२०७८ जेठ ३१ गते | 14th of June 2021

टेक्सासको अष्टिनमा सामुदायीक अन्तरक्रिया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १८ गते ३:३६

अष्टिन (टेक्सास)- ट्रम्प प्रशासनको पछिल्लो अध्यागमन निती र अमेरिकामा हालै संचालन अनुमती पाएको नेपाली बैंक (एभरेष्ट फेडरल क्रेडिट युनियन)ले नेपालीहरुलाई दिने लाभका बिषयमा टेक्सासको अष्टिनमा सामुदायीक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।नेपाल अमेरिका पत्रकार संघ (नेजा), गैर आवासीय नेपाली संघ अमेरिका टेक्सास च्याप्टर, हेम सरिता फाउण्डेशन र ८८४८ मिडिया एलएलसीको संयुक्त आयोजनामा गरिएको सामुदायीक अन्तरक्रियामा प्रमुख वक्ता कानुन व्यवसायी तथा एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष डिल्लीराज भट्टले पछिल्लो अध्यागमन निती तथा कार्यक्रममा उठेका जिज्ञासा संगै एभरेष्ट फेडरल क्रेडिट युनियनका बिषयमा स्पष्ट पार्नुभएको थियो ।

अष्टिन र आसपासमा बसोवास गर्ने यहांका अग्रज नेपालीहरु सहभागी कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघको तर्फबाट कार्यसमिती सदस्य शेर केसी, गैर आवासीय नेपाली संघ टेक्सास च्याप्टरको तर्फबाट महासचिव पदम ठकुराठी तथा हेम सरिता फाउण्डेशनको तर्फबाट संरक्षक सरिता पाठकले बोल्नुभएको थियो ।

सो अवसरमा बोल्दै नेजा कार्यसमिती सदस्य केसीले नेपाली समुदायकालागी लाभ दिने कार्यक्रमहरुका लागी नेजा हातेमालो गर्न तयार रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेजाका सचिव स ुरज भण्डारी, नेपालमा लामो समय पत्रकारितामा सक्रिय रहि हाल अमेरिकाबाट नागरिक दैनिकमा आबद्ध पत्रकार होम प्रसाद लम्साल, समाजसेवी तथा पत्रकार केदार तिमल्सेना, जन सम्पर्क समिती अमेरिकाका उपसभापती सिपी पौडेल, एनआरएन अमेरिकाका प्रबक्ता बिनोद कुमार तिवारी, ग्रेटर अष्टिन नेपाली सोसाइटीका उपाध्यक्ष भोजराज भट्ट, डा. प्रमोद शर्मा लगायतले आ आफ्ना जिज्ञासा राख्नुभएको थियो ।

८८४८ मिडिया एलएलसीका अध्यक्ष देबी भेटवालको सभापतित्व तथा मेनेजिङ डाइरेक्टर तथा बरिष्ठ संचारकर्मी नारायण पुरीले सहजीकरण गरेको कार्यक्रममा कान्तिपुर साप्ताहिकका अमेरिका संवाददाता शिब शर्मा, अष्टिनमा बन्न लागेको नेपाली सामुदायीक केन्द्र निर्माण समिती संयोजक गेहेन्द्र केसी, समाजसेवी दिपक हुमागाई लगायतको सहभागीता रहेको थियो ।

फोटो: रबिन पिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *