२०७८ असार ११ गते | 25th of June 2021

सुशासनको सपनाहरू आंखाभरी पाल्ने एउटा राष्ट्रप्रेमी थिए उनी

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १८ गते १२:१७

– लक्ष्मण सिटाैला

हाम्रो हरेक भेट्मा उनी प्रायः मलाई गुनासो सुनाउथे। यस्तो लाग्छ कि मैले गुनासो मात्रै सुनिदादा पनि उन्को आधा रोग ,आधा समस्या ,आधा अभाव, आधा पीडा, आधा दुख कम होइदिन्छन ।म नै एकमात्र उन्को घनिष्ट साथी त हु । मलाई नसुनाए कस्लाइ पो सुनाउन बिचरा । उन्का गन्थन मैले पनि नसुनिदिए उनी पागल हुन बेर लाउदैनन । उन्को गन्थन जिन्दगीको । उनको गन्थन अभावको । उनको गन्थन, रोग र भोकको। उनको गन्थन कहिले निकै नहुने थरीथरीका राजनीतिक दुर्गन्ध र समस्याहरुको ।

उनी कलाकार हुन तर गीतको माहोल उन्ले भने जस्तो कहिले भएन । उन्ले सोचे जस्तो गीत लेखिएन । उन्ले चाहेको जस्तो धुन बनेन । उन्ले देखे भोगे जस्तो अभावहरुका कथाहरु गीतमा आएनन् रे ! । जिन्दगीका सपनाहरू मात्रै अनमोल हुन बिपना र यथार्थ त समस्याग्रस्त र दुखै दुखले भरिएका छन । निन्द्रा मात्रै सुख हो । ब्युझिएपछिको पीडा त सहनै नसक्ने काडा बनेर घोचिरहन्छ छातीमा । ब्यथाका सुइराहरु यति तिखा हुन्छन कि कतिबेला कहाँ प्वाल पर्ने हो निश्चित नै हुदैन ।

कैदीलाई पुलिसले पिटेको समाचार आउथ्यो अन्लाईन खबरहरुमा । प्रहरीले जवर्जस्ती अपराध स्वीकार गर्न लगाउने हर्कत देख्दा उनी भित्र भित्रै दुखी हुन्थे रुन्थे। सुशासनको सपनाहरू आखाभरी पाल्ने एउटा रास्ट्रप्रेमी थिए उनी । हिरोनीहरुको पेटीकोट पखालेको न्युज बन्छ आजकल , हिरोनीहरुको सेता साप्रा छपाएर पत्रिकामार्फत सस्तो लोकप्रियता कमाउन खोज्ने आधुनिक पत्रकार अनि नारीको घिनलाग्दो शैली देखेर उनी दिक्क हुन्थे । थुक्छन पित पत्रकारितालाई आजकल । न ऊनी पुरानो बिचारका हुन न पुर्ण नवीन बिचारका । मान्छे प्रगतिशील थिए । उन्ले आफ्नो देशको अतीत देखेका थिए । उन्ले आफ्नो देशको त्यो बेलाको सस्कार देखेका थिए । त्यस्लाइ पुरानो भनेर कुल्चने अल्लारे केटाहरु देखेर उनी मुर्मिरिन्थे र भन्थे – “मनु भाइ बेद बेदान्तलाइ कहिले पुरानो भन्न मिल्छ ? गीता कहिले पुरानो हुन्छ ? पुराण जति सबै बेकार भए बुढा भैसकेका बाबुआमालाई पनि फ्याके भैगो नि होइनत “? देश पनि त पुरानो हो नि किन माया लाग्छ त यति साह्रो ? लुगा पो नयाँ नयाँ होला लुगाले छोपेको यो शरीर त पुरानै हो नि होइन र ? लुगा चै राम्रो शरीर चै थोत्रो हो त ? खोइ किन पो हो मलाई पुरानै गीत मनपर्छ । पुरानै भाका मनपर्छ । पुरानै मान्छे मनपर्छ । ”

उनी ओछ्यान परेको पाँच बर्ष भयो । मैले सोधे एकदिन
” दाइ रोग पनि पुरानै मन पर्छ हो ? ” उन्ले हो भने । फेरि मैले भने किन दाइ ?” उन्ले चित्तबुझ्दो जवाफ दिए – ” पुरानो रोगलाइ ओखतीले चिनिसक्यो नि। फेरि यो माथी नयाँ रोग थपियो भने ओखतीले चिन्दैन । ओखतीले नचिनेका रोगहरु पालेर कति बाच्ने त्यो भन्दा बरु पुरानै रोग ठिक” । ओखतीले नचिनेको रोग र भाग्य ले नचिनेको मान्छे उस्तै अभागी हुन ।

गीत गाउन नसक्ने भैसकेका थिए उनी । नेपाली लोक गीतमा उन्को प्रखर योगदान थियो । हम्मेसी भुल्दैनन जनताले उन्को गीत । अहिलेसम्म उन्ले गाएका नेपाली माटाेको गीत चलेको छ। बेला बेलामा उन्कै स्वरहरु पैचो लिएर गाउँछ यहाँका खोल्सा खहरेहरुले। हाम्रो देशमा लोक गायकको कहिले महत्त्व देखेन सरकारले । उनीहरू आफ्नै बलबुताले उभिएका छन ।

उनले मानिसको हिर्दयले सुन्ने गीत गाए । नेपाली गीत गाए । नेपालको गीत गाए । नेपाली स्वरले गाए । नेपाली भाकाले गाए।
अहिलेका कलाकारहरुले सुन्ने होइन नितम्ब हल्लाउने र डिस्कोथेमा गएर हेर्ने गीत गाउँछन । अहिलेका नयाँ मान्छेहरु पैसाको लागि गाउँछन। अहिलेको गीतमा ब्यापार छ। अहिलेका गाएक गाएक होइनन् स्वरका ब्यापारी हुन । उन्ले घाँस काट्नेहरुको गीत गाए । उन्ले दुखीहरुको गीत गाए । धेरै दुखीहरु को सङ्गत गरे र दुखै फुर्यो ती ओठहरुबाट पनि । मानिसहरू जस्तो भोग्छन त्यस्तै त हुन्छन नि । भोगाइ नै त रहेछ नि जीवनको सार र शिक्षा पनि । दुखीहरुको आँसु भएर छल्किन्थे कहिले उनी । दुखीहरुको घाउमा मह्लम भएर भरिन्थे कहिले उनी।

गाउनेलाई गाइने किरा सम्झिने हाम्रो देशमा हिमाल भएर टल्किन्थे कहिले उनी । बेलाबेलामा भन्थे ” मनु भाइ मैले जुन बर्गको लागि गीत गाए उनीहरूकै गीत गाए । हामीले उनीहरूको आवाजलाई गाइदिने हो । उनीहरूकै स्वरलाई गाउनुपर्छ। असख्य दबिएर रहेका जीवन्त पुकारहरु छन यहाँको माटाेमा । हामी असल कलाकारले महलको होइन भाइ भुइँको पो गीत गाउनु पर्छ । महल र महफिल गाउनेहरुलाइ जनताको गीत के थाहा ” हरेक भेटमा दाइको आवाज बिस्तारै बिस्तारै मिहिन हुँदै गएको मलाई महसुस हुन्थ्यो। यतिबेला मैले दाइको बारेमा लेखिन भने मलाई पाप लाग्छ । अन्याय हुन्छ। आज लेखिएका कुराहरू भोलि इतिहास बन्छन । इतिहास पनि एउटा जिवन्त दस्तावेज हो जसबाट एउटा युगको बिम्ब त्यसैमा आरोहित हुन्छ ।

जिन्दगीभर जनताको गीत गाउँने दाइ ओछ्यान परेको पाँच बर्ष भो । न त राज्यले सोधपुछ गर्यो । न ठाँउले नै सोध्यो । न गाउँलेले सोध्यो न नाउँले सोध्यो । दाइलाई केवल भोक रोग र शोकले सोधे । रोग दाइसग सगै बाच्यो। गरिबी दाइ सगसगै हास्यो। वेदना दाइ सगसगै नाच्यो । केवल दुर भए दाइसगका दाइका खुसीहरु। केवल बिरानो भए दाइसगका दाइका जितहरु। केवल नजिकै रहे दाइसगका दाइका भोकहरु । दाइका ओठका उभारहरुबाट जिन्दगी सकिदै छ भन्ने सोच्थे । एउटा हिम्मत पहाड भएर उभिएको थियो दाइको अगाडि तर ! कति झेलुन दुखका बर्कानहरुलाइ । “नेपालमा कवि कलाकार भएर बाच्नु सारै गाह्रो छ मनु भाइ खै तिमी पनि कति लेख्छौ ” भन्थे मलाई । मैले भन्थे ” अनि मैले लेखिन भने तपाईं भित्रको यो उर्झाको बोट झनै ओइलाएर मर्छ” म भन्ने गर्थे। दाइका दुवै मिर्गौला बेकाम थिए । प्रेसरले एउटा आँखा नराम्रो सग हानेको थियोे ।बाकी रहेको अर्को आँखा पनि रोगी भैसकेको थियोे ।

मृगौला प्रत्यारोपण गरेर केही समय लम्ब्याउने सल्लाह दिन्थे आफन्त । आफ्नै आमा छोरालाइ मृगौला दिएर लामो आयु बाचेको देख्न चाहन्थिन उनी । तर दाइ भन्ने गर्थे “आमालाई जिन्दगीभर रोगी बनाएर म सद्दे हुनुको के औचित्य छ र मनु भाइ” । असल मान्छेहरुमा म प्रायः जीवन लिप्तता भेट्दिन खै किन हो।
ती दाइ भन्ने गर्थे “जति जीवन लम्ब्याउने काम गरे पनि फगत बाच्नकै लागि मात्र किन बाच्ने मनु भाइ” हरेक हप्ता डाएलेसिसको उपचार खर्च गर्दा गर्दा भएका जमिन बेचिए । अब बाकी रहेका दुइचार पाटा खेतबारी छन । श्रीमती आमा भाउजु बुहारीका गरगहना पनि सक्किए । ऋणदाताहरुले बिमारी हेरेर फर्किनुको विकल्प थिएन । छिमेकी सबैसग सापटि लिइएको छ ।

बिमारी हेर्न आउने मान्छे देखे भने पनि ऊनी निरास भएर कम्मलले मुख छोपेर धेरै रुन्थे । अब म कहिले निको हुला र तपाईंहरुको ऋण तिरुला है भन्थे ।उन्को सामुन्ने बस्दै गर्दा मेरा परेलीहरु पनि रुझेका हुन्थे । ऋण दिनेहरू बिमारीको अवस्था बुझ्न भन्दा पनि पैसा उठ्लाकी भन्ने आशाले आउथे ।
दाइ आसमीको अनुहार हेरेर भन्थे ” चिन्ता नलिनुस सावाँ ब्याज चुक्ता हुन्छ एकदिन ” ऋण दिनेहरू बिमारी हेरेर भन्दा पनि पैसा डुब्न लागेकोमा निराश भएर फर्किन्थे । मनुष्य स्वाभाव कहिले घाटामा रमाउन जान्दैन । सदैव नाफामा रमाइलो मान्छ मनुष्य ।
जिन्दगीको यो नाफा र घाटाको मैदानमा कहिले को नोक्सानमा हुन्छ त कहिले को नाफामा । सबै नाफा र नोक्सानको बहिखाता मसान घाटमा पुगेपछि मात्रै बन्द हुन्छ ।

हिजो ती गरिब थिए । दाइले तिन्कै गीत गाए । आज ती धनी छन आज तिनै धनीले दाइको मजाक उडाइरहेकाछन। यहाँ मजाक उडाउनेहरुको कुनै कमि छैन, कमि यदि छ भने माया गर्ने मानिसहरूको । जिन्दगीको यो पुलिन्दा कहिले कस्को पोल्टामा कहिले कस्को पोल्टामा पर्छ। जिन्दगीको यो उडानमा
मौसम बिग्रेपछि कहिले कोहि तल कहिले कोहि माथी । समय त हो कहिले को बलियो कहिले को निर्धो । एउटा कलाकार उपचार नपाई थलिएर, कुहिएर ,झिगा भन्किएर ,किरा परेर मर्छ यो देशमा ।
कोहि भने राज्यको धनमा मग्न मोज गरेर बाचेका छन । साम्सद मन्त्रीहरुका दुई चार घर हुनु सामान्य हुन्छ । फेरि राज्यको ढुकुटी बाट घरभाडा तिनै असुल्छन । अलिकति पातलो दिसा लाग्दा बिदेश हुइकन्छन । गरिबहरु दुइछाक खान नपाएर मरेका छन । धनीहरू धेरै खाएर रोगाएका छन । भ्रष्टहरुलाइ सधैं रत्यौली छ यो देशमा । तर गरिबहरुलाइ सधैं शोक छ ।

राज्यसत्ता हातमा नआउन्जेलहो राजनैतिक आदर्शका, बिकासका , उन्नतिका , लोकतान्त्रका , प्रजातन्त्रका , स्वतन्त्रताका, गणतन्त्रका कुरा गर्ने जब सत्ता हातमा पर्छ हिजोका ती सबै आदर्श र लोककल्याणकारी कुराहरू रद्दीको टाेकरीमा फ्याँकिन्छन र कमाउ धन्दामा लाग्छन सबै ।

सम्बिधान र कानुन मान्नुपर्ने केवल कम्जोर मान्छेले मात्रै हो । बलियाहरु त कानुन च्यातेर वा कानुन हातमा लिएर वा कानुननै निलम्बन गरेर आफ्नो पक्षमा फैसला गर्छन। तर ! गरिबका जिन्दगीका मुद्दाहरुको भने कहिले तारिख छिनिदैन। यस्तै छ यहाँको न्याय यहाँको ब्यावस्थापन । देख्ने त माथी छन नि मनु भाइ ! म जाबो गाइने किरा किन यति धेरै बोलेको हुला भन्लाउ है । मुटुमा घाउनै परे पनि परोस बोल्नुपर्छ। बोलिरहनुपर्छ । नत्र नबोल्ने र बोल्न नसक्नेहरु प्रती अन्याय हुन्छ । जतिन्जेल सम्म बाचुला बोलेरै बाचुला । मरेपछि को बोल्न सक्छ र नि मनु भाइ ! । बोल्न सक्नेहरुको आवाज त यहाँ निभाउन खोजिन्छ भने झन बोल्नै नसक्ने निरिहहरुको आवाज त निभेको दीयो जस्तै त हो नि !

मलाई थाहा छ बाच्नु के हो । मलाई थाहा छ मृत्यु के हो । मलाई थाहा छ बाचेर पनि मरिरहेका निर्जीव पथ्थरहरुको दुर्दान्त कथा ।
हाम्रा स्वरहरु सुसेली बनेर गाउँ घरमा गुन्जिन्छन भने हामी त कहिले मर्दैनौ मनु भाइ । हाम्रा भाका र स्वर सगै नेपाली सस्कृती युग युगसम्म बाचिरहने छ । भगवानसग अब मेरो कुनै दुखेसो पनि छैन । जतिन्जेल बाचे पनि जिन्दगी भनेको रहर र खुसीले पो बाच्ने हो । बाच्ने लिप्सा त उनीहरूसग हुन्छ जो अरुको जीवन पनि लुटेर बाचिरहेका छन । अरुको खुसी पनि लुटेर बाचिरहेका छन ।

केही दिन भो दाइको वाक्य रह्यो । उनी बोल्न छोडे । म एक्लो थिए दाइलाइ सुनिदिने । मानौ रुखमा बसेको एक्लो मैनाचरीले आफै उभिएको एक्लो रुखको हागालाइ उस्का जीवनका गीतहरु गाएर सुनाइ रहे जस्तो ।बनको शुनसानमा उस्को गीत सुनिदिने केवल त्यही उभिएको लाटाे पहाड त हुन्छ। उस्को सुसेली सुनिदिने उहि जङ्गलका रुखहरु त हुन्छननि ।

दाइका स्वतन्त्र स्वरहरुमा मुर्छित ती गीतहरु म गाउन सक्तिन अब । मलाई शुन्य लाग्छ । दाइ चुप लाग्नो भो । दाइको बोलि सुन्न म दाइको छेउमा नै बस्थे । दाइ भन्थे ” मनु तिमी मेरो साख्य भाइ त होइनौ तर पनि तिमी र मेरो यो सानिध्यता कति नजिकको छ । रगतको नाताले होइन रहेछ मान्छे आफ्नो हुने ,मनको नाताले पो रे छ है ” दाइ आफै प्रश्न बन्थे कहिले आफै उत्तर बन्थे। दाइको गला र कला अब म कहिले सुन्न पाँउछु र । दाइका ओठ तिनै हुन कुनैबेला आँसु बहाउने गीतका झन्कारहरु इन्द्रेणी भै सुसेलिएका थिए। दाइका तिनै आँखा हुन गरिबी बिरुद्ध बोल्ने । दाइका हात तिनै हुन जो अन्यायको बिरुद्धमा उठ्ने । दाइका आवाज तिनै हुन जो आवाजहीनहरुका लागि आवाज भै घन्किने । एउटा सिथिलता देखे दाइ भित्र आज। परमात्मामा लिन हुन लागेको एउटा अजर आत्मा देखे । घरमा कोहि थिएनन् । म थिए । दाइको पुरानो र थोत्रो ओछ्यान थियो। एउटा थोत्रो दराज थियो जहाँ कम्न्युस्ट बिचारका पुराना किताबहरु थिए । पानी पिउने एउटा सिलाबरको अम्खोरा थियो। त्यही अम्खोरामा दाइको पवित्र ओठका निशानी निसास्सिरहे जस्तो प्रतीत हुन्थ्यो । ध्वासोले भरिएको पर कुनाको एउटा खोपामा थोत्रो डायरी थियोे। कुनै बेला त्यही डायरीका पानाहरु बाट गीतको इन्द्रधनु गुन्जिन्थे।
सिरानमा धुलो टासिएको हारमोनियम थियो। केहि समय देखि त्यो हारमोनियम बज्न छोडेको थियो । त्यहि कतै छेउमा चकमन्नता र क्रूर काल पनि निर्लज्ज भएर घुमिरहेको आभास हुन्थ्यो । शुन्यता थियो । जुनेली निभ्न लागेको एउटा खुला आकाश जस्तै देखिन्थे दाइ । एउटा कलाकार । एउटा सिङ्गो सङ्लो चोखो मनुष्य । एउटा जाती पहाड जस्ले कयौं चिसा हिउँदहरुलाइ गीत गाएर बिदाइ गरेको थियो ।

सपनाका छातीहरुमा बुटले कुल्चिएर असत्य इतिहास लेखाइनु भन्दा चोखै बाचेर मर्नु कति आनन्द छ है ! मनु दाइले यस्तै भनिरहे जस्तो लाग्यो मलाई । मैले पनि सोचे दाइको नीर्मलता गीतसगै गुन्जिरहने छन यो नेपाली माटा्ेमा। अस्त हुन लागेको शरीर देखेर म बिचल्लीत हुन थाले । केहिबेर पछि दाइका आखाका दुवै रुमानी पल्लामा समयले सधाका लागि ढकनी लागायो, मानौ दैवको यो नियमित रुटिङ थियोे । म हठात हडबडाए । म त ज्युदो छु । आखिर ज्युदो छदा मात्रै त रहेछ नि दुख्ने घोच्ने पोल्ने पिर लाग्ने पनि । दाइ अब त्यो अवस्थाबाट तनाव मुक्त हुनु भो ।

म मात्रै थिए मलामी । एउटा गायकको मलामी । जिन्दगीको एउटा नायकको मलामी । एम्बुलेन्समा हालेर लिइ गए पशुपति । पछि आफन्त आए। हामी सबै मिलेर चन्दा उठायौ। दाउराको ब्यावस्था गर्यौ । असल मान्छेहरुलाइ खरानी हुन दाउराको पनि अभाव हुदोरहेछ यहाँ । चित्तामा सुताउनु पहिले दाइको खल्तीमा एउटा पुरानो कागज देखे लेखिएको थियो –

…… मनु ! म फेरि पनि यो देशमा जन्मिन पाँउ एउटा कलाकार भएर, किनकि मलाई अझै सुन्दर पहाडहरुमा बाचिरहेका सोझा नेपालीहरुको गीत गाउँनै रहर छ ”
laxmanrajsitaula@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *