२०७८ जेठ ३१ गते | 14th of June 2021

‘खुला बेश्यालय’को अवधारणामा पो जाने हो कि ?

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ११ गते ८:४६
– लक्ष्मण सिटौला
महात्मा गान्धीले भनेका छन कि कायर भएर अन्याय सहि बाच्नु भन्दा हिस्रक हुनु राम्रो । दिनदिनै बलात्कारका घटना पत्रपत्रिकामा पढिरहेका छौ हामीले र एउटा पुरुष मनले अर्को पुरुष शरीरलाई धिक्कारीरहनु पर्दा बलात्कार गर्ने पशु पुरुषलाई किन जन्माइन होला आमाले जस्तो लाग्छ । बलात्कार गर्ने पागल पुरुषलाई तत्काल किन प्रतिकार गर्न सक्तिनन नारी ! थाहा छ तिनीहरू कोमलताका प्रतीक हुन ।

इतिहासमा बलात्कार नभएका होइनन भएका छन तर एउटी अबला नारीलाई इछ्या बिपरित बलात्कार पनि गर्नु र फेरि उनैको हत्या पनि गर्नु ! कति दर्दनाक परिवेशको उठान हो यो ? यस्को बैठान कहिले हुने  र कसरी हुने हो ? । अहिले हाम्रो कानुन ,न्यायलय, न्यायाधीश, स्वतन्त्र न्यायपालिका ,सम्बिधान र पार्ल्यामेन्ट पनि अलमलमा छन । बलात्कारीलाइ मृत्यु दण्डको माग भएको छ । सडक सदन दुवै तातिएको परिवेश छ । मृत्युदण्ड नै यस्को निराकरणको उपाय हो भनेर ठोकुवा गर्न सक्ने अवस्थामा पनि हामी छैनौ । जघन्य अपराधीले अपराध गरिसकेको हुन्छ घटना घटिसकेको हुन्छ र कानुनले फेरि अर्को घटना घटाउनु कति उचित होला त्यो कुरा पनि छ ।

भारतकी फूलनदेवीको बारेमा हामी सबैलाई थाहा छ । उन्को बारेमा प्रसिद्ध निर्देशक शेखर कपुरले चलचित्र समेत बनाए  ।     “द बेन्डेड क्वीइन ” जीवन के हो भनेर बुझ्नै नसक्ने अवस्थामा तिन्को बिहे भएको थियो । लोग्ने बाट प्रताडित तिनी पछि  धेरै कुपुरुष बाट  यौन हिशाको सिकार भइन । जस्का कारण उन्लाइ डाकु बनेर बदला लिन बाध्य बनायो । आफ्नो बिगत जीवन का कारण फूलन ११ बर्ष जेल परिन । जेल पर्नुभन्दा अगाडि उन्ले धेरै कुपात्रहरुको जीवन सफाय पारिन । उन्को साहासको सम्मान गर्दै दुई दुई पटक भारतीय समाजवादी पार्टीबाट सभासद समेत बनिन। नेपालमा पनि किन जन्मिदैनन फूलनदेवीहरु ! म त भन्छु अब महिला रक्षाका लागि पनि फूलनहरुको आवश्यकता भैसकेको छ । जसरी फूलनले आफुमाथी अत्याचार गर्ने पुरुषलाई मृत्युदण्ड दिइन त्यसरी नै अत्याचारीलाइ सिध्याउने अधिकार नेपालका नारीहरुलाइ दिनुपर्ने अवस्था आइसकेको छ।

महाभारतको युद्धमा एउटा दुर्दान्त कथा छ , जब जुवाडे पान्डवहरुले आफ्नो प्रीय पत्नी द्रौपतीलाइ जुवामा हारे तब दुशासनले द्रौपतीलाइ खालमा घिसारेर ल्याए । आफ्नो पत्नीलाइ जुहामा हार्ने पान्डवलाइ अझैसम्म पनि सम्मानको आखाले हेर्दै आयो समाजले । दुर्योधन र दुशासन त कलन्कित भैहाले तर प्रीय पत्नीलाई जुवामा हार्नेलाइ किन सम्मानको आखाले हेर्दै आयो समाजले यो कुरो बुझिनसक्नु छ । पाँच पतिकी पत्नी भएकी हिसाबले द्रौपतीलाइ दुर्योधनले बेश्या भने । बहुपती प्रथा कालान्तर सम्म चल्दै आयो । तर अब बहुपतीय र बहु पत्नी प्रथा लाई कानुन बाट नै बन्देज गरिएको छ ।

समाजशास्त्रीय दृस्ठिकोणले अध्ययन गर्दा बहु पुरुष सग यौन सम्बन्ध राख्ने महिलालाई बेश्या शब्द प्रयोग हुन आयो । तर बहुपत्नी भोग गर्ने पुरुषलाई भने बेश्या पुरुष भनेन त्यो समाजले किनकि समाजमा पुरुषवादी चिन्तन हाबी भएको थियो । मातृसतात्मक युगमा पनि स्त्रीले आफु अनुकुलको युग परिवर्तन गर्न सकेनन फलत युग परिवर्तन भयो र पितृसत्तात्मक सोच हावी भयो । पत्नीलाई जब जुहामा घिसारेर ल्याइयो पान्डवका आँखा बाट रगतको आँसु बगेको थियो । भारी सभामा द्रौपतीलाइ घिसार्नु नारीमाथिको जघन्य अपराध थियो । यस्मा दुर्योधन र दुशासन मात्रै होइन पान्डव पनि त्यतिकै बेमान छन । दुशासनको छातीको रगतले कपाल नधोए सम्म द्रौपतीले आफ्नो कपाल आजीवन खुलै राख्ने प्रतिज्ञा गरिन  । इन्द्रप्रस्थ छोडेर बनावास जानुपर्दाको पीडाका दोष द्रौपतीलाइ होइन पान्डव पुरुषहरुलाइ जान्छ ।

हाम्रोमा प्रेम बर्जित छ । प्रेम गर्नु पाप हो भन्ने मानसिकताबाट नेपाल र नेपाली समाज  गुज्रिरहेको छ । नेपाली समाजमा प्रेम कसैलाई पनि पाच्य हुदैन । जहाँ प्रेमलाइ बीष बोटको रूपमा लिइन्छ त्याहा सद्भावनाको फल होइन द्वन्द्व नै चर्किरहन्छ । हामी बच्चालाई सेक्स इजुकेशन दिन हुदैन भन्छौ र यसबाट झनै बच्चाहरु बिग्रने सम्भावना हुन्छ भन्छौ तर युरोपेली समाजमा वा पश्चिमी सस्कृतीमा सेक्स एजुकेसन अनिवार्य भैसकेको छ । जहाँ जुन कुराको अभाव छ वा जहाँ जुन कुरा दबाइन्छ त्यही कुराको व्यापक खोजी हुन्छ । र त्यही कुरो ज्यादा चर्चामा आउँछ ।

धन सम्पत्ति सजिलोसँग प्राप्त हुदैन त्यही भएर हो मनुष्य जो पनि धनी हुन चाहन्छ । धनप्रती उ यति आशक्त हुन्छ कि धनैका लागि मान्छे अहोरात्र तड्पिन्छ दुख गर्छ, छल्छ , ढाट्छ, चोर्छ जसरी नि धन थुपार्ने सपना देखेकै कारण समाजमा मनुष्यले नै हिम्शा निम्त्याउछ । सेक्स पनि यहि हो । सेक्सलाई अपराध नसम्झिनुस , सेक्सलाइ बर्जित नगर्नुस , सेक्सलाइ पाप नसम्झिनुस , केटा र केटी बिचको आकर्षण प्राकृतिक हो भन्ने सामाजिक अवधारणाको बिकास बनाउनुस अनि सेक्स प्रतिको जिज्ञासा कम हुन्छ । जीवन सामान्य हुन्छ । पशुहरु सेक्स प्रती कहिले हिस्रक छैनन किनकि उनीहरूमा सेक्स खुला छ । त्याहा सेक्स नपाएर कुनै बाघले बघिनीको हत्या गरेन । सेक्स नपाएर कुनै घोडाले घोडिनीलाइ टाेकेर मारेन । तर सेक्स नपाएर एउटा  पुरुषले स्त्री मारिरहेछ किन ? मनुष्य पशुभन्दा पनि किन गिरिरहेको छ ? कारण सबै खुला हुनुपर्ने भनेको होइन ।दबाउन छोड्नुस बिद्रोह हुदैन तर जति दबाउदै जानुस यो त्यतिनै खुल्ला हुन खोज्छ । बर्षाको भेललाइ डाडो नै काटेर थुने पनि अन्तत खोला जसरी नि बग्छ । किनकि खोलाले बग्न पाउनु पर्ने हुन्छ ।

समाजको सर्वमान्य शिद्दान्त पनि यहि हो कि कुनै धनी ठाकुरले वा जमिन्दारले आफ्ना आसमीहरुलाइ जति ठग्छ त्यति नै त्याहा भित्र भित्र सामाजिक बिद्रोह सुरु भैरहेको हुन्छ । अणुलाइ खुम्च्याउदा बम निर्माण हुन्छ । लुकाउनु दबाउनु दबाब दिनु खुम्च्याउनु भनेको त्यस्को एकदिन बिस्फोट देख्नुलाइ नै हो । यही कुरा सामाजिक जीवनको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको मनुष्य जातिको जैविक चाहना सेक्स माथी पनि लागू हुन्छ । सम्यमता अप्ननाउने कुरो समाजले सिकाए जस्तै आवश्यक मात्रामा खुल्ला हुन पनि यही समाजले सिकाउनु पर्छ ।

अझ नेपाली समाजमा  सेक्सलाई त पापको रूपमा लिइन्छ । सेक्स अग्रेजीमा भन्न सक्छौ तर नेपालीमा उच्चारण गर्न कसैलाई छुट छैन । सेक्सको नेपाली उच्चारण गर्ने पुरुष कि त बहुला हो कि त नकचरो हो कि पातर हो वा कि छाडा पुरुष भनेर समाजबाट बर्जित हुन्छ । मैले नेपालीमा कसैले सेक्सलाइ नेपालीमा उल्था गरेर बोलेको सुनेको छैन । अझ महिलाले यो शब्द उच्चारण गर्नत परै जावोस सोच्न पनि सक्तिनन होला । सेक्स अपराध हो भन्ने कुरा हामीलाई सानै उमेर देखि सिकाइन्छ ।

बाहुनहरुको भान्सामा बच्चालाई छुन हुदैन भनेर सिकाइन्छ । केही गरि बच्चा भान्सामा उस्को आमालाइ छुन जान लाग्यो भने छुइ छुइ आउन हुन्न यहाँ पाप लाग्छ भनेर तर्साउने परम्परा थियो। त्यो भनेपछि झनै त्यो बच्चालाई भान्सा छुने जिज्ञासा बड्थ्यो र जसरी पनि उस्ले भान्सा छोएर छाड्थ्यो । वास्तवमा यो सेक्स प्रतिको अवधारणा पनि यहि हो । कसैले राम्रो भन्दैनन । कसैले पनि सेक्स र प्रेम प्रति राम्रो धारणा बनाउदैनन झन कौतुहलताको
बिषय बनिदिन्छ सेक्स र सबैलाई उत्सुकता पैदा गरिदिन्छ जसरी साना केटाकेटीले भान्सा जसरी नि छुन्छन ।

पश्चिम देशहरूमा जब एउटाी नारी बालिग हुन्छिन त्यो अवधि्भित्र उनीसग आफ्नो एउटा बोइफ्रेन्ड अनिवार्य हुनैपर्छ ।
बोइफ्रेन्ड नहुनु भनेको सामाजिक आपत्ति हो । बाबू आमालाइ चिन्ता हुन्छ कि मेरी छोरीमा कुनै शारीरिक कमजोरी पो छ कि भनेर । बालिग हुदासम्म केटा सग हिड्ने सेक्सुयल सम्बन्ध राख्न पाउने घुम्न पाउने बाहिर रात बिताउन पाउने कुनै होटेलमा गएर सगै बस्न पाउने अधिकार हुन्छ त्याहा । हाम्रोमा कुनै प्रेमी प्रेमिका होटेलमा गएर रात बिताए भने पुलिसले हत्कडि लगाउछ । सामाजिक निन्दा हुन्छ । ज्यु मास्ने बेच्ने सार्वजनिक अपराध एेन लाग्छ र जेल परिन्छ ।

कुनै रेस्टुरेन्टमा वा रिसोर्टमा प्रहरीले छापा हान्छन र प्रेमील जोडीलाई थुनिन्छ र अभिवावक बोलाएर बेज्जत गरेर कागजपत्र गरेर अब देखि आइन्दा  यस्तो अपराध कर्म गर्ने छैन भनेर पाँच पुस्ते उतार्न लगाइन्छ । अपराध यहि थियो कि ती दुई प्रेमील जोडी त्यो रिसोर्टमा गएर बसे । प्रेम गरे । माया साटासाट गरे । दुख सुख बिसाए । तर तिन्ले नै रुनुपर्छ सामाजिक बहिष्कार तिनकै हुन्छ, निन्दा र घृणा तिनकै हुन्छ ! प्रहरी देखि प्रशासन सम्म तिन्कै पछि पछि हुन्छन । यहाँ स्त्री र पुरुष घुम्न मनाही छ । यहाँ स्त्रीले पुरुष सग बोल्दा नि अपराध र पुरुषले स्त्री अनुहार हेर्दा नि अपराध । जहाँ प्रेम बर्जित छ त्याहा कुनै न कुनै आखिझ्याल बाट अपराधले चिहाइरहेको हुन्छ ।

पोखराको एउटा होटेलमा नवबिवाहित जोडी हनिमुन मनाउन गएको बेलामा बिहे गरेको प्रमाणपत्र नहुदा दुई रात थुनिएको खबर धेरै बर्ष अगाडि पत्रिकामार्फत आएको थियोे । यहाँ बिवाहित जोडीलाइ त सहज छैन भने नवप्रेमीहरुलाइ त झन संभावना कम छ । लुकि लुकि डर त्रास  प्रहरी र समाजको आतंकमा प्रेम गरिरहेछन प्रेमी प्रेमिकाहरु अनि आउछन हत्या र बलात्कारका घटनाहरू। प्रेममा निगरानी होइन अपराधमा निगरानी राख्नु राम्रो हो । रिसोर्टमा घुम्न गएका जोडीहरुलाइ रिसोर्टमा नआउनु भनेर जब प्रहरी नै छापा हान्छन भने दोष कस्को हो ? बग्ने पानी प्रेम र सेक्स उस्तै हो। जब थुनिन्छ वा जमाइन्छ यस्ले बाटो मोडन थाल्छ अपराधको रुप धारण गरेर ।

नेपालमा यदि यहि गतिमा महिला माथी  यौन हिम्शा हुँदै जाने हो भने कुनै पनि आमाबाबुले छोरी जन्माउने छैनन । यसमा समाजशस्त्रीय अध्ययन गर्नुपर्ने बेला आउन सक्छ । यौनलाइ कसैले दबाउन सक्तैनन् । चाहे पुरुष हुन वा स्त्री । समाजमा सबैभन्दा बढी चासो चियो र चर्चाको बिषय बनेको छ यौन । यौन त्यतिबेला मात्रै चासोको बिषय बन्छ जब यस्मा सामाजिक बन्धन हुन्छ ।

पस्चिमी देशहरुमा सेक्स चासोको बिषय बन्दैन किनभने कानुनत सेक्सलाइ अपराधीकरण गरिएको छैन । सेक्स प्राकृतिक जैविक सिर्जनात्मक कुरा हो भन्ने कुरा उनीहरूले बुझे । त्याहा बलात्कार नगड्य हुन्छ । बलात्कार पछि स्त्रीको हत्या भएको सुनिएको छैन पढिएको पनि छैन । एउटाी स्त्रीले आफुले मन पराएको पुरुष सग सेक्स प्रस्ताव तुरुन्तै राख्न सक्छे । हामीलाई अनौठो लागे पनि उनीहरू लाई यहि कुरो सहज लाग्छ । युवाहरू त्याहा माथी पनि बेरोजगार छ भने र अविवाहित छ भने बिहानको आँखा खोले देखि उस्को ध्यान सेक्समा हुन्छ । सडकमा हिंड्दा होस वा फिलिम हलमा जादा होस वा कलेज जादा होस नेपाली युवाको ध्यान समकक्षी युवतीमा जान्छ किनकि यहाँ यौन बर्जित छ । यहाँ यौन र प्रेमलाइ समाजले अपराधको रूपमा हेरेको छ । जुन कुरा बर्जित छ त्यहि कुरोले सडक तताउछ ।

खुला समाजमा अपराध कम हुन्छ । जति पुरातनवादी सोचाइ बाट मान्छे ग्रसित हुन्छ त्यो देशको कानुन पनि त्यतिनै पुरातनवादी हुन्छ र मानिसले आफुले आफैलाइ दण्ड दिइरहेको हुन्छ । हामी पश्चिमी सस्कृती खतम छ भन्छौ तर खत्तम त हामी रहेछौ किनकि दैनिक स्त्री बलात्कारको खबर आइरहेको छ । अपहरण र हत्याको मुद्दाहरू बिना फैसला थन्किरहेका छन  । यदि यौन अपराध नियन्त्रण भन्दा बाहिर गयो भने त्यो भन्दा घातक स्थिति केही हुदैन र यस्ले सामाजिक बिचलन ल्याउने निश्चित छ। जसरी युद्धमा होमिएको बेलामा शत्रु परास्तको मात्रै उदेश्य हुन्छ युद्धकर्मीलाइ। त्यस्तै यौवनको भोकले जलिरहेको पुरुष पनि त्यो बेलामा सेक्स भन्दा अरु केही देख्दैन ।
यस्तो हुनु अपराधी हुनु हो ? स्त्रीमा पनि सेक्स उन्मादको जलन भयंकर हुन्छ तर उनी सहन्छिन । यही फरक छ स्त्री र पुरुषमा ।
सहिदिनुमा प्रकृति पुज्य हुन्छिन जाइलाग्नुमा पुरुष पुरुषार्थी सम्झन्छ ।

खास गरेर दोस्रो बिश्वयुद्द पछी खुला बेश्यालयको अवधारणा जन्मिएको हो युरोपेली देशहरूमा । हिटलर आफै पनि एउटाी बेश्या सग प्रभावित भएको कुरा उल्लेखित छ । बेश्या+आलय= बेश्यालय । आलय भनेको घर । बेश्या भनेको पैसाको लेनदेन गरेर यौन आनन्द लिने दिने क्रिया । बेश्या पहिला स्त्री सग मात्रै सम्बन्धित थियो तर अहिले बेश्या पुरुष सग पनि सम्बन्धित छ ।
सन्सारमा नेपाल बाहेक प्रायः सबै देशमा बेश्यालय छन । धेरै देशहरूले बेश्यालयलाइ कानुनी मान्यता दिएर राज्यले कर समेत उठाइरहेको छ ।

शिक्षा प्राप्तिका लागि जसरी खुला बिश्वबिधालय हुन्छ भने मनुष्य जीवन सग अपरिसीम सम्बन्धित सेक्सको खुला बेश्यालय किन हुदैन ? आजको यो २१ औ सदिको भौतिक बिश्वमा । सेक्सलाई पापको रूपमा जसरी लिइएको छ , जसरी सेक्सलाइ समाजबाट दबाइएको छ , जसरी सेक्सलाइ तल्लो दर्जा दिइएको छ त्यसैको परिणाम भोग्दैछौ हामी ।

सेक्स छ र त हामी छौ । सेक्स छ र त पृथ्वी छ । सेक्स छ र त यो भौतिक उन्नति उन्नयन  छ । सेक्स छ र त माया छ । नत्र रुख बिरुवा ढुङ्गा मुढा भन्दा के फरक हुन्छ होला र मनुष्य जीवन पनि  । सेक्स जति बर्जित कुरो अरु केही छैन समाजमा । सेक्स गर्न पाइदैन भनिरहेछौ हामी फेरि जनसंख्या थपिएकै छ , सेक्स र प्रेम बर्जित भएको कारण ले यौन हिम्सा दिनानुदिन बढीरहेको ।

बलात्कार भयो भनेर कानुनी उपचार तिर मात्रै सरकारको र समाजको ध्यान गएको छ तर बलात्कार हुनु पछाडीको मुल रहस्य वा कारण के हो भनेर त्यस्को निराकरण गर्न तिर कहिले गएन समाज । बाघलाई भोक लाग्यो भने जसरी पनि शिकार खोजेर खान्छ नत्र मर्नुको बिकल्प छैन । खानै नपाएर कतिवटा बाघ मरे के हामी भन्न सक्छौर ? महिला बलात्कार गर्ने पुरुष एउटा यौनको भोक लागेको बाघ हो । उ भित्रको मनुष्यत्व हराएको हुन्छ त्यतिबेला र उ भित्रको मानुष पशु भैदिन्छ । उस्ले सेक्स बाहेक अरु केही देख्दैन जतिबेला उ भित्र यौनको भोक प्रबल हुन्छ ।

यहि पशुत्वाग्नीमा जल्न बिवश हुन्छन फेरि तिनै निरीह स्त्रीहरु ।
सेक्सलाइ पापको रूपमा यदि नलिइदिने हो भने , सेक्सलाइ यस्तो कडा रूपमा नदबाउने हो भने र सेक्सलाइ सामाजिकीकरण गरिदिने हो भने नेपाली समाजमा यौन हिम्सामा अवस्य कमि आउने छ । प्रेमको दण्ड पाउनु नै छ भने प्रेममै होमिएर मरेका प्रेमीहरुको कथा पनि प्रसस्त छ धरामा ।
laxmanrajsitaula@gmail.com
# 977-9851044218

Leave a Reply

Your email address will not be published. Required fields are marked *