२०७८ जेठ २ गते | 16th of May 2021

डालसमा नेजा र एनआरएन अमेरिकाकाविच अन्तरकृया हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २९ गते ९:०४

डालस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नयाँ कार्यसमितिसँग गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आउँदो आइतबार ड्यालसमा सामुदायिक अन्तरकृया सहितको कार्यक्रम राख्ने भएको छ ।
एनआरएन अमेरिकाले आउँदो आइतबार बिहान ११ बजेदेखि युलेसको फिस्टेल रेस्टुँरामा नेजाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा वधाई सहित परिचयात्मक कार्यक्रम राखेको हो । सो अवसरमा एनआरएन र नेजाका पदाधिकारी लगायत स्थानीय समुदायका नेतृत्वहरुबीच पनि अन्तरकृया हुनेछ।

एनआरएनका सञ्चार संयोजक बाल जोशीका अनुसार त्यस अवसरमा एनआरएन र नेजा बीच ‘समुदाय र सञ्चारको भूमिका’ विषयमा वृहद अन्तरकृया हुनेछ । कार्यक्रममा सहभागी हुन अमेरिकाका बिभिन्न ठाउँमा रहेका नेजाका पदाधिकारीहरु आउँदो आइतबार बिहानसम्म ड्यालस आइसक्नेछन्।

कार्यक्रममा भाग लिन नेजाका नवनिर्वाचित अध्यक्ष सुदीप पन्त लसएन्जलस र महासचिव किरण महरहट्ठा न्यूयोर्कबाट ड्यालस आउँदैछन् । कार्यक्रममा सहभागी हुन एनआरएनले सबै पदाधिकारीहरु, स्थानीय समुदायसँग अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *