२०७८ मंसिर १६ गते | 2nd of December 2021

नेपालका बैंकहरुले बित्तीय अनुशासन पालना गरेका छैनन्

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ११ गते ३:३०

– लक्ष्मण सिटौला

बित्तीय ब्यवस्थापनमा हामी नराम्ररी चुकिरहेको बेला रास्ट्रबैकले नेपालीहरुको माहान चाड दशैलाई भनेर करिब तेर्ह अरबको नयाँ नोट साटिने जानकारी गराएको छ । पुरानो नोट लिएर नयाँ नोट दिने प्रचलन एउटा परम्परा मात्रै हो । नेपालीहरुलाइ नयाँ नोट किन चाहिएको हो? नयाँ नोट बोकेर हिड्दा चै के हुने हो बुझ्न सकिएको छैन । नोट नयाँ ब्यापार पुरानो । नोट चम्किलो अनुहार धमिलो । नोट सफा ब्यवहार फोहोर । नोट चिल्लो बित्तीय आचरण खस्रो भयो भने के काम ।

यस्तो परम्पराले निम्न कुराहरू ब्यक्त गर्छ :

१.नेपालमा हिन्दु धर्म मान्ने मान्छे मात्रै छैनन । अन्य धर्म मान्ने  मान्छेहरु पनि छन र उनीहरू पनि नेपाली नै हुन । उनीहरूले मान्ने चाडमा पनि नयाँ नोट साट्ने प्रचलन नभए पछि त्यहा समावेशीताका कुराले गर्दा असन्तोष बढ्न जान्छ । प्रश्न उठेको छ कि दशैमा मात्रै नयाँ नोट किन साट्ने ? यस्को ठाेस उत्तर  सरकारसग पनि नहोला । असी प्रतिशत हिन्दु भएपनि यो हिन्दू राज्य भने होइन । नेपालको नयाँ संविधानले हिन्दु राज्य  हटाइ सकेको छ अर्थात राजा शासनको अन्त सगै हिन्दुराज्य  हट्यो । नोट साटिने प्रचलन पन्चायत कालको अवशेष हो । तर अहिले मुलुकको अवस्था चाहिँ पन्चायत कालखण्ड भन्दा  पनि धेरै बिग्रेको छ ।

अहिले हाम्रो वैदेशिक ब्यापार घाटा यति भयग्रस्त छ कि हामी अनुमान नै गर्न सक्तैनौ । पुरानो नोटलाई बिस्तापित  गर्ने उदेश्य बाट अभिप्रेरित भएर गरिएको हो भनु भने पनि  जनताले प्रचलन गरिरहेको नोट त्यस्तो काम नै नलाग्ने झुत्रो पक्कै भएको होइन होला । नयाँ नोट छपाईको आर्थिक  ब्ययभार राज्यले खप्नु भनेको हामी अझै गरिबी उन्मुख हुनु हो । जनता बाट खिचेको पुरानो नोट फेरि बैंकले जनतामानै प्रवाह गर्छ किनभने यी नोटहरु पुराना हुँदै होइनन । पुर्ण  पुरानो नोट बैकले साट्नु मान्दैनन् । यी नोट बैकले लिएपछि  कि त नस्ट नै गर्नुपर्यो होइन भने हरेक दशैमा आएर नयाँ नोट साट्ने नाउँमा जनता माथी ऋणको बोझ थपिएको हुन्छ ।

२. सर्वेभवन्तु सुखिन सर्वेसन्तु निरामया  भन्ने बेदबाक्यलाइ bआधार मान्दा पनि दशैमा मात्रै नयाँ नोट साट्ने होइन अरु  हिन्दु इतर धर्मका चाडपर्वमा पनि नयाँ नोट साट्न  पाउनुपर्ने हो तर यसो भैरहेको छैन। धर्म भनेको आध्यात्मिक  शक्ति माथिको बिश्वास हो। यो बिश्वास बैयक्तिक पनि हो । दशै सस्कृती सग मात्रै होइन सस्कार सग मात्रै पनि होइन यो धर्मसग पनि जोडिएको छ । जब दशै आउँछ अनि रास्ट्र  बैंकले नयाँ नोट साट्ने सूचना प्रवाह गर्छ ।

३. राज्य पुर्ण रूपमा समावेशी हुने हो र मुलुक भित्र रहेका  सबै जात र धर्मलाई उतिकै मान्यता दिने हो भने करोडौंको आर्थिक लगानी गरेर दशैमा मात्रै होइन अरु बेला पनि नयाँ  नोट साट्नु पर्यो ।

४. म हिन्दु हु । म मुस्लिम परिवारमा जन्मेको भए मुस्लिम हुन्थे। म जैन आमाको कोखमा पैदा भएको भए जैन हुन्थे । म इशाइ आमाबाबु बाट जन्मिएको भए क्रिश्चियन हुन्थे । म  जहा र जुन सम्प्रदायमा जन्मे पनि पहिलो म मानव हु । बुद्ध  पनि हिन्दु धर्ममै जन्मिएका हुन पछि उनी आफै धर्म प्रवर्तक भए । धर्म स्थाइ होइन । मानव पनि स्थायी होइन । स्थाइ चै मानवता हो । मानवता कुनै धर्म र सम्प्रदाय सग सम्बन्ध  राख्दैन । मानवीयता मानव जीवनको सर्वोच्च धर्म हो ।

५. धर्म निरिपेक्ष्य राज्यमा सबै धर्म सम्प्रदायलाई बराबरि संमान  गर्नु हो । यहाँ भलै हिन्दु धर्मावलम्बीको बाहुल्यता रहेपनी  राज्य भित्र रहेका सबै भाषा, धर्म, सस्कृती, जात, लिंगलाई  समान अवसर, समान सम्मान, समान आस्था ,समान बिश्वास  समान समृद्धिको अवसर प्रदान गर्नु राज्यको कर्तव्य भित्र पर्न आउँछ । दशै लागेपछि मात्रै नोट साट्ने प्रवृत्तिले चै समावेशीता र धर्म निरिपेक्ष्यको कुरा प्रती राज्य अलि उदासिन
पो भएको हो कि भन्ने शन्देश जान सक्छ ।

६. नयाँ नोट चामल सग वा अरु बस्तु सग बिनिमय गर्ने होइन । नोट सग नोट साट्ने हो । राज्य वा सरकार आफैले नियम बनाएको छ कि नोट माथी केरमेट गरे वा प्वाल पारे वा नोटलाई जथाभावी प्रयोग गरे कानुनी कार्वाही हुन्छ भनेर । अनि पुरानो नोट लिएर नयाँ नोट दिनु भनेको नोट माथी  जथाभावी गर च्यात केरमेट गर दशैमा हामी साटिदिन्छौ भन्ने शन्देश जान्छ र गैरहेकै छ । पोहोर थापाथली नजिक  नोट साट्ने निहुमा लाइन बस्दा चर्को घामले र भिडले धेरै  नेपालीहरु घाइते भए । सरकारले नै जनतालाई लाइन  लगाउन बाध्यकारी बनाइरहेको छ ।

७. नयाँ नोट र पुरानो नोट प्रयोगमा साइकोलजिकल भिन्नता  मात्रै हो । नयाँ नोट प्रयोग गर्दा चै के हुने र पुरानो नोट  प्रयोग गर्दा के हुने ? यो ब्यक्तिको निजि सोचाइ मात्रै हो। प्रयोग गर्दा तात्विक भिन्नता के हो ? नयाँ कपडा लाउदा घामपानी चिसो तातो छेक्ने पुरानो लाउदा चै नछेक्ने हो ? कि नयाँ नोटमा धेरै क्रयशक्ति हुने त होइन होला । नोटलाई जनताले होइन बैंकले प्वाल पारिरहेको छ । नोटका हरेक  बन्डलमास्टिच मार्ने काम बैंकले गर्छ उपभोक्ताले होइन । गल्ती बैक स्वयंले गर्छ अनि गाली उपभोक्ताले पाइरहने कामको अन्त  कहिले हुन्छ ?

८. राज्यको आफ्नो धर्म हुँदैन । राज्यको धर्म भनेको समानता  र न्याय हो । गीता बेद पुराण कुरान बाइबल होलान् त्यो ग्रन्थ  राज्यको होइन त्यो त एउटा निश्चित सम्प्रदायको हो । राज्यको  धर्मग्रन्थ त संविधान हो । सम्बिधानको परिपालन प्रयोजन  पर्यवेक्षण प्रवर्द्धन गर्नु नै राज्यको धर्म हो । न्यायशास्त्र नै  सरकारको वा राज्यको गीता हो कुरान हो बाइबल हो । रास्ट्रबैंकले आफ्नो मातहतका बैंकहरुलाइ किन समृद्धिका यी  निम्न कार्यहरूमा सहकार्य गरिरहेको छैन ?

१. ग्रामिण बैन्किङ :

नेपालमा अझैसम्म पनि त्यस्ता दुर्लङय स्थानहरु छन जहाँका जनताहरुलाइ बैंक भनेको कुन चरीको नाम हो थाहा छैन । खानेपानी लिन३ घन्टा हिंड्न् पर्ने स्थानका जनतालाई बैंक कसरी थाहा हुन्छ । हो त्यस्ता स्थानमा गएर जनताको सेवा गर्न पर्यो । कतिपय यस्ता स्थान पनि छन जहाँ पैसाको अभावमा बस्तु बिनिमय गर्छन । नुन र आङ ढाक्ने एकसरो लुगा किन्न अलिकति पैसा भए पुग्यो।बैंकहरु सहरमुखि छन । बैंकले सुटेट बुटेटलाई मात्रै ऋण पत्याउछ । गरीबको पहुँचमा अझैसम्म बैंक पुग्न सकेको छैन ।

बैंक सकेसम्म काठमाडौंमा मात्रै फैलिन खोज्छन् र नवधनाड्य  लाई मात्रै लोन प्रवाह गर्छन । गाउँका गरिब किसान बैंकको  काउन्टर सम्म पुग्नै सक्तैन र पुग्यो भने पनि उस्ले सुबिधा लिन सक्तैन । अहिले भुकम्प पीडितका नाउँमा गएका राहतका रकम  किस्ता लिन जादा दुर्गम बाट सदरमुकाम सम्म आउँदा सरकारले  दिएको रकमको आधा रकम खर्च भैसकेको हुन्छ । नेपालका कुनै बैंकले पनि सोझा जनताको हित गरेको छैन । तीन दिन हिडेर सदरमुकाम बैंकमा राहतको रकम लिन आउँदा कति गाउँलेहरुले दुख भोगेका छन त्यो कुरा न रास्ट्र बैंकले हेर्छ न राज्यले थाहा पाउछ । राहतका रकम जस्का नाउँमा आए त्यस्को एउटा सामान्य पेपर नमिल्दा पनि गाउँ गएर सर्जमिन गराएर ले भनेर ठाडै गाली खाएर रोएर फर्किएका छन सोझा र ईमानदार गरिब नेपाली ।

एउटा सामान्य कागज नमिल्दा तीन दिनको बाटो हिडेर आएकालाइ त्यसरी हप्काउने र फर्काउने हो ? हो यस्ता कुरामा केन्द्रीय बैंकको ध्यान जानू जरुरी छ । यदि ग्रामीण बैन्किङ्ग प्रणालीको बिकास भएको भए त्यस्ता नेपालीले दुखको सामाना गर्न त पर्दैनथ्यो । नेपालका बैकहरु दलाल मात्रै हुन त्यो भन्दा बढी भिजेर जनहितका लागि उनीहरूले काम गरेका छैनन । सिर्फ पैसा मात्रै हेर्छ बैकले। मानवीय क्रन्दन मानवीय दुख र कस्ट हेर्दैन । सस्था भएर काम सन्चालन गरेपछि सामाजिक उत्तरदायित्व बाट पन्छिन मिल्दैन तर यहाँ बैक सधैं नाफामा हुने अनि लोन लिने मान्छे सधैं किन घाटामा हुन्छ यसैमा झल्किन्छ बैकहरुको बित्तीय अनुशासन ।

२.घर जग्गा कर्जा:-

नेपालका भुमाफियाहरुको पृष्ठपोषक हो बैंक । जग्गा प्लटिङ्ग गर्नका लागि भनेर घर निर्माणका लागि भनेर बैंकले खरबौ लोन प्रवाह गर्यो ,उस्ले मनग्य आम्दानी पनि गर्यो । अहिले उपत्यकाको भित्री सहरमा फेरि त्यस्तै ७ रेक्टरको भुकम्प गयो भने मानिसको यति क्षती हुन्छ कि यो हामीले कल्पना गरेभन्दा बाहिरको कुरा हो । कतै खाली जग्गा बचेको छैन । यस्को जिम्मेवार बैक हो । घर निर्माण कर्जा ग्रामीण क्षेत्रमा बाहेक सहरी क्षेत्रमा र घना आवादी भएको क्षेत्रमा ऋण प्रवाह गर्नु बैंकको भुल हो । बस्ती थपिएर अग्ला भवन निर्माण भएर देश बिकास हुने हुँदै होइन । घर जग्गा कर्जा नै बन्द गर्नुपर्छ । यहि कर्जा बाट बैंकले धेरै कमाइरहेकाले उनीहरू यो कर्जालाई अझै तीब्र पार्न चाहन्छन । यस्को असर कहाँ पर्छ भन्दा उत्पादन योग्य भुमिमा पर्छ । कृषि उत्पादन  घट्छ । घर थपिनु वा घर निर्माण हुनु बिकास होइन । घरको लगानी अनुत्पादक हो । कृषिमा लगानी गर्नु उत्पादक हो तर यो कुरो किन नेपालका कृषि बिज्ञहरुले ,अर्थशास्त्रीहरुले बुझिरहेका छैनन ।

३. निर्धन किसानको उत्थान :

दुर्गम दुर स्थान सम्म बैंकको पहुच नभए पछि एउटा दुखी कृषकले बैंकको उपयोग कसरी गरोस ! अनि तिनको जीवनस्तर कसरी उकासियोस । हजारको नोट नदेख्नेहरु कति होलान अझैसम्म दुर्गम बस्तीहरुमा । मानिस नभएको स्थानमा बैंक खोल्नुपर्छ भनेको होइन । कतिपय यस्ता भुभाग पनि छन जहाँ बैक, स्वस्थ उपचार केन्द्र, हुलाकी बाटो ,खानेपानीको ब्यवस्थापन भयो भने मानिसहरू त्यो स्थानमा बसाइँ सर्छन । शहरमा मात्रै होइन बैंक बस्ती नै कम भएको स्थानमा खडा हुनुपर्छ । बैंक भएकै कारणले बस्तीहरु थपिन्छन । बैकलाई मान्छेले खोज्ने होइन , बैकले चै मान्छे खोज्नुपर्छ । अनिमात्र जनताले बैंकको महत्व बुझ्नेछन, जनताले राहत महसुस गर्नेछन ।

निर्धनी किसानका लागि बैंकहरुले के कस्तो सहयोग पुर्याए कति प्रतिशत कर्जा तिनका हितमा प्रवाह गरे , बैंकको सहयोग बाट ग्रामीण जनताको जीवनस्तर कति माथी उठाउन सकियो त्यस्को निरन्तर मनिटरिङ्ग गर्नुपर्छ राज्यबाट र नेपाल रास्ट्रबैंकले पनि । त्यसो भएको खण्डमा वैदेशिक ब्यापार घाटा पर्दैन । घर जग्गामा प्रवाह गरेको कर्जाले कसरी निर्यात योग्य बस्तुको उत्पादन हुन्छ ? अनि उत्पादन नै नभए पछि बिदेशमा नेपालको कुन चिज निर्यात गर्नुहुन्छ अनि वैदेशिक ब्यापार घाटा कसरी परिपुर्ति हुन्छ ?

४. कृषि ऋण र पशुपालन ब्यावशायमा बैंन्किङ्ग सहयोग :

किसानलाई चाहिने मलखाद्द र कृषि औजार ब्यावस्थापन मात्रै गर्न सकियो भने उत्पादनको उच्च प्रतिफल प्राप्त हुन्छ । औद्योगिक उत्पादन हामी सग खासै केही नभएपछि कृषि उत्पादन लाई नै निर्यातको मुख्य आधार मान्नुपर्नेमा देसिमलमा त हामी भारतमै निर्भर छौ । चामल देखि खाने तेल र दुग्धजन्य पदार्थ सम्म हामी भारतमै निर्भर छौ । नेपालले उपभोग गर्ने एउटा पनि बस्तुमा हामी आत्मनिर्भर छैनौ ।

भारतको बोर्डर सिल गर्ने हो भने नेपाली भोकै मर्छ यो ध्रुवसत्य कुरा हो । कसैको अन्ध रास्ट्र भक्तिले यहाँ हुनेवाला केही पनि छैन । कुखुराको अन्डामा त हामी आत्मनिर्भर छैनौ भने के को फुर्ती । नेपालका बैंकहरुले कृषिको महत्त्व बुझेको छैन । बैंकको काम केवल नोट छाप्ने मात्रै होइन । लगानी , उत्पादन र वैदेशिक ब्यापार प्रवर्द्धनका लागि कृषि मन्त्रालय सग समन्वय गर्नु जरुरी छ । गाडी किन्न ऋण सजिलोसँग दिने बैंकले कृषि उत्पादन र पशुपालनको लागि त्यति सहज ढंगले ऋण प्रवाह गर्दैन ।

एउटा कृषकलाइ होइन एउटा ब्यापारीलाई कर्जा प्रवाह गर्छ बैंकले । कृषि पेशा अप्नाउनेलाइ भन्दा जग्गा दलालीलाइ ऋण पत्याउछ बैंकले । नेपाल रास्ट्र बैंकले केहि बर्ष अगाडि घरजग्गा ब्यवशायमा ऋण लगानीमा धेरै कडाइ गरेको थियो ।तर ब्याजको लोभले निजि बैकहरुले बित्तीय अनुशासन अक्षरस पालना गरेनन । त्यसको असर बिस्तारै पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *