२०७७ फागुन २४ गते | 8th of March 2021

‘ग्याङस्टार ब्लुज’ ट्रेन्डिङ नम्बर १ मा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १० गते ८:४८

काठमाडौ – आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भुमिका रहेको फिल्म ग्याङस्टार ब्लुजु युट्युबमा रिलिज गरेको केही दिनमै युट्युबको ट्रेन्डिङ १ मा आएको छ । रिलिज गरेको दुई दिनमै चलचित्र युट्युबको ट्रेन्डिङ १ मा परेको छ । ओएसआर डिजिटलले आफ्नो युट्युब मार्फत पूरा चलचित्र रिलिज गरेको थियो ।

चलचित्रमा आशिरमान जोशी, आना शर्मा, संयम पुरी, रोजिसा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, सुवास थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । कालीप्रसाद बास्कोटाको संगीत रहेको यस फिल्म मा बनिष शाहले सम्पादन गरेका हुन्, भने सरोज न्यौपाने र हेमराज बिसीको संयुक्त निर्माण रहेको थियो ।

हेमराज बिसीद्वारा निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’को कथा पनि स्वयम् बिसीले नै लेखेका हुन् । यो फिल्म आना शर्माको, अभिनेता अनमोल केसी सँग को ‘जेरि’ पछी को अर्को फिल्म थियो । आशिरमान देशराज जोशी आयुश्मान देशराज जोशीका भाई हुन् ।
भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *