२०७८ मंसिर १३ गते | 29th of November 2021

नेपाली जनसंपर्क समिती, अमेरिकाले दुतावासमा ज्ञापन पत्र बुझायो

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते १८:४८

अमेरिका – प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका विरुद्ध सुरु गरेको सडक आन्दोलनका प्रति ऐक्यवद्धता जनाउंदै अमेरिकाबाट पनि सरकारका गलत हर्कतका विरुद्ध विरोध सुरु भएको छ । कांग्रेसको अमेरिकास्थित भात्री संगठन नेपाली जनसम्पर्क समितिले राजदूतावास र कन्सुलेट अफिसमा ज्ञापन पत्र बुझाएर सरकारको विरोध गर्ने भएको छ । समितिका सभापति एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले पार्टीको निर्देशन अनुरुप नै भोली बुधवार दिउँसो एक बजे वासिंगटन डिसीस्थित नेपाली राजदूतावास र न्यूयोर्कस्थित महावाणिज्यदूतावासको कार्यालयमा यस्तो ज्ञापन पत्र बुझाएको छ । Image may contain: 2 people, including Anand Bist, people smiling, people standing

यसैगरी विष्टले विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुलाई पनि अपील गर्दै सम्बन्धित देशमा रहेका नेपालको राजदूतावास वा कन्सुलेट अफिस मार्फत यस्तो विरोधको ज्ञापन पत्र बुझाउन अनुरोध समेत गरेका छन् । Image may contain: 6 people, including Anand Bist and Krisu Chhetri, people smiling, people standing
कांग्रेसले मंगलवार देशव्यापी रुपमा प्रदर्शन गर्दै सरकारको विरोध गरेको छ । त्यसैको निरन्तरताका लागि ज्ञापन पत्र मार्फत समितिले विरोध जनाएको हो । 

समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको अपिल :

आदरणीय लोकतन्त्रप्रेमी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
जय नेपाल
नेपाली कांग्रेसले वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी,दमनकारी एवं जनविरोधी क्रियाकलापको विरुद्धमा आज देशभर प्रदर्शन गरेको छ । कम्युनिष्ट सरकार गठन भए यता भएको पटकपटकको मूल्यवृद्धि,प्रेस एवं न्यायालय विरुद्धको सुनियोजित प्रहारलगायतका लोकतान्त्रिक मूल्य,मान्यताको खिलाप सरकारले गरिररहेका यस्ता हर्कतका विरुद्ध कांग्रेसले आज देशभर खबरदारी गर्दै विरोध गर्नुपरेको जगजाहेर छ । स्वतन्त्र न्यायालयमाथि नियोजित हस्तक्षेप गर्ने,प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिमाथि पनि हस्तक्षेप गर्ने निहीत उद्देश्यले कम्युनिष्ट सरकारले गरेका कतिपय कार्यहरुले अधिनायकवादी शासन व्यवस्थाको पूर्वाभ्यासको संकेत गरेको छ । अधिनायकवाद यस्तै गतिविधिहरुका कारण आउने हो ।
सरकार कानुनी शासन विरुद्ध नियोजित रुपमा उत्रिएको छ । दुई तिहाईको दम्भ देखाएर सरकार असहिष्णु बन्दै गएको छ । संवैधानिक व्यवस्थालाई समेत ठाडो चुनौती दिदैं सरकार यसरी दम्भ प्रदर्शन गर्दैछ । विगतमा हाम्रो पार्टीका आदरणीय सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएको विधिसम्मत नियुक्तिहरुलाई गैरकानुनी रुपमा खारेज गर्ने, संसदमा सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लंघन गर्ने लगायतका कार्य गरेर सरकारले आफुलाई लोकतन्त्रको मान्यता विरुद्ध उभ्याएको छ । Image may contain: 3 people, including Anand Bist and Krisu Chhetri, people smiling, people standing

यिनै गतिविधिका विरुद्ध हाम्रो विरोध प्रदर्शन हो । यसै सन्दर्भमा कांग्रेसको निर्देशन अनुसार, अमेरिकास्थित भात्री संगठन यस नेपाली जनसम्पर्क समिति,अमेरिकाले पनि सरकारको दम्भ,हठ र संवैधानिक मूल्य,मान्यता र विधिको शासन विरुद्धका सबैखाले हर्कत अनि अधिनायकवादी कार्यशैलीको विरोध स्वरुप वासिंगटन डिसी र न्यूयोर्कमा रहेको दूतावास र कन्सुलेट कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । म यसै अपील मार्फत डिसी र न्यूयोर्क क्षेत्रमा रहनु भएका समितिका सबै केन्द्रीय पदाधिकारी,सदस्य,च्याप्टर नेतृत्व र सदस्य साथीहरुलाई भोली बुधवार दिनको १:०० बजे वासिंगटन डिसीस्थित नेपाली राजदूतावास र न्यूयोर्कस्थित महावाणिज्य दूतावासको कार्यालमा उपस्थित भै दिनु हुन अनुरोध गर्दछु । आउनुहोस् हामी सबै मिली कम्युनिष्ट सर्वसत्तावादको विरुद्ध खबरदारी गरौँ ।

साथै म यसै अपील मार्फत विश्वभरका जनसम्पर्क समितिका सभापति मित्रहरुलाई पनि आ आफ्नो देशको दूतावास वा कन्सुलेट कार्यालयमा गई कम्युनिष्ट सरकारको लोकतन्त्र विरोधी गतिविधिको विरोध स्वरुप ज्ञापन पत्र पेश गर्नु हुन र लोकतन्त्रका स्थापित मूल्य,मान्यता र संवैधानिक अधिकारको रक्षाका लागि खबरदारी गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।

जय नेपाल !

आनन्द विष्ट
सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका
एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *