२०७८ असार ११ गते | 25th of June 2021

श्रीपेचको सौन्दर्य शास्त्र , गणतन्त्र र जातीयताको दलदल

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ३ गते १५:५३

-लक्ष्मण सिटाैला

“श्रीपेच लगाउने रहर त तिम्लाइ नि रे छ
महँगो महलमा बस्ने रहर तिम्लाइ नि रे छ,
हेलिकप्टरबाट बर्षा याममा तराई डुब्न् लागेको
अवलोकन गर्ने रहर तिम्रो नि रे छ
भारतले कोशी ब्यारेजको सबै ढोका बन्दगर्दा
आकाश मार्गबाट अवलोकन गर्ने जागर
तिम्रो नि रे छ
महँगो कारमा हुइकिने सपना तिम्रो नि रे छ
घोडा चढेर नागर्जुन जङ्गलमा
सिकार खेल्ने सपना तिम्रो नि रे छ
आफ्नो अगाडि अरुलाइ घुडा टेकाएर
मोहर राखी ढोग्न लगाउने धोको तिम्रो नि त रे छ
उत्तर आधुनिक हे हुकुम !
त्यसैकारण पो राजतन्त्र फालेको रे छ
बल्ल पो बुझे मैले”

Image result for shreepech

एउटा कविता बाट यो लेखको सुरुवात गरे मैले । आखिर इछ्या सबैको साझा हुदोरहेछ । आखिर हामी नेपालीहरुको साझा सपना गरिबीबाट उन्मुक्ति ,थिचोमिचो र भेदभावपूर्ण ब्यवस्थापन बाट मुक्ति त थियो नि । आमाका पेटबाट जर्नेलको फुलि लाएर आउने जङ्गी शासनको बोझ पनि त हामीले खपेकै हो सहेकै हो भोगेकै हो नि अतीतमा । हिजो पनि शासकको बिरोध गर्दा गाली खाइन्थ्यो आजपनी शासकको बिरोध गर्दा जेल परिन्छ कि वा बन्दुक खाइन्छ भन्ने त्रासदी उस्तै त छ नि। सन्चार मन्त्रीको जङ्गी शासन अहिलेका पत्रकारहरुले दैनिकी भोगिरहेकै छन । आजको दिन सम्म पनि दलितले कुवा छुन पाँउदैनन गाउँघरमा । आज पनि दमाइले कपमा चिया पियो भने कोइला हालेर चोख्याउने चलन छ । तपाईंको गणतन्त्रमा फेरि पनि किन यस्तो महाराज ?

जातीय बिभेद एउटा स्थाइ रोग हो । प्राकृतिक परिस्थिति जीवन जगतको उत्पत्तिको कारण हो । जात धर्म नाम मानिसले आफ्नो सजिलोका लागि बनाएको हो तर के थाहा यहि कारण नै कालान्तरमा मानिसलाई नै दुख दिने नियत बन्छ । प्राकृतिक रूपमा हामी मनुष्य हौ । मनुष्यले नै जातीय विवाद रोप्यो मानिस माथी । मनुष्य स्वभावतः आफ्नो अनुकुलता हेर्छ । जातीय बिभाजनले समाज परिवर्तनको अग्रगामी सोच र परिवर्तनको मुल उदेश्यलाइ सदियौ देखि प्रभावित पारिरहेकै छ । पुर्ण प्रजातान्त्रिक भनेर चिनिने हाम्रो देशलाई जात र भूगोलको आधारमा , जनजाती ,धर्म ,लिंग , बर्ण वर्गीकरणलाइ आधार बनाएर नेपालका नेता र पार्टीहरुले उपयोग गरिरहेकै छन।
धर्मका नाउँमा फुट ल्याउने गुट बनाउने अनि राजनिती गर्न सजिलो भएको छ पार्टीहरुलाइ । कहिले आदिवासी जनजातिका नारा लगाउदै उचाल्ने , कहिले तराईवासी उचाल्ने कहिले महिला मुक्ति र अधिकारका कुरा गरेर उछाल्ने , कहिले पिछडा वर्गहरुलाइ उचालेर जस आ आफ्नै पार्टीको नाउँमा लिने। तर जनताका दुख भने जस्ताको तस्तै रहिरहने ।

गणतन्त्र आएको पनि यतिका बर्ष भैसक्यो राजाको कारणले देशको उन्नति हुन नसकेको हो भनेर हिजो कुर्लिनेहरु आज राजाका ठाँउमा पुगेका छन तर परिस्थिति झन दुखदायी छ। झन पिडादायी छ, झन भयग्रस्त छ , झन् अन्योल र अराजकताको स्थिति सिर्जना भएको छ । सत्तामा पुग्ने र उनैका आसेपासे मात्रै खुसी छन । उनीहरूलाई मात्रै आएको जस्तो छ गणतन्त्र । हिजो जातभातका विरुद्ध बोल्नेहरु, हिजो शाशनका विरुद्ध कुर्लिनीहरु , हिजो अन्याय, गरीबी र भ्रष्टाचारको विरुद्ध जेहाद छेड्नेहरु आज महलको मलमलमा मस्त छन अनि खोइ कहाँ आयो परिवर्तन ? सत्ताको स्वाद चाख्ने राज्यको ढुकुटी हात पार्ने ठेक्काको जिम्मा पाउने र मिलिभगतमा कमाउने मान्छे मात्रै रमाइलो मानिरहेछन । उनैलाई मात्रै आएको छ गणतन्त्र । उनैलाई मात्रै आएको छ प्रजातन्त्र ।

गणतन्त्रले कति खुसी दिएको रहेछ भन्ने कुरा रोल्पाका रोल्पेली जनतालाई सोधे थाहा हुन्छ गरिबीको के हो जुम्लाका जुम्लेलीलाइ सोधे थाहा हुन्छ । गणतन्त्रमा जनताका मौलिक हक सुरक्षितका कुरा गर्नेले यो कुरा सोचेनन कि पहिलो मौलिक हक त पेटभरी खान पाउनु हो भनेर । पेट भोकै राखेर आदर्शका कुरा कसरी गर्न सकिन्छ ?। हिजो आधा रातमा हिड्ने नारीहरु सडकमा सुरक्षित थिए आज तिनै नारीहरु दिउँसो नै लुटिन्छन । देशको मुहार फेर्ने कुरा गर्नेले किन जनताको भाग्य फेर्ने कुरा गर्न चुके ?। अरु कुरा त छोडनुस गणतन्त्रले छाउपडि प्रथा सम्म त हटाउन सकेन भने गरीबी हटाउने कुराको हामी किन सपना देख्ने । एउटा जाबो लाइसेन्स त चालकलाई समयमा दिन नसकेर धरधर्ति रुवाइएको छ । ब्यथिती हटाउन कानुन छ तर पालना गराउन सकिन्न भने त्यो राज्यसत्तामा बसेका ब्यक्तिहरुले जिम्मेवारी लिने कि नलिने ?

यो लेखको आशय पार्टीको बिरोध गर्नु , गणतन्त्रको अपब्याख्या गर्नु होइन । यो देशमा जातीय बिभेदताको अन्त कसरी गर्न सकिन्छ भनेर कुनै राजनीतिक दल पनि गम्भीर छैनन् । जातीयता त झन बलियो तर्क हुँदै आएको छ। राज्यबाट सुबिधा लिनको लागि जनजाति र आदिवासीका कुरा आउँछ , आरक्षण सुरक्षा गर्नको लागि आदिवासी जनजातिका कुरा आउँछ , सरकारी कोटामा अध्ययन गर्नका लागि आदिवासी जनजाती र दलितको कुरा आउँछ तर फेरि तिनै दलित दाजुभाइहरु भन्छन हामीलाई तल्लो जात भएर हेप्य । फेरि तिनीहरूलाई उपयोग गर्न राजनीतिक दलहरूलाई खुराक मिल्छ । हो यस्तो अवस्थाको अन्त चाहिँ हुनुपर्छ भन्ने मान्यता कस्ले राख्नी ?

चाणक्य नीतिशास्त्रमा एउटा भनाइ छ कि कोहि ब्यक्ती जन्मको हिसाबले होइन कर्मको हिसाबले महान हुने हो। अर्का महान चिन्तक सुकरात यसो पो भन्छन “केवल जिन्दगी मात्र होइन एक महान र सार्वभौम जिन्दगी बाच्नु राम्रो हो”। मानव जुनि लिएर भगवान बनेका द्वापर युगका कृष्ण कुनै पन्डितका पुत्र थिएनन, कुनै आदिवासीका सन्तान थिएनन । यो पृथ्वीमा को आदिम हो ?को हो नवीन? कस्लाइ आदिम भन्ने कस्लाइ नुतन भन्ने? आदिमाताको आड लिएर राज्यबाट सहुलियत लिइ उपभोग गर्न खोइजिएको हो भने त्यो आ आफ्नै ठाउमा छ।

सबैसग गरि खाने हात छन।सबैको सोच्न सक्ने दिमाग छ।सबको बाच्ने कला छ। प्रकृतिले सबैलाई समान रुपमा घाम पानी र अक्सिजन दिएकी छिन। आदिवासी र दलितलाई के सुर्यले उज्यालो छेक्छ र? के जनजाती लाई हावा र प्रकृतिले आफ्नो काखको सिरानी बाट बन्चित गरेकी छिनर?यो देशमा सबै राजनीतिक दलहरूले जनजातीको नारा लिएर राजनीतिक लाभ लिन खोजेका छन।अहिलेको यो २१ औ शदाब्दिमा धर्मको नाउमा, राजनीति ,जात भात लिङका रुपमा , बर्ग समुदाय ,सम्प्रदाय र भुगलको नाउँमा राजनीति गर्न खोज्नु भनेको नेपाली लाई आदिम सभ्यताको युगमा फर्काउन खोजेको हो भनेर बुझ्नु जरुरी छ। एक सचेत र सचा कमनिस्टको देश हुदैन ,धर्म हुदैन ,जात हुदैन बर्ग लिंग हुदैन । एउटा पृथ्वी एउटा् राज्य। एकै जात ,एकै धर्म मानव धर्म र प्रेमको धर्मले अभिप्रेरित रहनुपर्छ यो युगको आजको नेपाली ।Image result for republic of nepal

महात्मा गान्धीले भनेका छन कि ” मेरो जीवन नै मेरो शन्देश हो” जीवनको सर्वोच्चता कुनै आदिवासी जनजाती हुनुमा होइन बल्की यो सुवास झै अत्तर झै झिल्काझै फैलिनु र महकिनुमा छ।सार्व्भौम कुरा हो श्रेपेचको सपना देख्ने अनि कर्म र कर्तुचाहि आदिम गर्ने जनता भोट र ब्यालेटबक्स भर्ने भरिया मात्रै हुनत?

श्रीपेच शीरमा सुहाउँछ तर श्रीपेच लगाउन सक्ने हैसियत र श्रीपेचको शौन्दर्य शास्त्र पनि त बुझ्नु पर्यो । जिन्दगीको सर्वोच्च सपना के हो भनेर कसैलाई प्रश्न गर्यो भने ब्यक्ति पिछे फरक उत्तर आउँछ । एउटा गरिबलाई सोध्यो भने धनी हुन पाँउ भन्छ। एउटा राजनीतिज्ञलाई सोध्यो भने म यो देशको राजा हुन पाँउ भन्छ, एकजना विद्यार्थीलाई सोध्यो भने परिक्षामा प्रथम हुन पाँउ भन्छ अनि एउटा भोको ब्यक्तिलाई सोध्यो भने उस्को सपना टन्न अघाउने गरि भात खाने हुन्छ । श्रीपेचको शौन्दर्य शास्त्र पनि यहि हो कि यस्लाइ लगाउने मान्छे विशिष्ट होस। धर्मात्त्मा होस, निडर होस, लोककल्याणकारी होस , न्याय र अन्याय छुट्टाउन सक्ने होस। उ यो देशको कालीगण्डकी जस्तै निर्मल होस। स्वतन्त्रताको हिमायती होस , बलशाली होस , सबै कुरामा बिग्य होस। ज्ञानी होस ।यो देशको गरिबी भोकमरी निवारणका लागि सदैव दत्तचित्त रहोस। लोकको हित नै मेरो हित भन्ने भावनाबाट कहिले बिचल्लीत नहोस । वास्तवमा श्रीपेचको शौन्दर्य शास्त्र त यहि थियो । हामीले खोजेजस्तो सौन्दर्य शास्त्र भेट्न् सकेनौ श्रीपेच पहिरिनेमा र हठात खोसेर लियौ शासकबाट । तर अहिले त्यही श्रीपेच आफ्नै शिरमा लगाउन खोज्दैछन उत्तर आधुनिक महाराजहरु र गणतन्त्रको उपहास गर्दैछन ।

महान दार्शनिक प्लेटोले भनेका छन – सबै ब्यक्ति प्राकृतिक रूपमा समान छन”।एउटै माटोमा एउटै कुमालेले बनाएको हौ हामी मानव जाती । उस्को अगाडि उस्का सबै सिर्जना समान छन । सबल कर्म गर्ने अगाडि छन दुर्जन बिचार लिने पछाडी छन। जनजाती को नाउँमा आउने भत्ता कुलीन बर्गले खान्छन यो देशमा अनि तिनै आदिवासी जनजाति र दलित लाई लडाइँ लाडाएर राजनीति गरिरहन्छन। एउटै गाउँमा एकै ठाउमा एकै मितिमा जन्मिएका दुइ बालक हर्कजित राई र राम कुमार दाहाल दुईमा कसरी हर्कजित राई आदिवासी जनजाती भयो अनि राम कुमार दाहाल चाइ आधुनिक भयो? हर्कले आदिवासीका नाउँमा कोटा पाउने । अनि बाहुन भएर जन्मिएको त्यो बिचरो रामले लोटा पनि नपाउने र आफ्नै मिहिनेत र पौरखले महान बन्नु पर्ने? हो बाध्यताले यहि बिभेदले नै बाहुन बर्गले नेपालमा एकछत्र उन्नति गर्न सिकेको। स्वामी प्रपन्नाचार्य ( काले राई ) ले जनजातीको मुद्दाले मुलुकलाइ पछाडी धकेल्छ भन्नुहुन्थ्यो।बिद्द्वता छ भने जातभातको विभेद अन्त हुन्छ। ब्यक्ती कर्मले पुजिनी हो नकि जात र धर्मले। आदिवासीको रुवावासी अन्त हुनुपर्छ अब यो देशमा कोहि पनि मंगल् ग्रहबाट आएका छैनन।माथिल्लो जाति भनिने बाहुन भारत बाट आएका हुन भनेर अभिजात्य बर्गमा गनिनु गलत हो।मगोलियनहरु मात्र यो नेपालका आदिवासी जनजाती होइनन।उनीहरू पनि मङोलीया बाट आएका हुन भनेर मुद्दा निकाले भैगोनी त्यसोत।कुरो यो होइन।

हामी नेपाली हामी सबै आदिवासी हामी सबै जनजाती किनभने हामी सबै यहि भुमिका चेतनशील मानव चैतन्य हौ।

बुद्दले एक ठाउमा यस्तो भनेका छन- हामी जस्तो सोचाइ राख्छौ त्यस्तै बन्छौ। जनजाति दलीत र आदिवासीले अब आफ्नो धारणामा परिवर्तन ल्याउनु जरुरी छ।शारीरिक मानसिक अपाङ्गता भएका ब्यक्ती बाहेक अरु कसैलाई पनि यो राज्यले पाल्नुपर्ने जरुरत छैन।

दलित जनजाती र आदिवासीले यो सोच्नुपर्ने भएको छ कि हामी आफै सक्षम छौ कसैको हुन्डी खाएर बाच्नु जरुरी छैन । सरकारले नै जनजाति दलित र आदिवासीको मुद्दा उठाएर ती ब्यक्तिहरुको उन्नतिशील सोचलाई अपांग बनाइरहेको छ।बिर्सिदिनुस यहाँ कोहि दलित जनजाती आदिवासी छैन।यो देश सबको साझा घर हो हामी सब नेपाली आधुनिकवासी हौ।हाम्रो सभ्यता आदिम होला तर हामी आधुनिक हौ। आदिम सभ्यताको नुतनधारा मेची कोशी महाकाली सुनकोसी बगिरहेछ हाम्रो शीरबाट ।

शब्द बद्द परिचय शरीरको हुन्छ पदार्थको हुन्छ भौतिकताको हुन्छ तर हामी चेतनाको त्यो आलोक हौ जो हिजै बुद्धले बालिसके सीताले जगाइ सकिन र यलम्बरले पुजित यो भुमिमा अब पनि कोहि दलित र आदिवासी होलान र?। हामी कसरी आदिवासी हामी कसरी दलित र जनजाती ?

सभ्यताको चरण चर्चा आदिम होला ब्यक्ती र उस्को सम्पुजन आदिम हुदैन ।यदि आदिम हुन्छ भने उ जंगली युगको वा ढुङे युगको बनमान्छे हो नकि अहिले चरम सभ्यताको विवेकशील मान्छे।

दलितमाथिको विभेद र बिभाजन अन्त्यका लागि बरु राज्यको दाइत्तो प्रखर हुनु जरुरी छ। कडा कानुनको निर्माण दण्ड नीति र पुरस्कारको ब्यवस्थापन हुनुपर्छ । नेपालका जुन जातीले आफुलाइ दलित सम्झिन्छन जुन जातीले आफुलाइ यो देशको आदिवासी सम्झिन्छन तिन्ले यो बुझ्नु जरुरी छ कि अब कति युग सम्म यो बिल्ला भिरेर बसिरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *