भनेर जनतालाई लोभ्याउने कला
किन छोडन नसकेको हामीले ? अनि गाउँ गाउँ बाट सुबिधा
भोग्न ओइरो लाग्छ यहाँ । अनि यहाँको अस्मिता नलुटिए के
जुम्लाको लुटिन्छत ?

२०) यहाँ जन्मदर्ताको एकहजार कर लाग्छ यहाँ मृत्युदर्ताको पनि
कर लाग्छ । हे सरकार मर्न त मानिसलाइ शान्त सग देउ!
कमसे कम पैसाको अभावमा एउटा नेपाली भ्रुणलाइ आमाको
पेटमै तुहाउन पर्ने वातावरणको त अन्त गर ! भैगो माग्दैनन
अरु सपना तिमीहरू बाट कमसेकम प्रक्रुतिले सित्तैमा दिएको
प्राणवायुमा त कर नलगाइदेओ बिन्ती ।

२१) तथ्यांकले बोल्छ बिदेशमा अध्यन गरेर आएका ८८ प्रतिशत
डाक्टर नेपाली परिक्षा बोर्डमा फेल । हाम्रा अभिवावकहरु
किन आफ्ना छोराछोरी लाई डाक्टर नै बनाउन मरिहत्ते
हाल्छन ? समाजमा एउटा वकिल एउटा एकाउन्टेन्ट एउटा
इन्जिनियर एउटा कृषि बैज्ञानिक अथवा एउटा सामान्य
कृषकको छोराछोरी पनि त त्यतिकै इज्जतका साथ बाचिरहेका
छन नि होइन ? के डाक्टर भएपछि अजम्मरी नै हुने हो र ?
उसो त महान डाक्टर उपेन्द्र देवकोटा कहिले पनि मर्न नपर्ने
हो नि होइन र ? तर उनी गएत पृथ्वी बाट । हरेक मृत्युले
हामीलाई गतिलो शिक्षा दिइरहेको हुन्छ तर हामी मनभित्र
अ्मरताको घमण्ड बोकेर बाचिरहेछौ र मरिरहेछौ फुस फुसि
जसरी मर्छन कमिलाहरु मुतको पैर्होमा पनि ।

२२) सरकारी स्कुलको छतमा छानो छैन । राम्रा शिक्षक पनि छैन
कुनै भौतिक सुबिधा पनि छैन । अनि छोराछोरी पढाउन मात्रै
भए पनि सुदुर गाउँबाट काठमाडौं बसाइँ सर्छन अभिवावकहरु।
एउटा सन्तान पढाउने निहुमा अर्को पाँच जनाको परिवार बसाइँ
सर्छ उपत्यकामा । यो लहर रोकिएको छैन । संघीयताले पनि
यो लहर रोकिनेवाला छैन । यो लहर रोकिन गाउँ बन्नुपर्छ पहिला
पहिला हस्पिटल र मेडिकल सेन्टरहरु दुर गाउँमा उभ्याउनु पर्छ।

मान्छेलाई मृत्युुबाट भयमुक्त पार्नुपर्छ ।सबै हस्पिटल काठमाडौं
उपत्यकामा उभिने अनि गाउँमा घुम ओढ्ने सामान्य किसान
मात्रै बस्ने भनेर हुन्छ ? पुर्व हाङ्गपाङ्ग देखि सुदुर पश्चिम्
कंचनपुरको देखतभुली सम्म बिकासको प्रतिफल समानुपातिक
ढंगले बितरण हुनुपर्छ अनि मात्रै काठमाडौ ताक्तैनन र फर्केर
पनि आउनु नपरोस भन्छन जनताले किनकि काठमाडौंले
धेरैलाई लुटेको छ , धेरैलाई बलात्कार गरेको छ , धेरैलाई स्वाहा
पारेको छ । काठमाडौ मृत्युको कुवा हो । यहाँ डुब्न् आउनेहरू
कोहि पनि सद्दे फर्किएका छैनन । निजि बोर्डिङले
अभिवावकहरुको कसरी रगत पीप आँसु र मासु लुछिरहेको छ
सरकारले कहिले पनि निजि बोर्डिङलाई आफ्नो नियमन र
नियन्त्रणमा लिन सकेन । एउटा सामान्य बोर्डिङले पनि बर्षमा
दस करोड कमाउछ । त्यो सिङ्गो नाफा हो । स्कुल पढाउने
ती अबोध शिक्षक शिक्षिका कसरी मजदुर जस्तो भएर काम
गरिरहेका छन त्यस्को नियमन गर्ने निकाय को हो ?

२३) किन अख्तियारले निजि बोर्डिङहरुमा छापा हान्दैन ? खोइ
बिप्लव माओवादीका कार्यकर्ता ? सरकारले त सुनेन सुनेन
अभिवावकका गुनासाहरु तपाईहरु त लागि परेको सुनेको थिए
खोइ कहाँ गए ती योजना कि मनग्गे पाइयो चन्दा स्कुलबाट ?

laxmanrajsitaula@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *