२०७८ साउन १२ गते | 27th of July 2021

धेरै सुन्नुस्, थोरै बोल्नुस् – माधवकुमार नेपाल

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते १९:४४

टेक्सास – पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । कार्यक्रम यु स्टाट अगेनसंग कुरा गर्दै पुर्व प्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताउनुभयो । सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउंदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत बताउनुभएको छ ।

सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउंदै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिनुभएको छ । दुई पार्टि बिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेता नेपालले एकता कमजोर नहुने बताउनुभयो । आफु ७० बर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताउनुभयो ।

प्रस्तुत छ कार्यक्रम यु स्टार्ट अगेनका लागि नेता नेपालसंग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *