२०७८ साउन १४ गते | 29th of July 2021

न्यूयोर्क च्याप्टरले ‘एनआरएन डे – बिशेष कार्यक्रम’ गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ९ गते ९:३९

न्यूयोर्क – एनआरएनए न्यूयोर्क च्याप्टरले आउँदो अक्टोवर ६ तारिख शनिवारका दिन भव्यरुपमा ‘एनआरएन डे’ मनाउने भएको छ । न्यूयोर्क च्याप्टरले न्यूयोर्क सिटीका निर्वाचित पदाधिकारीको बिशेष उपस्थितिमा बिविध साँस्कृतिक कार्यक्रम समेत गर्ने भएको छ ।

गैरआवासिय नेपाली संघ राष्ट्यि समन्व्य परिषद अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीका अनुसार न्यूयोर्क राज्यको कुईन्स काउन्टी अन्र्तगतका निर्वाचित पदाधिकारीलाई बिशेष अतिथिका रुपमा बोलाइदैछ ।

एनआरएन आईसिसी डिआरसि नविन शेरचन, एनआरएनए महासचिव बाबुराम लामा तथा बोर्ड सदस्य सञ्जय थापाको बिशेष उपस्थितिमा च्याप्टरको आइतवार बसेको कार्यसमिति बैठकले ‘एनआरएन डे बिशेष’ रुपमा मनाउने निर्णय गरेको हो । च्याप्टरले यसका लागि बिशेष तयारी समेत शुरु गरेको छ । एनआरएनए र न्यूयोर्क राज्यका बीचमा समन्व्यकारी भुमिका निर्वाह गर्नका लागि समेत यस पटक न्यूयोर्क राज्यका निर्वाचित पदाधिकारीलाई बिशेष अतिथिका रुपमा बोलाउन लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

नेपाली र नेपालीभाषी समुदायले न्यूयोर्क राज्यमा निर्वाचित पदाधिकारी समक्ष आफ्ना माग राख्न सक्ने र भोलीका दिनमा सहकार्य गर्न सजिलो होस भन्ने अभिप्रायले बिशेष अतिथिका रुपमा बोलाउन लागिएको अध्यक्ष अधिकारीको भनाई छ ।

एनआरएन डे बिशेष कार्यक्रममा बिभिन्न समुदायको बिशेष नृत्य तथा साँस्कृतिक कार्यक्रम समेत रहनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि अन्तराष्ट्यि समन्व्य परिषद क्षेत्रिय समिति र गैरआवासिय नेपाली संघ राष्ट्यि समन्व्य परिषद अमेरिकाको बिशेष भुमिका रहने जनाउँदै, बिभिन्न संघ सस्था तथा सामाजिक व्यक्तित्वहरुलाई सहयोगका लागि अपिल समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *